डाक्टरका कारण सुत्केरीको मृत्यु भएको भन्दै बिराट मेडिकल कलेजमा तोडफोड

डाक्टरका कारण सुत्केरीको मृत्यु भएको भन्दै बिराट मेडिकल कलेजमा तोडफोड

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले गरेको प्रदर्शनका कारण विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल तनावग्रस्त बनेको छ । मृतकका परिवारले उपचारमा संलग्न चिकित्सकलाई सार्वजनिक गरेर कारबाही गर्नुपर्ने माग गर्दै प्रर्दशन गरेपछि अस्पताल तनावग्रस्त भएको हो । शल्यक्रियाबाट अस्ती मंगलबार सुत्केरी भएकी सुनसरीको इटहरी १३ खनारकी २५ बर्षीया सगिरसा खातुनको आज मृत्यु भएको हो । मृतकका आफन्तले भने ८ महिनाकी गर्भवती खातुनको नियमित जाँचका क्रममा आउदा रक्तचाप उच्च भएको भन्दै अस्पताल प्रशासनले भर्ना गराएको र ८ महिनाकै अवस्थामा बच्चा निकालेर सुत्केरीलाई मृत्युको अवस्थासम्म पुर्‍याएको आरोप लगाएका छन् ।…

Read More

नेकपा तर्फका प्रतिनिधी र प्रदेश सभा सदस्य जिल्ला अध्यक्ष र सचिव बन्न नपाउने

नेकपा तर्फका प्रतिनिधी र प्रदेश सभा सदस्य जिल्ला अध्यक्ष र सचिव बन्न नपाउने

नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले संघ, प्रदेश र स्थानीय तहको नेतृत्व गर्नेहरुलाई पार्टी मातहतका महत्वपूर्ण संठन वा विभागको मूख्य पद नदिने भएको छ । पार्टी सचिवालयको बैठकले संघीय संसद र प्रादेश सभाका सदस्यहरुलाई जिल्ला पार्टी वा त्यो भन्दा तलको कुनै पनि कमिटीको अध्यक्ष र सचिवको जिम्मेवारी नदिने निर्णय गरेको छ । यस्तै, सचिवालयले सांगठनिक एकीकरण सहज बनाउन भन्दै संघीय मन्त्री र प्रदेशका मन्त्रीहरु, प्रादेशीक दल नेता र उपनेता, संघीय र प्रदेश सभाका प्रमुख सचेतक, मूख्य सचेतक वा सचेतक, संसदीय समितिका सभापतिहरु र महानगरपालिकासहित नगरपालिकाका मेयर, उपमेयरहरु, जिल्ला समन्वय समितिका…

Read More

तादी खोलामा पौडी खेल्दा एक युवक वेपत्ता

तादी खोलामा पौडी खेल्दा एक युवक वेपत्ता

नुवाकोटकोे तादी खोलामा पौडी खेल्दा सोमबार एक युवक वेपत्ता भएका छन् । स्थानीय बासिन्दा र प्रहरीले उनको खोजी गरिरहेका छन् । चारघरे गाविस–६ घर भएका कृष्णबहादुर तामाङलाई सोमबार दिउँसो पौडी खेल्ने क्रममा खानीगाउँ गाविस–४ मा तादी खोलाले बगाएको प्रहरीले जनाएको छ । वर्षातले नदीमा पानीको वहाव बढी भएका कारण खोजीमा समस्या भएको छ ।

Read More

सन्नी लियोनीको कामुक तस्बिरका कारण खेति सप्रिएको भन्दै किसान हर्षित

सन्नी लियोनीको कामुक तस्बिरका कारण खेति सप्रिएको भन्दै किसान हर्षित

मान्छेका के कुरा सन्नी लियोनी भनेकी भगवानले दिएकी यस्ती जादूमयी महिला हुन् जसलाई देखेपछि पशु र पंक्षी पनि लठ्ठ पर्छन् होला । उनको रुपदेखि मानिस अवाक् छन् । उनको अनुहारमा जादू छ । शरीरमा त्यो वासना छ जुन वासनासंग भगवान ईन्द्र पनि काबुमा आउँथे होला । तर भारतको आन्ध्रप्रदेशको निलोरे जिल्लाको कुरा बेग्लै छ । त्यहाँ त सन्नी नियोनीको पोष्टर राखेरै एक किसानले बाली जोगाउन सफल भएका छन् । बन्दा किन्नी पिल्ले गाउँका ४५ वर्षे छेन्चु रेड्डीले लगाएको काउली र बन्दा लगायतका तरकारी उनका छिमेकीहरुले देखेर हैरान पारे । उनीमाथि…

Read More

२४ औं विश्व आदिवासी दिवस कटारीमा यसरी मनाईयो, (फोटो फिचर सहित)

२४ औं विश्व आदिवासी दिवस कटारीमा यसरी मनाईयो, (फोटो फिचर सहित)

अभिमन्यु लामीछाने, उदयपुर २४ औं विश्व आदिवासी दिवस उदयपुरको कटारीमा आज धुमधामका साथ मनाईएको छ। प्रमुख अतिथि उदयपुरका सांसद सुरेश कुमार विशेष अतिथि प्रदेश सभा सांसद कला घले र अतिथि कटारी नगर उप-प्रमुख भीम कुमारी राउतको उपस्थितमा भएको उक्त दिवशको अवसरमा विभिन्न जातजातिको झाँकी समेतले नगर परिक्रमा गरेको थियो । हेर्नुहोस फोटो फिचर सहित :

