एकैस्थानबाट ६० किलो चरेससहित दुई श्रीमान श्रीमति पक्राउ

एकैस्थानबाट ६० किलो चरेससहित दुई श्रीमान श्रीमति पक्राउ

दाङमा प्रहरीले पहिलो पटक ठूलो मात्रामा अबैध लागु औषध चरेस सहित ५ जनालाई पक्राउ गरेको छ । ६० किलो अबैध चरेस सहित पक्राउ परेका पाँच जना मध्य २ जना श्रीमन श्रीमती पनि रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्ण हरि शर्माले जानकारी दिए । चरेसको मात्रा हाल सम्मकै ठूलो परिमाण हो । लमही नगरपालिका ९ अमेलियामा लागु औषधको कारोबार भैरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटीगएको प्रहरी टोलीलले छापामार्दा ६० किलो चरेस सहित ५ जनालाई पक्राउ गरेको हो । केहिदिन अघि पक्राउ परेका रुकुम मुसीकोट नगरपालिका ११ का…

Read More

म्याग्दीमा सडक बगेपछि यात्रु भीरमा झुण्डिएर यात्रा गर्न बाध्य

म्याग्दीमा सडक बगेपछि यात्रु भीरमा झुण्डिएर यात्रा गर्न बाध्य

  बेनी जोमसोम खण्डको सडक कालिगण्डकी नदीले बगाएपछि सो सडक हुदैं ओहोर दोहोर गर्ने यात्रु भीरमा झुण्डिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, २ भुरुङ्ग तातोपानीमा कालिगण्डकी नदीले सडक बगाएपछि यात्रु यस्तो जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन । एक साता अघि आएको बाढीले कालीगण्डकी नदीको धार परिवर्तन हुँदा बेनी–जोमसोम सडकका आधा दर्जन स्थानमा कटान गरेको छ । कालीगण्डकी नदीले अन्नपूर्ण गाउँपालिका, २ तातोपानीको पोखरी, नागढुङ्गा, मुस्ताङ्गको थासाङ्ग गाउँपालिका ४ घाँसाको कोप्रेभीर, तल्लो घाँसा, थासाङ्ग गाउँपालिका, २ सिर्कुम, मार्फाको स्याउबारी कटान गरेको छ ।

Read More

Breaking News : फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, हेर्नुहोस् के मा कति ?

Breaking News : फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, हेर्नुहोस् के मा कति ?

काठमाडाैं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि गरेको छ। आईतवार राती १२ बजेदेखी लागु हुने गरी निगमले पेट्रोलमा १ रुपैयाँ, डिजल र मट्टीतेलमा २ रुपैयाँ, हवाई इन्धन (आन्तरिक उडानतर्फ) ४ रुपैयाँ ५० पैसा तथा हवाई इन्धन (वाह्य उडान) मा प्रतिहजार लिटरमा ५० युएस डलर वृद्धि गरेको हो। नयाँ मुल्य अनुसार अव पेट्रोल प्रति लिटर १ सय ११ , डिजल तथा मट्टीतेल ९५, हवाई इन्धन (आन्तरिक उडानतर्फ) १ सय ४ रुपैयांँ ५० पैसा तथा  हवाई इन्धन (वाह्य उडान) तर्फ प्रतिहजार लिटरको मुल्य १ हजार १ सय २५ डलर पुगेको छ।…

Read More

प्रकाण्डलाई तीन दिनको म्याद थप

प्रकाण्डलाई तीन दिनको म्याद थप

प्रहरीले सङ्गठीत अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई आज तीन दिनको म्याद थप गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ। “जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलले आजसम्मका लागि म्याद थप गरेको छ,” जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले भने, “फेरी भोलिबाट म्याद थप गरी अनुसन्धानका लागि प्रक्रिया अगाडि बढ्नेछ।” जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक खड्काले गत वैशाख १ गते काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडास्थित ब्लु साइन क्रसर उद्योगमा आगजनी गरेको कार्यमा संलग्न रहेको पाइएको कारण पक्राउ गरिएको…

Read More

सिंहदरबार अगाडि नग्न प्रदर्शन गर्ने लिम्बुमाथि सार्वजनिक हितविरुद्धको कसुर अन्तरगत म्याद थप

सिंहदरबार अगाडि नग्न प्रदर्शन गर्ने लिम्बुमाथि सार्वजनिक हितविरुद्धको कसुर अन्तरगत म्याद थप

काठमाडौं । नयाँ मुलुकी ऐनको विरोधमा सिंहदरबार अगाडि नग्न भएर प्रदर्शन गरेका युवकमाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुर अन्तरगत म्याद थप गरिएको छ । नयाँ मुलुकी एने लागू भएकै दिन नग्न भएर विरोध प्रदर्शन गरेको आरोपमा जितिन लिम्बु पक्राउ परेका थिए । उनीमाथि मुलुकी ऐनमा भएको सार्वजनिक स्थानमा यौनाङ्ग देखाउनु नहुने कसुर अन्तरगत जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद थप गरिएको हो । मुलुकी एेनको विरोधमा सडकमा एक्लै निस्केका लिम्बुले नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए । भित्री बस्त्रसमेत…

Read More

ब्रह्मखेलमा पहिरो जाँदा चार घाइते

ब्रह्मखेलमा पहिरो जाँदा चार घाइते

काठमाडौँ । शनिबार रातिको अविरल वर्षाले कागेश्वरी मनोहरा नगरपालिका–३ ब्रह्मखेलमा पहिरो जाँदा एकै घरका चारजना पुरीएका छन् । घाइते अवस्थामा रहेका उनीहरुको उपचार भइरहेको छ । पहिरोले शिरोमणि सिग्देलको घर पुरिँएको हो । पहिरोमा परेका सिग्देल, उहाँकी श्रीमती सावित्री सिग्देल, छोराद्वय क्रमशः विपुल सिग्देल र विप्लव सिग्देलको उपचार भइरहके छ । घाइते तिन जनाको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ भने गम्भीर घाइते सावित्रीको राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पतालमा उपचार भइरहेको छ । महानगरिय प्रहरी प्रभाग थलीका इञ्चार्ज प्रहरी नायब निरीक्षक वीरेन्द्र यादवले शिरोमणिसहित छोरा विपुल र विप्लव भने…

Read More

केरला बाढी : मृत्यु हुनेको सङ्ख्या ३५७ पुग्यो

केरला बाढी : मृत्यु हुनेको सङ्ख्या ३५७ पुग्यो

थिस्सुर, भारत ।दक्षिण पश्चिम भारतमा विगत केही दिनदेखि निरन्तर परेको बर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३५७ पुगेको छ ।  पछिल्लो २४ घण्टामा ३३ जनाको मृत शरीरलाई डुबान क्षेत्रबाट निकालिएको अधिकारीहरूले बताएका छन् ।बाढीका कारण हजारौँ नागरिक विस्थापित बनेका छन् । बाढी तथा पहिरोमा परी वेपत्ता बनेका नागरिकको खोजीका लागि सेना, प्रहरीसहितका उद्धारकर्मीहरू निरन्तर लागेका बताइएको छ ।केरलाका सम्पूर्ण ग्रामिण इलाकामा सय बर्ष यताकै सबैभन्दा ठूलो विपद् आएको छ । अझै पनि धेरै इलाका पूर्णतया डुबानमा रहेकाले मृतक सङ्ख्यामा थप वृद्धि हुने देखिएको उद्धारमा सम्लग्न अधिकारीले जनाएका छन्…

Read More

भारतीय सेनाका कर्णेल त्रिभुवन विमानस्थलबाट गोली सहित पक्राउ

भारतीय सेनाका कर्णेल त्रिभुवन विमानस्थलबाट गोली सहित पक्राउ

काठमाडौं- भारतीय सेना (आसम राइफल) का कर्णेल त्रिभुवन विमानस्थलबाट गोली सहित पक्राउ परेका छन्। आइतबार मध्यान्ह १ बजेर ४५ मिनेटको बुद्ध एयरको उडानबाट पोखरा जान लागेका बलबहादुर पुन विमानस्थलबाट पक्राउ परेका हुन्। डोमेस्टिक टर्मिनलको सुरक्षा जाँचको एक्सरे मेसिनमा चेक गर्ने क्रममा पुनको झोलामा २२ मिमिको २० राउन्ड गोली भेटिएको प्रहरीले जनाएको छ।

Read More

यस्ता छन् आजका मन्त्रीपरिषद्का ६ वटा निर्णयहरु

यस्ता छन् आजका मन्त्रीपरिषद्का ६ वटा निर्णयहरु

सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा बलाधिकृत रथी पूर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई २०७५ भाद्र २४ गतेदेखि नै लागूहुने गरि सेनाको महारथी पदमा पदोन्नती गरि प्रधानसेनापति पदमा नेपालको संबिधानको २६७ को उपधारा ५ बमोजिम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले मौलिक हक सम्बन्धी विभिन्न तीन बिद्येयक सदनमा पेश गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । विश्व बैंक समूहको अन्तराष्ट्रिय विकास संस्थाबाट एकीकृत सार्वजनिक वित्त व्यवस्थापन सुधार आयोजनाका लागी प्राप्त हुने…

Read More

एसियाडमा नेपाल यु-२३ टोली पाकिस्तान संग पराजित

एसियाडमा नेपाल यु-२३ टोली पाकिस्तान संग पराजित

एसियन खेलकुद (एसियाड) अन्तर्गत समुह चरणको अन्तिम खेलमा समेत नेपालको यु-२३ टोली पराजित भएको छ। नेपाल समुह चरणको अन्तिम खेलमा पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित भएको हो। खेलमा अग्रता कायम गर्न सफल भएपनि पाएको अग्रतालाई जोगाउन नसक्दा नेपालले प्रतियोगितामा लगातार तेश्रो हार व्यहोर्न वाध्य भएको हो।खेलको १२ औं मिनेटमा पाकिस्तानको आत्मघाती गोल मार्फत खेलमा अग्रता बनाएको नेपाल दोश्रो हाफमा २ गोल खाँदै पराजित हुन पुग्यो। पाकिस्तानका लागि दोश्रो हाफको ५४ औं मिनेटमा विलाल मोहम्मदले हेड मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए भने अर्को गोल नेपालले पेनाल्टि मार्फत खान पुग्यो।…

Read More