माधव नेपालको पार्टी सनाखत भएपछि मन्त्रिपरिषद् विस्तार हुने प्रचण्डको भनाई

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव कुमार नेपालको पार्टीले निर्वाचन आयोगबाट मान्यता पाउनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

बिहीबार दिउँसो काठमाडौँमा आयोजित अन्तरक्रियामा अध्यक्ष प्रचण्डले माधवले बुधबार मात्र एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको भन्दै सो पार्टीले मान्यता पाउनासाथ मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।

प्रचण्डले आज बिहानमात्रै गठबन्धन घटकसँग भएको छलफल अुनसार माधवको पार्टी सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद विस्तार हुने सहमति भएको जानकारी दिए । बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, आफू र एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको भन्दै उनले भने, ‘हिजोबाट नयाँ परिस्थिति बनेको छ । अब मन्त्रिपरिषद् विस्तार गर्न ढिला गर्नु हुन्न भन्नेमा पुगेका छौं ।’

त्यस्तै उनले अध्यादेशका बारेमा बहस उठेकोमा धन्यवाद दिँदै ओलीले ल्याएको अध्यादेश र अहिलेको सरकारले ल्याएको अध्यादेश आकाश पातालको फरक रहेको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार