कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्यमा समस्या, मुम्बईमा उपचार हुँदै

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । एक साताअघि स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि भारतको मुम्बई पुगेका थिए ।

अहिले मुम्बईस्थित हिन्दुजा अस्पतालमा गिरिको उपचार जारी छ । उनलाई डाक्टर सुल्तान प्रधान नेतृत्वको चिकित्सक टोलीले उपचार गरेको छ ।

उनको स्वास्थ्यमा जटिल समस्या देखिएको जानकारी पाएपछि कांग्रेस उपसभापति विमलेन्द्र निधि आज मुम्बई जाँदैछन् । जनकपुरमा रहेका निधि आज भारतको दरभंगासम्म गाडीमा र त्यहाँबाट हवाई यात्रामार्फत मुम्बई जाने उनका प्रेस सल्लाहकार रामजी दाहालले बताए ।

निधिले गिरिलाई शुक्रबार बिहान भेट्नेछन् । उपचारका लागि मुम्बई जानुअघि गिरी र निधिबीच भेट भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार