विकासको मूलधारमा लैजाने पहलकदमी सराहनिय : प्रधानन्यायाधीश

विकासको मूलधारमा लैजाने पहलकदमी सराहनिय : प्रधानन्यायाधीश

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सरकारका विभिन्न अङ्गलाई समेटेर विकासको मूलधारमा लैजाने पहलकदमी गर्नु सराहनिय कार्य भएको बताउनुभएको छ । पश्चिमाञ्चल विकास मञ्चद्वारा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले देश विकास तथा आपसी सद्भाव र भातृत्व विकासमा समेत टेवा पुगेको उल्लेख गर्नुभयो । उहाँले पश्चिमाअञ्चल क्षेत्र ऐतिहासिक धार्मिक, सांस्कृतिक तथा आर्थिक मात्र नभई बौद्धिक क्षमतामा पनि उतिकै अब्बल रहेको भन्दै यो स्रोत र जनशक्तिलाई विकास र समृद्धिसँग जोड्नुपर्ने खाँचो औँल्याउनुभयो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान कार्यान्वयनको क्रमिक चरणअन्तर्गत मौलिक हकको व्यवहारिक कार्यान्वयनको दिशामा अघि बढेको उल्लेख गर्नुभयो । मन्त्रिपरिषद्का…

Read More

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान, यस्ता छन् उनका कार्यक्रम

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान, यस्ता छन् उनका कार्यक्रम

धानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन्। अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै अमेरिका गएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिदाइ गरे। प्रधानमन्त्री ओलीको बिदाइका लागि उपप्रधानमन्त्री उपेन्द्र यादव, मन्त्रीगण, नेकपाका नेता, सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत र सुरक्षा अङ्गका प्रमुखलगायत विमानस्थल पुगेका थिए। सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको…

Read More

झापामा खोलामा डुबेर एक जनाको मृत्यु

झापामा खोलामा डुबेर एक जनाको मृत्यु

झापाको मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु उराऊको खोलामा डुबेर मृत्यु भएको छ । घरदेखि आठ सय मिटरको दूरीमा रहेको काली खोलामा आज बिहान उनको शव फेला परेको हो । दैनिक जसो मादक पदार्थ सेवन गरेर हिँड्ने उराऊको मापसेकै कारण खोलामा डुबेर मृत्यु भएको अनुमान प्रहरीको छ । उनको आजै मेची अञ्चल अस्पताल भद्रपुरमा शव परीक्षण गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

Read More

आयोजनाको सिमेन्ट बिक्री गर्नेमाथि कारवाही गर्न मन्त्रीको निर्देशन

आयोजनाको सिमेन्ट बिक्री गर्नेमाथि कारवाही गर्न मन्त्रीको निर्देशन

खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजना निर्माणका लागि ल्याइएको सिमेन्ट बिक्री गरिएको घटनामा संलग्नलाई कारवाही गर्न निर्देशन दिएकी छन् । मन्त्री मगरले आज एक विज्ञप्ति जारी गरी अब उप्रान्त यस्तो घटना दोहोरिन नदिन तथा आयोजना निर्माणको कार्य समयम नै सम्पन्न गर्न पनि सम्बन्धित निकायलाई निर्देशनसमेत दिएकी हुन् । मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–हेलम्बु सुरुङको बाँध निर्माणका लागि ल्याइएको ३४० बोरा सिमेन्ट आयोजनाको कर्मचारीको मिलेमतोमा निजी पसलमा बिक्री गरिएको पाइएको थियो । मन्त्री मगरले राष्ट्रिय गौरवका आयोजना निर्माणको सम्बन्धमा देखिएको यसप्रकारको गम्भीर लापर्बाहीप्रति मेलम्ची खानेपानी विकास समिति र सम्बन्धित ठेकेदार कम्पनी सिएमसीलाई…

Read More

चाडबाडको उपहार: सार्वजनिक यातायातको भाडा १० प्रतिशत वृद्धि

चाडबाडको उपहार: सार्वजनिक यातायातको भाडा १० प्रतिशत वृद्धि

  समयानुकूल भाडा वृद्धिको माग राख्दै आएको यातायात व्यवसायीको अगाडी सरकार पछि हटेको छ । सार्वजनिक यातायातको भाडा वृद्धि माग राख्दै यातायात व्यवसायीले दसैँको अग्रिम बुकिङ नखुलाए पछि सरकार लचिलो बनेको हो । दसैँको अग्रिम टिकट बुकिङ खोल्न सरकारको निर्देशनका बावजुत व्यवसायीले नखोलेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको छ । यो सहमतिअनुसार भोलिबाटै नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई भनिएको छ । समय…

