६ किलो चाँदीका गहनासहित पर्साबाट एक वृद्ध पक्राउ

६ किलो चाँदीका गरगहनासहित वृद्धलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिक ६ का ६० वर्षीय नागेन्द्र साह सोनार छन् ।

उनलाई भारतबाट चाँदीका गरगहना ल्याउँदै गरेको अवस्थामा वीरगञ्ज १६ शंकराचार्य गेटबाट बिहीबार बिहान पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

भारतको रक्सौलबाट चाँदीको गहना लिएर पैदल आउँदै गरेका सोनारले बोकेको ब्यागबाट चाँदीका विभिन्न गहना ६ किलो १ सय ६८ ग्राम बरामद गरिएको खनालले बताए । उनलाई कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार