निर्मला पन्त हत्या प्रकरणः प्रतिवेदन तयार, मंगलबार गृहमन्त्रीलाई बुझाउने तयारी

निर्मला पन्त हत्या प्रकरणः प्रतिवेदन तयार, मंगलबार गृहमन्त्रीलाई बुझाउने तयारी

काठमाडौं । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याबारे छानविन प्रतिवेदन तयार भएको समितिले जनाएको छ । घटनाको छानबिन गर्न गठन भएको उच्चस्तरीय समितिले प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन मंगलबार गृहमन्त्रीलाई बुझाउने तयारी भएको समितिले जनाएको छ । समितिका संयोजक तथा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीका अनुसार आइतबार नै प्रतिवेदन बुझाउने तयारी भएपनि गृहमन्त्रीको समय नमिलेका कारण मंगलबार मात्रै प्रतिवेदन बुझाउने तयारी गरिएको हो । प्रतिवेदनमा उल्लेख भएको कुरा खुलाउन नमिल्ने भएपनि प्रतिवेदनले निर्मलाको हत्यारालाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने समितिको दावि छ ।

Read More

‘महिला हिंसालाई निरुत्साहित गन जनमत सिर्जना गर्नुपर्ने’

‘महिला हिंसालाई निरुत्साहित गन जनमत सिर्जना गर्नुपर्ने’

हेटौँडा । महिला हिंसाका घटनालाई न्यूनीकरण गर्न पत्रकारिताका माध्यमबाट राज्यलाई घच्घच्याउनका साथै महिलाप्रतिको सकारात्मक सोचाइका लागि कलम चलाउनुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय महिला आयोगले आज हेटौँडामा आयोजना गरेको वर्तमान सन्दर्भमा राष्ट्रिय महिला आयोगको भूमिका सम्बन्धमा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले महिला हिंसाका घटनालाई निरुत्साहित गर्न पत्रकारले जनमत सिर्जना गर्नु आवश्यक रहेकोे बताए । सो अवसरमा आयोगका सचिव अनिलकुमार ठाकुरले संविधानअनुसार महिला आयोग गठनपछि आफ्नो क्रियाकलाप अघि बढाउने क्रममा महिला हिंसामा न्याय दिलाउन राज्यलाई निर्देशन गर्ने, महिला सशक्तीकरणका लागि आर्थिकरूपमा सबल बनाउनु आवश्यक रहेको उल्लेख गरे । प्रेस काउन्सिल नेपालका…

Read More

नापी कार्यालयका कर्मचारी घुुस सहित पक्राउ

नापी कार्यालयका कर्मचारी घुुस सहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय धनुषामा कार्यरत कर्मचारी जयगोविन्द यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । स्थानीय जग्गा सर्वेक्षणका क्रममा जग्गाधनीको नाम कायम गरिदिने प्रयोजनका क्रममा सेवाग्राहीसँग रु १५ हजार घुस लिएको अभियोग यादवमाथि लागेको छ । आयोगले आजै जुद्ध माध्यामिक विद्यालय रौतहका लेखासमेत हेर्ने प्राथमिक शिक्षक प्रमोदकुमार ठाकुरले विद्यालय भवन निर्माण सम्पन्न गरेपछि निर्माण व्यवसायीलाई भुक्तानी दिने क्रममा रु ४५ हजार घुस मागेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले घुस रकम लिँदालिँदै ठाकुरलाई केही दिन पहिले…

Read More

उपराष्ट्रपति पुन सोमबार स्वदेश फर्किदैँ

उपराष्ट्रपति पुन सोमबार स्वदेश फर्किदैँ

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमण सकेर सोमबार स्वदेश फर्कदैछन् । उहाँ एयर चाइनाको विमानबाट सोमबार बिहान ९ः४५ बजे काठमाडौँ आइपुग्नेछन् । उपराष्ट्रपतिले चीन भ्रमणका क्रममा असोज ४ गते छेन्दुमा आयोजित ‘१७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोह र ‘बेल्ट एण्ड रोड इनिसेटिभ’ सम्बद्ध मुलुकको आर्थिक विकासका लागि सहकार्यसम्बन्धी सम्मेलनलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले नेपालमा लगानीका लागि चिनियाँ र सम्मेलनमा सहभागी राष्ट्रका व्यवसायीलाई अपिल गरेका थिए । चीन भ्रमणका क्रममा उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वा र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्त…

Read More

औषधि उत्पादनमा केन्द्रित हुनुपर्छ: अध्यक्ष दाहाल

औषधि उत्पादनमा केन्द्रित हुनुपर्छ: अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशी जडीबुटीको प्रयोग गरेर औषधि उत्पादनतर्फ केन्द्रित हुनुपर्ने बताए । स्वास्थ्य खबर पत्रिकाको आठौँ वार्षिकोत्सव एवं नेपाल लाइभ डटकमको पहिलो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित सेवाको सम्मान आठौँ हेल्थ अवार्ड २०७५ मा उहाँले यस्तो बताए । उनले नेपालका जडीबुटी प्रयोग गरेर मित्रराष्ट्रले औषधि बनाउने गरेको भन्दै उहाँले यहाँ पाइने जडीबुटी प्रयोग गरेर स्वास्थ्य जीवनका निम्ति आवश्यक औषधि बनाउन सकिने जानकारी दिए । नेपालको भौगोलिक वातावरण स्वास्थ्य पर्यटनका लागि उपयुक्त रहेको भन्दै यसको सदुपयोग गर्दै विकासका कामलाई जोड्न सकिने बताए…

