पेस्तोल देखाएर कुटपिट

पेस्तोल देखाएर कुटपिट

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा एक समूहले कञ्चटमा पेस्तोल देखाएर एक दम्पत्तिलाई कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की दिएको छ । मदिरा सेवन गरी पेस्तोल देखार कुटपिट गरेको पीडित परिवाले बताएका छन् । विनोद साउँदको समूहले गोमती कार्की र उनका श्रीमान् नरबहादुर कार्कीलाई कञ्चटमा पेस्तोल तेस्र्याएर ज्यान मार्ने धम्की दिएको हो । साउँदको समूहले घर नजिकै सडक छेउमा बाँधेका गाईलाई चुट्न थालेपछि नचुट्न आग्रह गर्दा पेस्तोल तेस्र्याउँदै ज्यान मार्ने धम्कीसहित आफ्नो श्रीमतीलाई कुटपिट गरेको पीडित कार्कीले बताए । कुटपिट गरी घाइते बनाइएकी श्रीमतीलाई स्थानीय अस्पतालमा उपचार गराएको उनको भनाइ छ…

Read More

हत्याको अभियोगमा तीनजना पक्राउ

हत्याको अभियोगमा तीनजना पक्राउ

कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–१ का ३२ वर्षीय व्यवसायी रामप्रसाद ओझा (जैसी)कोे हत्या गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा आयोजित पत्रकार सम्मेलनमा व्यापारी ओझाको हत्या भएको घटनामा संलग्न भनिएका जोशीपुर गाउँपालिका–१ का गङ्गाराम चौधरी, राजकुमार डङ्गौरा चौधरी र टीकापुर नगरापालिका–८ का डम्बर चौधरीलाई सार्वजनिक गरिएको हो । यी अभियुक्तहरुले गएको भदौ २८ गते राति जोशीपुर गाउँपालिका–१ स्थित आफ्नै घरमा पसल सञ्चालन गर्दै आएका ओझाको पसलमा गई निजको हत्या गर्नाका साथै पसलबाट नगद लगायतका सामान चोरी गरी फरार भएको जिल्ला प्रहरी कार्यालय…

Read More

सडक दुर्घटना छानविनका लागि समिति बनाउन माग

सडक दुर्घटना छानविनका लागि समिति बनाउन माग

काठमाडौँ । नेपाल यातायात मजदुर सङ्घले सडक दुर्घटना छानविनका लागि स्थानीयस्तरबाटै समिति बनाउन माग गरेको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले आज एक विज्ञप्ति जारी गरी स्थानीयस्तरमै सडक दुर्घटना छानविन समिति गठन गरी उक्त समितिमा मजदुरको प्रतिनिधित्व गराउन माग गरेको हो । “सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को संशोधनमा चालकले सवारी दुर्घटना गरी सवारीभित्र वा सवारी बाहिर मृत्यु भएमा दण्ड सजाय अत्यधिक राखिएकाले चालक भयभित भएको भन्दै संशोधन बुँदा तत्काल निलम्वन गर्नुपर्छ”, विज्ञप्तिमा भनिएको छ । सङ्घले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधन भई कार्यान्वयनमा ल्याउन खोज्दा हाल…

Read More

खुर्शिद अन्सारी हत्याकाण्डः पहिचान गरेरै गोली हानेको खुलासा

खुर्शिद अन्सारी हत्याकाण्डः पहिचान गरेरै गोली हानेको खुलासा

इनरुवा । बिहीबार सुनसरीको हरिनगर गाउँपालिका–२ मा रहेको रै्ययान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीलाई पहिचान गरेर गोली हानी हत्या गरेको रहस्य खुलासा भएको छ । स्कूल सञ्चालक समितिको बैठक सकेर अमीन अन्सारीको मोटरसाइकलमा पछाडि बसेर विद्यालयबाट दक्षिण घरतर्फ जाँदै गरेको बेला दिउँसो ११ बजेर १५ मिनेटमा सोही दिशाबाट आएको चार जनाको अज्ञात समूहले पहिचान गरेर खुर्शिदलाई गोली प्रहार गरेका थिए । सञ्चालक समितिको बैठक समापन भएसँगै साथी अमीन अन्सारीको मोटरसाइकलमा गइरहेको बेला नम्बर प्लेट नभएको सोही दिशाबाट सेतो रङ्गको अपाचे र नीलो रङ्गको पल्सर मोटरसाइकलमा आएका चार जनाको समूहले…

Read More

कञ्चनपुरमा फेरी ६ वर्षिया बालिका बलात्कृत

कञ्चनपुरमा फेरी ६ वर्षिया बालिका बलात्कृत

कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अपराधि पत्ता नलाग्दै फेरी कञ्चनपुरमा अर्कि बालिका बलात्कारको शिकार भएकि छन् । जिल्लाको कृष्णपुरमा ६ वर्षीया बालिका बलात्कृत भएकि हुन् । बलात्कारको प्रहरीले १० वर्षीय बालकलाई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका बण्डकी ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बिहीबार त्यही ठाँउका १० वर्षीय बालक पक्राउ परेका हुन् । बालकले आफूलाई बलात्कार गरेको बालिकाले बताएको पीडितकी आमाले बताइन् । बालिका कक्षा २ मा अध्ययनरत छिन् । उनको विद्यालयमा बलात्कार भयो वा बिदा भएपछि घर आउने बेलामा बलात्कार भयो भन्ने खुल्न सकेको छैन्…

Read More

प्रधानमन्त्री ओली शनिबार न्युयोर्क प्रस्थान गर्ने

प्रधानमन्त्री ओली शनिबार न्युयोर्क प्रस्थान गर्ने

सुरेन्द्र नेपाली, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्यु योर्कतर्फ प्रस्थान गर्नेभएका छन् । उनका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि हुनेछिन् । असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने ९संस्था० बनाउने’ रहेको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति मार्फत जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार…

Read More

सभापतिका लागि एक/एक जनाको मात्र उम्मेदवारी

सभापतिका लागि एक/एक जनाको मात्र उम्मेदवारी

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका शुक्रबार हुने निर्वाचनमा प्रत्येक समितिको सभापति पदमा एक/एक जनाको मात्र उम्मेदवारी परेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समितिमा कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विमलप्रसाद श्रीवास्तव र कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा कृष्णभक्त पोखरेलको उम्मेदवारी परेको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी, महिला तथा सामाजिक समितिमा निरुदेवी पाल, राज्य व्यवस्था तथा सुशासन समितिमा शशी श्रेष्ठ, विकास तथा प्रविधि समितिमा कल्याणीकुमारी खड्का, शिक्षा तथा स्वास्थ्य…

Read More

घुस लिएको अभियोगमा दुई जना पक्राउ

घुस लिएको अभियोगमा दुई जना पक्राउ

पर्सा । विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस लिएको अभियोगमा दुई जना कर्मचारीलाई अख्तियारको टोलीले आज वीरगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरपालिकाका शिक्षा समन्वय इकाइका प्रमुख मञ्जुर आलम र शाखा अधिकृत शशिभुषण साह रहेका छन् । अख्यितार दुरुपयोग अनुसन्धान आयोग मकवानपुरबाट खटिएको टोलीले दुबै जनालाई पक्राउ गरेको हो । फुर्कान इन्टरनेशनल एकेडमीको अनुमति दिनका लागि आलम र साहले माग गरेको रु पाँच लाखमध्ये रु एक लाख लिन वीरगञ्जको लाठगलीस्थित एक होटलमा पुगेका पर्साको छिपहरमाई गाउँपालिका–२ सम्भौताका अरुणकुमार साहलाई रुपैयाँसहित अख्यितारको टोलीले पक्राउ गरेको थियो । साहले दिएको…

Read More

अन्सारीको हत्यारालाई कारवाहीको दायरामा ल्याउँछौंः गृहमन्त्री थापा

अन्सारीको हत्यारालाई कारवाहीको दायरामा ल्याउँछौंः गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीका खुर्शिद अन्सारी हत्याको घटनालाई आफूले गम्भीरतापूर्वक लिएको बताएका छ्न् । आज गृहमन्त्रालयमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका प्रतिनिधिमण्डलसँगको भेटमा उनले घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कारवाहीको दायरमा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री थापाले भनले, “यो घटनालाई मैले गम्भीररुपमा लिएको छु, अपराधी जो सुकै भए पनि कारवाहीको दायरामा ल्याइछाड्छौँ ।” उनले नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउँदै उनीहरुको सुरक्षामा कुनै कसर बाँकी नराखिने प्रस्ट पारे । मन्त्री थापाले मृतक अन्सारीप्रति श्रद्धाञ्जली तथा परिवारप्रति समवेदना प्रकट गर्दै मृतकका आफन्त…

Read More

दशैको टिकट बुकिङ अझै अन्यौल, महासंघले गर्यो यस्तो निर्णय

दशैको टिकट बुकिङ अझै अन्यौल, महासंघले गर्यो यस्तो निर्णय

काटमाडौं । शुक्रवारबाट खुल्ने भनिएको दशैको अग्रिम टिकम बुकिङ नखुल्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको अग्रिम टिकट बुकिङ नखोल्ने घोषणा गरेको हो । पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिएको भन्दै महासंघले टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको बताइएको छ । यातायात व्यवसायीले मूल्यबृद्धि फिर्ता लिन सरकारलाई ४८ घन्टे अल्टिमेटम दिएको थियो । नेपाल आयाल निगमले हालै मात्र इन्धनको मूल्य बृद्धि गरेको थियो । डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढाइएको छ । महासंघका महासचिव सरोज सिटौलाका अनुसार आफूहरुको माग सुनुवाई नगरेकोले भोलिदेखि गर्ने भनिएको…

Read More