दमकका तीन साहित्यकारलाई ‘भारतीय अवार्ड’

दमकका तीन साहित्यकार ‘भारतीय साहित्य अवार्ड’बाट पुरस्कृत भएका छन् । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई सो अवार्डबाट पुरस्कृत भएका हुन् ।

विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पुरयाएवापत उनीहरुलाई भारतको ७५औँ स्वतन्त्रता साहित्य अवार्ड प्रदान गरिएको जनाइएको छ । दिवसका उपलक्ष्यमा विश्व अङ्ग्रेजी साहित्यकारहरूको छाता संस्था मोटिभिसनल स्ट्रिप्स र गुजरात साहित्य एकाडेमीले संयुक्तरूपमा सो अवार्ड प्रदान गरेको हो ।

अवार्ड पाउने ६ अङ्ग्रेजी साहित्यकार नेपालीमा कृष्ण चाम्लिङ, तुलसी श्रेष्ठ र हुम आले छन् । अवार्ड बर्सेनि भारत स्वतन्त्रता दिवसका सन्दर्भमा आयोजक संस्था मोटिभिसनल स्ट्रिपका संस्थापक सिजु एच पालिथाजेथ र गुजरात साहित्य एकाडेमीका संस्थापक डा विष्णु पाण्डेयले वितरण गर्दे आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार