पाँचथरको फालेलुङमा २ वर्षे बालिकाको जलेर मृत्यु

पाँचथरको फालेलुङमा २ वर्षे बालिकाको जलेर मृत्यु

पाँचथरको फालेलुङ गाउँपालिका ५ मा जलेर एक बालिकाको बुधबार मृत्यु भएको छ । स्थानीय अभिनारायण राईको घरमा आगलागी हुँदा घरभित्र सुतिरहेकी २१ महिनाको उनकी छोरी सुमिनाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । छोरीलाई बचाउन खोज्दा आमा कमला गम्भीर घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

Read More

कमाण्ड सम्हालेको ६ महिनामै एसएसपी पोखरेलको सरुवा, काठमाडौंमा आए लामा

कमाण्ड सम्हालेको ६ महिनामै एसएसपी  पोखरेलको सरुवा,  काठमाडौंमा आए लामा

 गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)हरुको सरुवा गरेको छ। भदौ महिनाको सेवा सुविधा सरुवा भएको ठाउँबाट नै पाउने गरी बुधबार गरिएको सरुवामा काठमाडौ प्रहरी परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलको पनि परेका छन्। परिसरको कमाण्ड सम्हालेको ६ महिनामै उनलाई सरुवा गरिएको हो। पोखरेलको ठाउँमा एसएसपी बसन्त लामाको सरुवा भएको हो। एसएसपी पोखरेलले गत माघ २८ गतेदेखि काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए। ६ महिना परिसरका रहँदा नक्कली नोट कारोबारी, गुन्डा गर्दी नियन्त्रण गरेसँगै एसएसपी पोखरेलको चर्चा सुरु भएको थियो। एक वर्ष नभइ विनाकारण सरुवा गर्न नपाइने सामान्यतया नियम भएपनि गृह मन्त्रालयले पोखरेलको…

Read More

विप्लवसहितका नेताविरुद्ध पक्राउ पूर्जी, खोजी तीब्र

विप्लवसहितका नेताविरुद्ध पक्राउ पूर्जी, खोजी  तीब्र

जिल्ला प्रहरी कार्यालय कालिकोटले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका सात उच्च नेताविरुद्ध मुद्दा चलाएको छ । उनीहरुविरुद्ध संगठित अपराध तथा विस्फोटक पदार्थ ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको हो । कार्यालयले बुधबार जिल्ला अदालत कालिकोटमा उक्त मुद्दा दर्ता गरेको हो । मुद्दामा नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव, पोलिटब्युरो सदस्य भरतबहादुर बम रणवीर, पोलिटब्यूरो सदस्य तथा कर्णाली ब्यूरो ईन्चार्ज एटम बिसी, केन्द्रीय सदस्य धीरेन्द्र उपाध्याय भृकुटी, जिल्ला ईन्चार्ज लोकजंग शाही समर, महिला नेतृ शान्ति विक क्रान्ति रहेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्माले बिहीबार नेकपाले गरेको…

Read More

तीन दिनदेखि अवरुद्ध महाकाली राजमार्ग आजबाट सञ्चालनमा

तीन दिनदेखि अवरुद्ध महाकाली राजमार्ग आजबाट सञ्चालनमा

विगत तीन दिनदेखि अवरुद्ध महाकाली राजमार्ग आजबाट सञ्चालनमा आएको छ । लगातारको वर्षाले बैतडीको गोकुलेश्वर–दार्चुलासडकखण्ड अन्तर्गत मालिकार्जुन गाउँपालिका–३ तेर्छेलेकमा सडकमाथि बाट सोमबार बिहान ठूलो पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको थियो । बैतडीको पाटनबाट गएको स्काभेटरले पहिरो पन्छाएपछि आज दिउँसो साढे ३ बजेबाट राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिएका छन् । राजमार्ग सञ्चालनमा आएपछि विगत तीन दिनदेखि रोकिएका छोटो तथा लामो दूरीका सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

Read More

कर्मचारीलाई हाजिर गराउन उच्चअदालतको परमादेश

कर्मचारीलाई हाजिर गराउन उच्चअदालतको परमादेश

उच्चअदालत सुर्खेतले जिल्ला समन्वय समितिले खटाएका कर्मचारीलाई हाजिर गराउन वीरेन्द्रनगर नगरपालिकाका नाममा परमादेश जारी गरेको छ। जिससमा कार्यरत चार जना नायव सुब्बालाई जिल्ला कर्मचारी व्यवस्थापन समितिले बैशाख चार गते वीरेन्द्रनगर नगरपालिकामा खटाएको थियो। नगरपालिकाले हाजिर हुन नदिएपछि चारै जना कर्मचारीहरुले जेठ २९ गते परमादेश माग्दै उच्च अदालतमा रिट दायर गरेका थिए। बुधबार मुख्य न्यायाधीश हरिकुमार पोखरेल र न्यायाधीश नारायणप्रसाद श्रेष्ठको संयुक्त इजलासले जिल्ला कर्मचारी व्यवस्थापन समितिले खटाएका चारै जना कर्मचारीलाई हाजिर गराउन वीरेन्द्रनगर नगरपालिकाका नाममा परमादेश जारी गरेको हो। ‘स्थानीय तह प्रशासकीय संगठन तथा कर्मचारी व्यवस्थापन सम्वन्धी आदेश–२०७४ को १०…

Read More

नदीमा पुल नहुँदा स्थानीयलाई समस्या

नदीमा पुल नहुँदा स्थानीयलाई समस्या

अविरल वर्षासँगै नदीमा पानीको बहाव उच्च भएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका ३ खैरेनीमा कुहिरा र काँडा नदीका कारण स्थानीय यो समस्या वर्षौँदेखि भोग्दै आएका छन् । निमार्णाधिन सेती लोकमार्गमा पर्ने रानिकुन्टा नदीमा पुल नहुँदा यहाँका स्थानीयलाई आवतजावत गर्न कठिनाइ भएको हो । चुरे पहाडबाट बगेर आउने बाढीको पानीले कुहिरा र काँडा नदीमा पानीको बहाव उच्च भएपछि नदी तर्न गाह्रो भएको हो । स्थानीयले वर्र्षौैदेखि यो समस्या भोग्दै आएको भए पनि उक्त नदीमा पुल बनाउन कसैले चासो दिएका छैनन् । उक्त बाटो भएर दैनिक ओहोर दोहोर…

Read More

ज्यान मार्ने उद्योगका फरार तामाङ पक्राउ

ज्यान मार्ने उद्योगका फरार तामाङ पक्राउ

ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतको २०६६ चैत २५ गतेको फैसलाले ४ वर्ष ११ महिना ६ दिन कैद ठहर भई फरार रहेकी काठमाडौं बालाजु बस्ने नुवाकोट देउराली-९ घर भएकी ३८ वर्षीया शुसिला तामाङ पक्राउ परेकी हुन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले काठमाडौं बालाजुबाट पक्राउ गरेको हो । तामाङलाई प्रहरीले फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय जगनान्थदेवल महिला बन्दीगृह पठाइएको छ ।

Read More

सप्तरीमा चार महिनामा सातवटा बहुविवाहको उजुरी

सप्तरीमा चार महिनामा सातवटा बहुविवाहको उजुरी

अनिल पोखरेल , राजविराज सप्तरीमा चार महिनाको अवधिमा सातवटा बहुविवाहको उजुरी दर्ता भई कारबाही प्रकृयामा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चार महिनाको अवधिमा बहुविवाहको उजुरी दर्ता भएका ६ वटा मुद्दा अदालतमा बुझाई सकिएको र पछिल्लो एउटा मुद्दामा दुई जना आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए । बहुविवाहको आरोपमा साउन १८ गते गिरफ्तार भएका कञ्चनरुप नपा–१० घोघनपुरका २५ वर्षीय दुखी राम र २३ वर्षीया ममताकुमारी उराउविरूद्ध साउन २० गते उजुरी दर्ता भई अनुसन्धान भइरहेको छ । जनही ३५ हजार रुपियाँ धरौटी बुझाउन…

Read More

सप्तकोसीमा खतराको संकेत, बालियो रातो बत्ती

सप्तकोसीमा खतराको संकेत, बालियो रातो बत्ती

सप्तकोसी नदी हाम्पाचुवारमा पानीको बहाव बढेको छ । बहाव बढेपछि खतराको संकेतस्वरुप रातो बत्ती बालिएको छ । सप्तकोसी आसपासका क्षेत्रका स्थानीयको सुरक्षामा उच्च सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । सप्तकोसीमा बुधबार पानीको बहाव ह्वात्तै बढेको छ । सप्तकोसीमा पानीको बहाव बढेपछि स्थानिय प्रशासनले यस क्षेत्रका बासिन्धाको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको उद्धार टोली तयारी अवस्थामा राखेको छ ।

Read More

आफ्नै मिडिया चलाउँदै प्रदेश सरकार

आफ्नै मिडिया चलाउँदै प्रदेश सरकार

कर्णाली प्रदेश सरकारले आफ्नै सञ्चारमाध्यम सञ्चालनको तयारी गरेको छ । प्रदेश सरकारको सञ्चार हेर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले टेलिभिजन र रेडियो स्थापनाका लागि आवश्यक कानुन निर्माण गर्ने तयारी थालेको हो । चालू आवको बजेटमा प्रादेशिक सञ्चारमाध्यमको पूर्वाधार निर्माण एवं प्रवर्द्धनमा २ करोड, प्रादेशिक टेलिभिजन र रेडियो स्थापनाका लागि ८ करोड बजेट विनियोजन गरिएको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले संघीय सरकारकै अभ्यासअनुरुप प्रदेश सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न सञ्चारमाध्यम खोल्न लागेको बताए। हाल सञ्चालित निजीरसामुदायिक सञ्चारमाध्यमहरुसँग सहकार्य जारी राख्ने उनको भनाइ छ। मन्त्री भण्डारीले पहिलो चरणमा टेलिभिजन र…

Read More