प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

पूर्व प्रधानमन्त्री नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ता गरेको भोलिपल्ट तीन नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार