बीमामा ल्याउन सके राहत र उद्धारमा सहज: गृहमन्त्री थापा

बीमामा ल्याउन सके राहत र उद्धारमा सहज: गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सबै नागरिकलाई बीमा प्रक्रियाभित्र ल्याउन सकेमात्र विपद्मा परेकालाई राहत उपलब्ध गराउन र उद्दार गर्न सहज हुने बताएका छन् । आज गृह मन्त्रालयमा बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले विपद् व्यवस्थापनका लागि आवश्यक स्रोत साधन, बजेट, तालीमको कमी भएको भन्दै समितिले त्यस्ता सामग्रीलाई बढाउन पहल गर्नुपर्ने बताए । “विपद्बाट हुने क्षति न्यूनीकरणको कार्यक्रम ल्याउनु जरुरी छ,” उनले भने । मन्त्री थापाले बाढीपहिरोका कारण घरबारविहीन भएका घरपरिवारलाई सम्बन्धित मन्त्रालय तथा स्थानीय तहले सहयोग गर्ने र ती निकायलाई आवश्यक रकमका लागि अर्थ मन्त्रालयबाट माग गर्ने बताए ।…

Read More

लोकतन्त्रका मूल्यमान्यताप्रति नेपाल प्रतिबद्धः राष्ट्रपति भण्डारी

लोकतन्त्रका मूल्यमान्यताप्रति नेपाल प्रतिबद्धः राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको सर्वोच्चता, कानूनको शासन, मानवअधिकार र लोकतन्त्रका सबै मूल्यमान्यताप्रति नेपाल सदैव प्रतिबद्ध रहिआएको बताइन् । नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिका लागि राष्ट्रपति भवन शीतल निवासमा आज साँझ आयोजित स्वागत समारोहमा उनले नेपाल असंलग्न आन्दोलनको संस्थापक र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) जस्ता क्षेत्रीय सहयोग सङ्गठनको अवधारणाप्रति प्रतिबद्ध रहिआएको उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले भनिन्, “हामी यस क्षेत्रका राष्ट्रहरुसँग मिलेर आर्थिक विकास लगायतका साझा चासोबाट लाभान्वित…

Read More

१२ को ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

१२ को ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षामा ७६ हजार २२७ सहभागी भएकामा नतिजाअनुसार ‘ए प्लस’ ल्याउने ८४, ‘ए’ ल्याउने २८४, ‘बी प्लस’ ल्याउने ८४० रहेका छन् । बोर्डका परीक्षा नियन्त्रक शर्माका अनुसार परीक्षामा ‘बी’ ल्याउने तीन हजार ३७३, ‘सी’ प्लस’ ल्याउने नौ हजार ७५१, ‘सी’ ल्याउने २१ हजार ५७४ र ‘डी प्लस’ ल्याउने २२ हजार २९७ रहेका छन् । त्यसैगरी ग्रेड ‘डी’ ल्याउने १० हजार ४४७ र ‘ई’ ल्याउने सात…

Read More

दुर्घटनामा एकको मृत्यु, दूई घाइते

दुर्घटनामा एकको मृत्यु, दूई घाइते

धादिङ । धादिङको पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका–७ जंङ्गेखोला नजीकै आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । खानीखोलाबाट गजुरीतर्फ जाँदै गरेको बा ७९ प ७२६५ नंको मोटरसाइकल राजमार्गमा पल्टिँदा मोटरसाइकलमा सवार तीन जनामध्ये एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा धुनीबेंशी नगरपालिका निवासी १८ वर्षीय अनिल लामा रहेका छन् । उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य दुई जना सख्त घाइते छन् । यता भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्गमा आज…

Read More

राउटेले मनाए चौथो संविधान दिवस

राउटेले मनाए चौथो संविधान दिवस

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक राउटेले चौथो संविधान दिवस मनाएका छन् । उनीहरुले खुलेरै आज संविधान दिवसको गुणगान गरे । विगतमा आफ्नै रीतिथितिमा तल्लीन हुने र आफूलाई जङ्गलको राजा मान्ने उनीहरु यस वर्ष कर्णाली प्रदेश सरकारसँगै हातेमालो गर्दै दिवस समारोहमा सामेल भए । दिवसमा उनीहरुले पैसरु नाच देखाए, अरूलाई आकर्षित गरे, प्रदेश प्रमुखसहित मन्त्री र सरकारका उच्च अधिकारीहरुलाई समेत मनोरञ्जन दिए । जङ्गलको बास छोडेर दैलेखेको गुराँस गाउँपालिका–८ झ्याजेस्थित बस्दै आएका राउटे दक्षिण एशियाको लोपोन्मुख जातिका रुपमा मानिन्छ । पछिल्लो समयको विकास र मानव चहलपहलका कारण…

Read More

यस्तो छ राजधानीका सडकको दुर्दशा (भिडियोसहित)

यस्तो छ राजधानीका सडकको दुर्दशा (भिडियोसहित)

देशकै राजधानी काठमाडौं । त्यसमापनि सबैभन्दा धेरे जनसंख्या बसोबास गर्ने क्षेत्र । जसरी हामी काठमाडौंलाई देशको राजधानी भनेर गर्भ गर्छौ त्यसरी नै यहाँका सडकहरुको अवस्था देख्दा मन विरक्तिएर आउँछ । राजधानीका मुख्य सडकदेखि विभिन्न भित्रि सडकहरुको अवस्था दयनिय छ । महानगरपालिकाको वडा नं. १६ माछापोखरी चोक बाट भित्र सपिङ सेन्टरको ठिक अगाडीबाट भित्र छिर्ने सडकको अवस्था रोपाइ गर्ने खेतको भन्दा कम छैन् । जुन बाटो भएर दैनिक हजारौँ व्यक्तिहरु आवतजावत गर्ने गर्दछन् । यही क्षेत्रमा कम्तिमा पनि ५ वटा विद्यालयहरु छन् । तर यहि बाटोको दयालाग्दो छ । दैनिक यो बाटो…

Read More

यसकारण प्रदेश २ मा संविधान दिवस मनाईएन्, दिनभर जे देखियो (फोटो फिचर)

यसकारण प्रदेश २ मा  संविधान दिवस मनाईएन्, दिनभर जे देखियो (फोटो फिचर)

अनिल पोखरेल राजविराज,असोज ३ । देशभर संविधान दिवस मनाइरहँदा प्रदेश नम्बर २ मा खासै उत्साह देखिएन् । सङ्घीय सरकारले राष्ट्र दिवस तथा संविधान दिवस धुमधामका साथ मनाउन सार्वजनिक बिदा दिएर मातहतका कार्यालयलाई उत्साहका साथ मनाउन निर्देशन दिए पनि प्रदेश २ मा संविधान दिवस नै मनाइएन ।विभिन्न चाडपर्वमा शुभकामना दिदैं आएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत तटस्थ बसेका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवले कालो दिन नरमाउन दिएको निर्देशन विपरीत सङ्घीय समाजवादी फोरम नेपालका नेता कार्यकर्ताहरू बुधवार कालो दिन मनाएका छन् । राष्ट्रिय जनता पार्टी नेपालले औपचारिकरुपमा निर्णय गर्दै आफ्ना…

Read More

बाढी पहिरोपीडित परिवारलाई राहत

बाढी पहिरोपीडित परिवारलाई राहत

बेँसीशहर । बाढीपहिरोमा परी मृत्यु भएका लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ नासकुचेका तुलसीप्रसाद तामाङको परिवारलाई राहत प्रदान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकालले रु एक लाखको चेक उनका जेठो छोरा मेकराशी तामाङलाई आज हस्तान्तरण गरेका हुन् । गत बुधबार बाढीपहिरोमा परी बेपत्ता भएका ५८ वर्षीय तामाङको शव सोमबार दिउँसो राइनास नगरपालिका–८ तार्दी खोला दोभान डुम्रेस्वारामा मस्र्याङ्दी नदीले बगाएर ल्याएको अवस्थामा फेला परेको थियो । मस्र्याङ्दी गाउँपालिकाले पहिरोमा ज्यान गुमाएका तुलसीको परिवारलाई रु ५० हजार प्रदान गरेको मस्र्याङ्दी गाउँपालिका–४ का वडाध्यक्ष सुमन गुरुङले बताए । पहिरोमा…

Read More

मोटरसाइकलले ठक्कर दिंदा ८० वर्षीय वृद्धको मृत्यु

मोटरसाइकलले ठक्कर दिंदा ८० वर्षीय वृद्धको मृत्यु

भक्तपुरमा बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिंदा ८० वर्षीय वृद्धको मृत्यु भएको छ।मध्यपुर ठिमीस्थित अरनिको राजमार्गमा मोटरसाइकलले दिएको ठक्करबाट स्थानीय जोगभक्त श्रेष्ठको मृत्यु भएको हो।महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार श्रेष्ठलाई चारदोबाटोमा बाटो काट्दा काठमाडौं आउँदै गरेको मोटरसाईकलले ठक्कर दिएको थियो।भक्तपुरबाट काठमाडौं आउदै गरेको बा ७० प १६६५ नम्बरको मोटरसाईकलले श्रेष्ठलाई ठक्कर दिएको हो। घाईते श्रेष्ठको मध्यपुर ठिमी अस्पतालमा बुधबार साँझ मृत्यु भएको हो। प्रहरीले मोटरसाईकल चालक भारतीय नागरिक शम्लेसकुमार सिंहलाई हिरासतमा लिएर आवश्यक कारवाही थालेको छ।

Read More

रौतहटमा गोली चल्यो, दर्जनौँ घाइते

रौतहटमा गोली चल्यो, दर्जनौँ घाइते

शव जलाउने विषयमा विवाद हुँदा रौतहटमा गोली चलेको छ। रौतहटको गरुडा नगरपालिका वार्ड नम्बर ९ श्रीपुर नजिक गम्हरिया टोलकी मृतक महिलाको शव जलाउने क्रममा विवाद भएको हो। विवादले उग्र रुप लिएपछि गम्हरिया र श्रीपुरका स्थानीयबीच ढुंगा हानाहान भएको थियो। घटनामा दुवै पक्षका गरी दर्जनौँ घाइते भएका छन्। गरुडा नपा ९ गम्हरियाकी ३५ वर्षीय भंगियादेवीको मृत्यु भएपछि श्रीपुर नजिक दाहसंस्कार गर्न लगिएको थियो। गम्हरिया गाउँको शव श्रीपुर नजिक जलाउन अवरोध गरेपछि दुई गाउँलेबीच झडप भएको हो। झडप हुन थालेपछि इलाका प्रहरी कार्यालय गरुडाका सई सुरेशकुमार गुप्ताको कमान्डमा गएको प्रहरी टोलीले झडपलार्इ…

Read More