महन्थ ठाकुरले दर्ता गरे जसपा लोकतान्त्रिक, चुनाव चिन्ह साइकल

जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले नयाँ पार्टी गठन गरेका छन् । ठाकुरको अध्यक्षतामा जसपा लोकतान्त्रिक पार्टीको गठन गरिएको हो ।

२४ जना कार्यकारिणी सदस्यको हस्ताक्षरसहित महन्थले निर्वाचन आयोगमा निवेदन दिएका दिए । त्यस बमोजिम आयोगले दल दर्ता गरी माग भएअनुसार दल दर्ता भएको हो । ठाकुरको पार्टीले चुनाव चिन्ह साइकल रोजेको छ ।

नव गठित पार्टीमा २३ सदस्सीय केन्द्रीय कार्यकारिणी समिति र १४ जना संघीय सांसद रहेको नेता लक्षमणलाल कर्णले जानकारी दिए ।

अन्य पदाधिकारी भने हाललाई नतोकिएको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार