पहिरोको उच्च जोखिममा नुवाकोटका बस्तीहरु

पहिरोको उच्च जोखिममा नुवाकोटका बस्तीहरु

शुक्रबार रातिदेखि परेको अविरल बर्षाले नुवाकोटको विभिन्न बस्तीका बासिन्दालाई घरबारविहिन बनाएको छ भने पहिरोको जोखिम समेत बढाएको छ। जिल्लाको बेलकोटगढी नगरपालिका ११ मा रहेको अमारेमा बाढी आउँदा स्थानीय हरिभक्त तिवारीको २ वटा घरमा क्षती पुर्याएको छ। प्रहरी चौकी तादीका अनुसार तिवारीको घरमा सञ्चालन गरिएको किराना पसल, मासु पसल, खाजा घर र कुखुरा फार्मलार्ई बगरमा परिणत गरिदिएको छ। यस्तै, तिवारीको घरमा बस्दै आएका रामराजा तामाङ र उनकी श्रीमती शुभलक्ष्मी तामाङ  सामान्य घाइते भएका छन्। बाढीको कारण ८ लाख रुपैयाँ बराबरको धनसम्पती नष्ट भएको प्रहरीले जनाएको छ। यस्तै शिवपुरी गाउँपालिका– ६ थानाभञ्ज्याङका मनोज…

Read More

तेब्बर भाडा असुल्ने सुमोलाई कारबाही, प्रहरीले गरायो पैसा फिर्ता

तेब्बर भाडा असुल्ने सुमोलाई कारबाही, प्रहरीले गरायो पैसा फिर्ता

यात्रुसँग दोब्बर भाडा असुल्ने १२ वटा सुमोलाई बाराको पथलैयास्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयले शनिबार नियन्त्रणमा लिएको छ। मुस्लिम धर्मालम्बीको पर्व ईदका कारण काठमाडौंबाट फर्कने यात्रुको चाप बढ्न थालेपछि त्यसको फाइदा उठाउँदै यात्रुसँग दोब्बर भाडा असुल्ने सुमो प्रहरीको कारबाहीमा परेका हुन्। दोब्बर भाडा असुलेको गुनासो आएपछि चेकजाँच गर्ने क्रममा दिउँसोसम्म १२ वटा सुमो नियन्त्रणमा लिइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख किरण बज्राचार्यले जानकारी दिइन्। काठमाण्डौबाट सिमराको भाडा पाँच सय रुपैयाँ रहेपनि सुमो काउन्टरले प्रतिव्यक्ति एक हजार पाँच सय रुपैयाँसम्म असुल गरेको पाइएको चेकजाँचमा खटिएका प्रहरी नायब निरीक्षक केदार कोइरालाले जानकारी दिए।…

Read More

बाराणसीमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना

बाराणसीमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना

काठमाडौं । भारतको बाराणसीमा बस दुर्घटना हुँदा ४० नेपाली तीर्थयात्री घाइते भएका छन् । प्रहरीका अनुसार सुनसरीको दुहबीबाट गएका तीर्थयात्रीहरुले बिहारबाट निजी गाडी रिजर्भ गरेका थिए । चालकले तीव्र गतिमा रहेको मोटरसाइकललाई बचाउने क्रममा बस दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ । बसमा ४६ जना थिए । घाइतेहरुलाई दिनदयाल उपाध्याय अस्पताल भर्ना गरिएको छ ।

Read More

आइएमई लाइफ र ग्लोबल आइएमई बीच बैंकास्योरेन्स सम्झौता

आइएमई लाइफ र ग्लोबल आइएमई बीच बैंकास्योरेन्स सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल आइएमई बैङ्क लिमिटेड बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र ग्लोबल आइएमई बैङ्क का तर्फबाट कार्यकारी अधिकृत जनक शर्मा पौडेलले हस्ताक्षर गरेको बैक द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सम्झौता पश्चात् सर्वसाधारण तथा बैङ्कका ग्राहकहरूले ग्लोबल आइएमई बैङ्कको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रूपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बिमा गराउनका साथै जीवन बिमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने बताएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट…

Read More

अफगानिस्तानमा हवाई कारबाही, २२ लडाकू मारिए

अफगानिस्तानमा हवाई कारबाही, २२ लडाकू मारिए

अफगानिस्तानको जाबुल प्रान्तमा भएको हवाई कारबाहीमा परी कम्तीमा २२ लडाकू मारिएका छन्।अफगान हवाई बलले शुक्रबार गरेको कारबाहीमा उनीहरु मारिएका स्थानीय अधिकारीले शनिबार जानकारी दिएका छन्।तालिबान लडाकू भेला भएर बसेका थाहा पाएपछि सुरक्षा फौजले शुक्रबार दिउँसो सो हवाई कारबाही सुरु गरेका थिए’ प्रान्तीय प्रहरी प्रमुख मोहम्मद मुस्ताफा मायरले भने।मारिएका तालिबान लडाकूमा स्थानीय कमाण्डर मुल्लाह ताटिफ, असाडुल्लाह, असिर र बार्याली पनि रहेको उनले बताए।आक्रमणका क्रममा लडाकूले प्रयोग गर्ने गरेको ११ ओटा मोटरसाइकल पनि नष्ट भएको प्रहरी प्रमुख मायरले जानकारी दिए।

Read More

आगलागीमा परि तीन लाख बढीको क्षति

आगलागीमा परि तीन लाख बढीको क्षति

तेह्रथुमको म्याङलुङ नगरपालिका–४ पिप्लेको एक घरमा दिउसो आगलागी भएको छ ।स्थानीय खडानन्द गड्तौलाको दुईतले जस्तापाताको छानो भएको घरमा दिउसो करिब एक बजे आगो लागेको हो । आगोलागीबाट घरमा भएका अन्नपात, लत्ताकपडा, भाँडाकुडा र फर्निचर जलेर नष्ट तीनलाख बढिको क्षति भएको छ ।आगलागीबाट सोही घरमा बस्दै आएका निधिकान्त दाहालको परिवार बिचल्ली भएको छ । आफ्नो घर नभएकाले केही बर्ष देखि अर्काको घरमा बस्दैं आएको दाहालका परिवार बिचल्लीमा परेका छन । घरमा लागेको आगो नगरपालिकाको दमकलको सहयोगमा, जनपथ प्रहरी, ससस्त्र प्रहरी र नेपालीको सेनाको टोलीले करिब तीन घण्टा पछि नियन्त्रणमा लिएको थियो…

Read More

साफ यु१५ महिला च्याम्पियनसिपमा नेपाल भुटान सँग पराजित

साफ यु१५ महिला च्याम्पियनसिपमा नेपाल भुटान सँग पराजित

साफ यु१५ महिला च्याम्पियनसिपमा नेपाल भुटान सँग पराजित भएको छ । तेस्रो स्थानको लागि भएको खेलमा भुटान द्वारा नेपाल पेनाल्टी सुट आउट मा ४-३ गोल ले पराजित भएको हो । चाम्लिङथाङ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा भुटान सफल हुदा नेपाल स्तब्ध बन्न पुग्यो ।  प्रतिस्पर्धात्मक खेलमा नेपालाई तेस्रो स्थान दिलाउन वैकल्पिक खेलाडी चन्द्रा भण्डारीले दुई गोल गरिन् । नेपाल खेलको दोस्रो मिनेटमा नै पछि परेको थियो । डेकी याङडनले गोल गर्दै भुटानलाई शुरुवाती अग्रता दिलाएका थिए…

Read More

बाढी प्रभावितलाई २ लाख राहत

बाढी प्रभावितलाई २ लाख राहत

केरलामा आएको बाढीमा प्रभावितलाई सरकारले दुई लाख राहत दिने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमनपछि यस्तो घोषणा गरेका हुन् ।  उनले बाढी पहिरोमा परी घाइते भएकालाई उपचारका लागि ५० हजार रुपैँया उपलब्ध गराउने पनि जानकारी दिए। उनीहरुलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषमार्फत् रकम उपलब्ध गराउने व्यवस्था गरिएको मोदीको भनाइ छ। प्रधानमन्त्री मोदीले केरलाका लागि पाँच सय करोड सहायता रकमको घोषणा यसअघि नै गरिसकेका छन्। केरलाका मुख्यमन्त्री पिनारायी भिजायनलगायतका उच्च पदस्थ व्यक्तिसँगको समीक्षा बैठकमा प्रधानमन्त्री मोदीले आफ्नोतर्फबाट सो सहायता रकम दिने घोषणा गरेका हुन्। केरलाका केही…

Read More

प्रदेश ७: पेचिलो बन्दै नाम र राजधानीको विषय

प्रदेश ७: पेचिलो बन्दै नाम र राजधानीको विषय

प्रद्श नम्बर ७ को नाम र राजधानीको विषय पेचिलो बन्दै गएको छ । राजधानी र नामको विषयमा टुङ्गो लगाउन बनेको विशेष समितिले पनि हालसम्म कुनै निष्क्रस निकाल्न सकेको छैन । गत साउन १४ गते सुझाव संकलन गरि प्रतिवेदन तयार गर्नका लागि गठन गरिएको समितिको दुई पटकसम्म म्याद थप्दा पनि टुङग्याउन नसकेपछि तेस्रो पटक थप गरिएको छ । ‘दोस्रो पटक थपिएको म्याद शनिबार सकिएको छ ।प्रदेश सचिवालयका अनुसार समितिले ५ दिनको म्याद मागेको भए पनि सभामुखले तीन थपेका छन् । प्रदेश सभा सचिवालयका अनुसार प्रदेशको नाम र राजधानीबारे राय सुझाव लिने…

Read More

अब बागमतीको पानी काठमाडौँवासीले पिउनु पर्ने

अब बागमतीको पानी काठमाडौँवासीले पिउनु पर्ने

अब देखि काठमाडौँवासीले बागमती नदीको पानी पिउनु पर्ने भएको छ ।शनिवारबाट  दैनिक थप ३ करोड लिटर पानी काठमाडौँमा वितरण थालिएको छ । सुन्दरीजलमा बनेको नयाँ प्रशोधन केन्द्रबाट बागमतीको पानी थपेर वितरण थालिएको हो ।सुन्दरजलस्थित प्रशोधन केन्द्रमार्फत थपिने पानी महाकालको सङ्कलन केन्द्रसम्म ल्याएर अन्यत्र वितरण गरिएको हो ।बागमतीको पानीलाई नयाँ ‘ट्रिटमेन्ट प्लान्ट’मा शुद्धीकरण गरिनेछ । दसैँसम्म मलेम्चीबाट १७ करोड लिटर पानी काठमाडौँ ल्याउने योजनामा साथ काम भइरहेको छ । काठमाडौँमा पानीको माग बढ्दै गएकाले सरकारले बागमतीको पानी वितरण लाइनमा थपेको हो ।यसले सर्वसाधारणलाई राहत पुग्ने दाबी खानेपानी तथा सरसफाइ मन्त्रालयको छ…

Read More