बागमती प्रदेश : मुख्यमन्त्री शाक्यले गरिन् खनाल र पाण्डेलाई मन्त्रीमा नियुक्ती

वाग्मती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी छन् । बुधबार राति मुख्यमन्त्री नियुक्त भए लगत्तै शाक्यले सानो आकारको मन्त्रिपरिषद् गठन गरेकी हुन् ।

उनले कृष्ण खनाललाई सामाजिक विकास मन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेकी हुन् । पाण्डेलाई दुईवटा मन्त्रालयको जिम्मेवारी दिइएको हो । पाण्डे यसअघिका मुख्यमन्त्री डोरमणि पौडेलको सरकारमा पनि आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।

खनाल यसअघि माधव नेपाल समुहमा थिए । उनलाई आज नेपालको नेतृत्वमा गठित एमाले समाजवादी पार्टीको केन्द्रिय सदस्यमा समेत राखिएको छ । तर खनालले आफू नयाँ पार्टीमा नरहेको स्पष्टीकरण दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार