पार्टी विभाजनकै दिन पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य

नेकपा एमालेमा औपचारिक विभाजनको घोषणा भएकै दिन नेतृ अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् । बुधबार मुख्यमन्त्री डोरमणी पौडेलले एमाले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका छन् । पौडेलको राजीनामापछि बुधबार दिउँसो एमाले संसदीय दलको नेतामा चयन भएकी शाक्यले बुधबार राति मुख्यमन्त्रीको सपथ लिएकी हुन् ।

मंगलबारसम्म एमालेको माधव नेपाल समूहकी नेतृका रूपमा चिनिने शाक्य आज नेपाल समूहले एमाले फुटाएर निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेसँगै उनी ओली पक्षतिर लागेकी हुन् ।

माधव नेपालको साथ छोडेसँगै उनलाई मुख्यमन्त्री बनाउन एमाले संसदीय दल तयार भएको हो । शाक्य अब वाग्मती प्रदेशको दोस्रो मुख्यमन्त्रीको रुपमा संविधानको धारा १६८ (१) अनुसार बहुमतको आधारमा नियुक्त भएकी हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार