नेपालको लोकतन्त्र विश्वकै उदाहरणीय: प्रचण्ड

नेपालको लोकतन्त्र विश्वकै उदाहरणीय: प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको लोकतन्त्र समावेशीको दृष्टिकोणले विश्वकै उदाहरणीय भएको बताएका छन् । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिद्वारा विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका दरबारको नासल चोकमा आयोजित ‘लोकतन्त्र मेला’लाई आज सम्बोधन गर्दै उनले समावेशी प्रजातन्त्र र लोकतन्त्रमा महिला सहभागिताको दृष्टिले विश्वमै नेपाल एउटा उत्साहवद्र्धक उदहारणका रुपमा प्रस्तुत भएको बताए । उनले भने, “आजै मात्रै भएको संसद्का विभिन्न समितिको निर्वाचनमा उल्लेख सङ्ख्यामा महिला नेत्री समितिको नेतृत्वमा आएका छन् । झण्डै ९० प्रतिशत महिलालाई प्राथमिकता दिइएको छ । परिवर्तनको आन्दोलनमा साच्चै भूमिका…

Read More

सामान्य रुघाखोकीलाई फ्लू भनेर प्रचार गरियोः प्रमुख जिल्ला अधिकारी

सामान्य रुघाखोकीलाई फ्लू भनेर प्रचार गरियोः प्रमुख जिल्ला अधिकारी

राजविराज सप्तरीका प्रमुख जिल्ला अधिकारी(सिडियो) सुरेन्द्र पौडेलले दुई सातादेखि कन्चनरुपमा फैलिएको स्वाइन फ्लू र हङकङ फ्लूको अनावश्यकरुपमा सप्तरीका पत्रकारले मिडियाबाजी आरोप लगाए । उनले कन्चनरुपमा फैलिएको सामान्य रुघाखोकीलाई पत्रकारले भयावहरुपमा ठुलाठुला अक्षरमा बनाएर प्रकाशन गरको बताए । कन्चनरुपमा मृत्यु भएका ४ जनाको परिवारलाई प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम हस्तान्तरण गर्न कन्चनरुपमा आयोजित कार्यक्रममा सिडिओ पौडेलले कन्चनरुपमा कुनै असमान्य अवस्था नआएको र प्रचारबाजी बढी भएको अभिव्यक्ति दिए । कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा प्रकाश साहले समेत कन्चनरुपमा स्वाइन फ्लू नभई ‘एच वान एन वान’ को प्रकोप देखिएको र…

Read More

सहमतिपछि खुर्शिदको शव परीक्षणका लागि धरान पठाइयो

सहमतिपछि खुर्शिदको शव परीक्षणका लागि धरान पठाइयो

इनरुवा । अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएका मौलाना खुर्शिद अन्सारीको शव परीक्षणका लागि आज साँझ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ लगिएको छ । सुनसरी हरिनगर गाउँपालिका–२ रामनगरभुटहामा सरकारी पक्ष र स्थानीय मुस्लिम अगुवाबीच भएको सहमतिपछि उनकोे शव परीक्षणका लागि धरान पठाइएको हो । मौलाना खुर्शिदको मृत्यु भएको करीब ३० घण्टापछि स्थानीयवासीले शव परीक्षणका लागि उठाउन दिएको हो । स्थानीयवासीले राखेको मागमध्ये गृहमन्त्रालयमार्फत सम्बोधन हुन सक्ने सबै सम्बोधन भएको र बाँकी मन्त्रिपरिषद्को बैठकमार्फत सम्बोधन हुने गरी गृहमन्त्रालयले प्रस्ताव लगेको विश्वास दिलाएपछि उनीहरुले शव उठाउन दिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी…

Read More

सर्पको डसाइबाट दुईको मृत्यु

सर्पको डसाइबाट दुईको मृत्यु

सर्लाही । विषालु सर्पको डसाइबाट दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत सीतामढी जिल्लास्थित बथुवाराका १३ वर्षीया बेवी कुमारी र रेहुवाका ४० वर्षीया मोहनी देवी रहेका छन । गोहमन सर्पको डसाइबाट गम्भीर घाइते भएका दुबै जनाको सर्लाही अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । धाँमीझाँक्री कहाँ लगेर झारफुक गराएकाले समयमै उपचार नपाएपछि उनीहरुको मृत्यु भएको अस्पताल अकास्मिक कक्षका प्रमुख नथुनी महतोले जानकारी दिए । करेन्ट लागेर एकको मृत्यु यस्तै दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–७…

Read More

विषाक्त मदिराबाट मलेशियामा थप एक नेपालीको मृत्यु

विषाक्त मदिराबाट मलेशियामा थप एक नेपालीको मृत्यु

काठमाडौं । विषाक्त मदिरा सेवनका कारण मलेसियामा थप एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा देउराली–८ नवलपरासीका दुर्गासिंह राना रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । यससँगै मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या सात पुगेको छ । विषाक्त मदिरा सेवनबाट बसेरी धादिङका मीमबहादुर घले, मसिना रुपन्देहीका रामकुमार यादव, अमरगढी डडेल्धुराका विशाल बुढाथोकी, पश्चिमकुसाहा सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का इलामका बलबहादुर कुलुङ्ग र पथ्थरकोट सर्लाहीका आइतसिंह गोलेको मृत्यु भएको दूतावासले जनाएको छ । मृतकको शव मलेसियाका विभिन्न अस्पतालमा राखिएको छ । विषाक्त मदिरा सेवनबाट…

Read More

चितुवाको छालासहित पक्राउ

चितुवाको छालासहित पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अवैधरुपमा वन्यजन्तुको छाला (आखेटोपहार) सहित तीनलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाका शेलबहादुर तामाङ, धादिङ बेनीघाट रोराङ गाउँपालिकाका बुद्धिमान तामाङ र कास्की पोखरा लेखनाथ महानगरपालिका शालिकराम सुवेदी रहेको ब्यूरोका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । उनीहरुलाई काठमाडौं महानगरपालिका बौद्ध सिद्धार्थमार्गबाट छाला सहित पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनाविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धि, १९७५ अनुसार मुद्दा चलाइनेछ ।

Read More

इपिएसमार्फत कामदार लैजाने सम्झौता नवीकरण

इपिएसमार्फत कामदार लैजाने सम्झौता नवीकरण

काठमाडौँ । नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार लैजानेसम्बन्धी सम्झौताको नवीकरण भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले उहाँको दक्षिण कोरियाली समकक्षी ली जेइ क्यापले पठाउनुभएको सम्झौता नवीकरण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभएपछि सम्झौताको नवीकरण भएको हो । दुई वर्षअघि नेपाल–कोरियाबीच भएको उक्त समझदारीको अवधि यही असोज ४ गतेसम्म थियो । प्रत्येक दुई÷दुई वर्षमा समझदारी नवीकरण हुँदै आएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले आगामी दुई वर्षका लागि इपिएस प्रणालीमार्फत नेपाली कामदार कोरिया लैजाने सम्झौता नवीकरण भएको जानकारी दिए…

Read More

संशोधन विना सबैको संविधान हुन सक्दैन : मुख्यमन्त्री राउत

संशोधन विना सबैको संविधान हुन सक्दैन : मुख्यमन्त्री राउत

अनिल पोखरेल, राजविराज प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधान त्रुटिपूर्ण भएकोले संशोधन विना सबैको संविधान हुन नसक्ने बताए । सप्तरीको कञ्चनरुपमा आयोजित पार्टी अगुवा कार्यकर्ता भेलालाई शुक्रवार यस्तो बताएका हुन् ।  ‘संविधान संशोधनको लागि सङ्घर्ष जारी छ । सबैले आ–आफ्नो ठाउँबाट सङ्घर्षलाई अगाडि बढाउनुपर्छ । सङ्घर्ष विना अधिकार सुनिश्चित हुन सक्दैन,’ उनले भने, ‘अधिकारको लागि सङ्घर्षलाई निरन्तरता दिनुपर्छ ।’ फोरम नेपाल सङ्घीय सरकारमा सहभागी भएरै पनि संविधानको संशोधनको माग यहीँबाट गरिरहेको बताउँदै सङ्घर्ष नगरी संशोधन हुँदैन भन्ने आधारमा सङ्घीय समाजवादी फोरमको स्पष्ट धारण रहकाले मधेसमा संविधान लोकप्रिय बनाउन संशोधन…

Read More

एक पुरुषको शव बेवारिसे अवस्थामा भेटियो

एक पुरुषको शव बेवारिसे अवस्थामा भेटियो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको वडा नं. २२ जगरनाथपुरमा एक पुरुषको शव भेटिएको छ । नहरको उत्तरपट्टीको डिलमा परिचय नखुलेको अंन्दाजी ६० वर्षीय पुरुषको बेवारिसे शव फेला परेको हो । तराई मुलको जस्तो देखिने, दाह्री जुंगा भएको, घााटीमा पहोलो रंगको बोलबमको र तुलसीको जस्ता दाना भएको खैरो रंगको माला र सेतो कुर्ता अनि सेतै धोती लगाएका पुरुषको सनाखत अझैसम्म नभएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Read More

उपत्यकाका नदीको छेउमा नजान आह्वान

उपत्यकाका नदीको छेउमा नजान आह्वान

काठमाडौँ । मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान आह्वान गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बालबालिका तथा चौपायालाई पनि नदी किनारमा नपठाउन अनुरोध गरिएको हो । पाइप सफा गरेको पानी वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरालगायत उपत्यकाका नदीमा पठाउने व्यवस्था मिलाइएको निर्देशनालयले जनाएको छ । सुन्दरीजलबाट चावहिल धोबीखोलासम्मको ११ किमी पाइप परीक्षण सम्पन्न गरी धोबीखोलाबाट नारायणगोपाल चोकसम्मको तीन किमीमा काम भइरहेको निर्देशनालयका प्रवक्ता दिवाकर ढकालले जानकारी दिए । वितरण प्रणाली परीक्षणका…

Read More