Read More

माथिल्लो अरुण स्वदेशी लगानीमै निर्माण हुने

माथिल्लो अरुण स्वदेशी लगानीमै निर्माण हुने

  नेपाली जनताको लगानीमा करीब एक हजार मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजनाको संरचनाअनुसार कूल लगानीको ४९ प्रतिशत शेयर नेपाली नागरिकलाई प्रदान गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ । सो आयोजनामा नेपाल विद्युत् प्राधिकरणलगायत अन्य संस्था तथा कम्पनीकोसमेत शेयर लगानी हुनेछ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत रहेको नेपाल विद्युत् प्राधिकरणलाई सैद्धान्तिक सहमति दिएको छ । सो सहमतिपछि प्राधिकरणले माथिल्लो अरुण जलविद्युत् कम्पनी नामक संस्था स्थापना गर्ने र सोही कम्पनीमार्फत नै आयोजना अगाडि…

Read More

पाँचौँ ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबलको उपाधि एपिएफलाई

पाँचौँ ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबलको उपाधि एपिएफलाई

पाँचौँ ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । आज भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा भएको फाइलन खेलमा एपिएफले गण्डकी प्रदेशलाई २५–१९, २५–१५ र २५–१७ को सोझो सेटमा पराजित गरेको हो । उपाधिसँगै एपिएफले रु एक लाख, उपविजेता बनेको गण्डकी प्रदेशले रु ६० र तेस्रो भएको गीताञ्जलि कलेजले रु ३५ हजार प्राप्त ग¥यो । प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित हुँदै एपिएफका महेन्द्र श्रेष्ठले मोटरसाइकल प्राप्त गरे । व्यक्तिगत विधातर्फ…

Read More

अरनिकाले नेपाल र चीनबीच सांस्कृतिक सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान गरे: राष्ट्रपति

अरनिकाले नेपाल र चीनबीच सांस्कृतिक सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान गरे: राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय विभूति अरनिकोले नेपाल र चीनबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ । शनिबार ललितपुर महानगरपालिकाको प्राङ्गणमा राष्ट्रिय विभूति अरनिकोको पूर्णकदको प्रतिमा अनावरण गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । राष्ट्रपति भण्डारीले अरनिको जस्ता राष्ट्रिय विभूतिलाई राष्ट्रले गौरव गर्दै सम्मान गर्नुपर्ने धारणा पनि राख्नुभयो । उहाले सांस्कृतिक सम्बन्ध विस्तार कै कारण अहिले नेपाल चीन सम्बन्ध परिपक्व अवस्थामा रहेको जिकिर गर्नुभयो । सरकारले बास्तुविद् अरनिकोलाई राष्ट्रिय विभूतिको उपाधी दिनु निकै गौरवको कुरा भएको बताउनुभयो । उहाले बास्तुविद् अरनिकोका सम्मानका लागी नै निकै पहिलो नेपाल चीन…

Read More

थाइल्याण्डद्वारा नेपाल २-० गोल अन्तरले पराजित

थाइल्याण्डद्वारा नेपाल २-० गोल अन्तरले पराजित

भारतको आगरामा सुरु एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा थाईल्याण्डसंग नेपाल पराजित भएको छ । समूह ‘ए’ अन्तर्गत शनिबार भएको दोस्रो खेलमा थाईल्याण्डले २–० गोल अन्तरले नेपाललाई पराजित गरेको हो । शारीरिक रुपमा मजवुत देखिएको थाईल्याण्ड भन्दा उत्कृष्ट प्रदर्शन गरेको नेपालले नतिजा भने आफ्नो पक्षमा पार्न सकेन । आगरा स्थित प्रिल्युड पब्लिक स्कुलको खेलमैदानमा समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा चीनले अफगानिस्थानलाई ८–० गोल अन्तरले पराजित गयो । त्यस लगत्तै भएको दोस्रो खेलमा नेपालले पनि पराजयको नतिजा हात पारेको हो । गोल गर्ने धेरै अवसरको सिर्जना गरे पनि फिनिसिङ फितलो हुुनु…

Read More

शहीद स्मारक ए डिभिजन लिगका लागि १४ क्लबले खेलाडी दर्ता गराए

शहीद स्मारक ए डिभिजन लिगका लागि १४ क्लबले खेलाडी दर्ता गराए

शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि १४ क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा खेलाडी दर्ता गरेका छन् ।एन्फाले दिएको शुक्रबारसम्मको समयसीमाभित्र ‘ए’ डिभिजनका १४ क्लबले न्यूनतम १८ देखि अधिकतम ३५ खेलाडी एन्फामा दर्ता गराएका छन् ।एन्फाले यसै वर्षदेखि खेलाडी दर्ताको प्रावधान ल्याएको हो । एन्फाले कम्तीमा १८ खेलाडी अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान राखेको थियो । खेलाडीको दर्तासँगै मेडिकल इन्स्योरेन्स तथा खेलाडीले पाउने पारिश्रमिकको सम्झौतापत्रसमेत क्लबले एन्फामा दर्ता गराएको महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।एन्फाले शुरुमा भदौ ३० गतेको समयसीमा राखेर खेलाडी दर्ताका लागि क्लबलाई आह्वान गरको थियो । तर क्लबले…

Read More