Read More

प्रहरी अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

प्रहरी अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका तीन प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । यहि असोज ५ गते बसेको मन्त्रीपरिषद्को निर्णयअनुसार डिआइजीबाट एआइजीमा बढुवा भएका डिआइजीहरु पुस्कर कार्की, ठूले राई र धीरु बस्न्यातलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच दर्ज्यानी चिन्ह प्रदान गरे। दर्ज्यानी चिन्ह प्रदान गरेसँगै पदस्थापन समेत गरिएको छ । कार्कीलाई प्रहरी प्रधान कार्यालय कार्य/अपराध अनुसन्धान विभाग, राईलाई प्रहरी प्रधान कार्यालय मानवस्रोत÷प्रशासन विभाग र बस्न्यातलाई राष्ट्रिय प्रहरी…

Read More

कालीमाटीको जत्रै तरकारी बजार शुरु

कालीमाटीको जत्रै तरकारी बजार शुरु

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दशक विकासमा एकता र सङ्कल्प गर्नुपर्ने बताएका छन् । कृषि प्रवद्र्धन बजार विकास प्रालिले यहाँ निर्माण गरेको भरतपुर महानगर फलफूल तथा तरकारी बजारको आज उद्घाटन गर्दै उनले कृषिमा आधुनिकता र व्यावसायिकताका निम्ति बजार व्यवस्थापन महत्वपूर्ण हुन्छ भन्दै राम्रो, व्यवस्थित, कृषक र उपभोक्ता नठगिने बजार भएमा मात्रै उत्पादन बढाउन सकिने बताए । हालै आफू चीन र भारतको भ्रमणमा जाँदा त्यहाँका उच्च अधिकारीले समेत भरतपुर महानगरको विकासमा चासो व्यक्त गरेको जानकारी दिँदै उहाँले राप्ती र नारायणीको किनारबाट चक्रपथ निर्माण गरी…

Read More

नयाँ भाडादर सार्वजनिक, कहाँ पुग्न कति पैसा लाग्छ ? (सूचीसहित)

नयाँ भाडादर सार्वजनिक, कहाँ पुग्न कति पैसा लाग्छ ? (सूचीसहित)

काठमाडौं । १० प्रतिशत भाडा बढेपछिको भाडादर सार्वजनिक भएको छ । शनिबार यातायात व्यवसायीसँग भएको सहमति अनुसार नयाँ भाडादर सार्वजनिक गरेको हो । पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवसायीले भाडादर पनि समायोजन गर्नुपर्ने माग गरेका थिए ।

Read More

सामुद्रिक डाँकुद्वारा १२ जना अपहरित

सामुद्रिक डाँकुद्वारा १२ जना अपहरित

नाइजेरियाली सामुद्रिक क्षेत्र हुँदै आफ्नो गन्तब्यमा हिँडेको स्वीस पानीजहाजका १२ चालकदलका सदस्यलाई सामुद्रिक डाँकुले अपहरण गरेर लगेको उक्त जहाज कम्पनीले जनाएको छ । मासोल सिपिङ्ग कम्पनीका अनुसार एमभि ग्लारूस नामक जहाजका १२ सदस्यलाई नाइजेरियाको व्यापारिक शहर लागोसबाट गहुँ लिएर दक्षिणी बन्दरगाह हाकोर्टतर्फ हिँडिरहेका समयमा अपहरण गरेर लगिएको छ । जहाजमा रहेका बाँकी छ जना भने सकुशल रहेका छन् । अपहरणकारीले चालक दलका १२ र जहाजमा रहेका बहुमुल्य सामानलगायत अधिकांश सञ्चार सेटसमेत लुटेर लगेको मासोलका प्रवक्ता प्याट्रिक एडमसनले बताए । कम्पनीले सुरक्षाका लागि भन्दै अपहरणमा परेका कसैको नाम तथा उनीहरूको ठेगाना…

Read More

महङ्गी विरुद्ध महिला सङ्घ

महङ्गी विरुद्ध महिला सङ्घ

काठमाडौँ । नेपाल महिला सङ्घले देशभर बढ्दै गएको महिला हिंसा र महङ्गीको विरोध गरेको छ । नेपाल महिला सङ्घ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा आज मुलुकमा पछिल्लो समय बढ्दै गएको बलात्कार, हत्या, हिंसा र बढ्दो महङ्गीको विरोध गरेको हो । बलत्कारीलाई कारबाही गर, बढ्दो महङ्गी नियन्त्रण गर, कानुनी राज्यको पालना गर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर जस्ता नारा लगाएर विरोध गरेको हो । काठमाडौँको माइतीघरबाट शान्तिपूर्णरुपमा शुरु भएको विरोध¥याली बबरमहल पुगेर प्रधानमन्त्रीको नाममा लेखिएको ज्ञापनपत्र काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई बुझाएको थियो । महिला सङ्घ केन्द्रीय…

Read More