Read More

धनी बन्ने ५ उपाय, जसले तपाई धेरै पैसा जोगाउन सक्नुहुनेछ

धनी बन्ने ५ उपाय, जसले तपाई धेरै पैसा जोगाउन सक्नुहुनेछ

मानिसहरू आजभोली दैनिक पैसाको दौडमा दौडिन्छन् । थोरै सफल हुन्छन् भने अधिकांश निराशा बाहेक अरू केही भेट्दैनन् । पैसा कमाउन विभिन्न उपाय अवलम्बन गर्छन्, कतिपयले कमाउँछन् पनि । जति कमाएपनि पैसा जोगाउने र बचत गर्ने अर्थात् खर्चमा नियन्त्रण गर्न नसक्दा निराश मात्रै होइन ठुलै तनावको सिकार हुन्छन् । तर महिनामा खर्चमात्रै बचाउन सक्यो भने पनि लाखौँ रुपैयाँ जोगाउन सकिन्छ । महिनामा एक दिन मात्र आफ्नो जीवनशैलीमा केही परिवर्तन गर्नाले तपाईँ लाखौँ रकम जम्मा गर्न सक्नु हुनेछ । भविष्यको आवश्यकतालाई ध्यानमा राखेर मानिस सानोतिनो बचत त गरी नै रहेको हुन्छ ।…

Read More

तामाकोशीको शेयर आवेदनका लागि म्याद थप

तामाकोशीको शेयर आवेदनका लागि म्याद थप

काठमाडौं – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयर आवेदनका लागि एक साताको म्याद थप भएको छ। राजधानीमा बस्दै आएका दोलखाका बासिन्दाका लागि शुक्रबारसम्मको समयावधि भए पनि एक साताको म्याद थप गरिएको हो। थप गरिएको अवधिअनुसार आगामी भदौ १ गतेसम्म राजधानीमा शेयर आवेदन दिन सकिनेछ। यही साउन १६ गतेदेखि २५ गतेसम्म राजधानीमा आवेदन दिन पाउने अवधि भए पनि आवेदकको भीड बढेकाले एक साताको समयावधि थप गरिएको आयोजनाले जनाएको छ। नेपाल धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरीले विहिवार एक साता समय थप गरिएको जानकारी दिए। “स्थानीय बासिन्दा, आयोजना र बिक्री प्रबन्धकको बोर्डले एक साताको…

Read More

पत्नीपीडित संघको कार्यलय ,जहाँ उजुरी लिएर आउनेले खिचँडी खाएर जान पाउँछ

पत्नीपीडित संघको कार्यलय ,जहाँ उजुरी लिएर आउनेले खिचँडी खाएर जान पाउँछ

बाल आश्रम, बृद्द आश्रम, बेसहाराहरुका लागि सहारा आश्रम, लोग्नेबाट हुने हिंसा वा अन्यखाले हिंसापीडित महिलाका लागि आश्रय गृह लगायतका आश्रम बनेको कुरा त सधैँ सुन्दै आइरहेको कुरा हो । तर भारतमा चाहिँ पत्नीपीडित पुरुषका लागि आश्रम बनेको छ । यो अनौठो आश्रम महाराष्ट्रको औरंगाबादबाट १२ किलोमिटर टाढा शिरडी मुम्बइ हाइवे छेउमा यो आश्रम रहेको छ । उक्त आश्रममा धेरै पत्नीपीडित पुरुषहरु बस्ने गरेका छन् । जहाँ पत्नीपीडितका लागि आवश्यक सल्लाह, कानूनी लडाइँ लड्नका लागि सहयोग पनि उपलब्ध गराइन्छ । यो आश्रमभित्र थर्मोकोलबाट एउटा ठूलो आकारको कागको आकृति बनाइएको छ ।…

Read More

महानगरको बजेट खेलाउन नपाए आन्दोलन गर्छु : उपमेयर खड्गी

महानगरको बजेट खेलाउन नपाए आन्दोलन गर्छु : उपमेयर खड्गी

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले उपमेयरलाई अधिकार नदिइएको भन्दै देशैभरिका उपप्रमुखहरुलाई समेटेर आन्दोलन गर्ने चेतावनी दिएकी छन् । बिहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षतकारमा उनले अधिकार प्राप्तीका लागिथ आफ्नो नेतृत्वमा संघर्ष समिति बनाउने पनि बताइन् । ‘मलाईमात्रै होइन, देशैभरिका उपप्रमुखहरुलाई अधिकारविहीन बनाइएको छ । अब अधिकार प्राप्तिको लागि मेरो नेतृत्वमा संघर्ष समिति बनाउँछु ।’ उनले अधिकारविहीन उपप्रमुख राख्नुभन्दा खारेज गर्न उत्तम हुने सुझाव दिइन् । ‘अहिले देशभैरि उपप्रमुख अधिकांश महिला साथीहरु हुनुहुन्छ । उहाँहरुले पनि मैलेजस्तै अधिकार पाउनुभएको छैन । अधिकार नपाए यो पद नै खारेज गरे हुन्छ’ उपमेयर…

Read More

राजनीतिक दलले देश खत्तम पारेको भन्दै चुनाव जितेका जनप्रतिनिधी खाडी पसे

राजनीतिक दलले देश खत्तम पारेको भन्दै चुनाव जितेका जनप्रतिनिधी खाडी पसे

स्थानीय तहको चुनाव जितेका जनप्रतिनिधी, बैदेशिक रोजगारीमा मतदातालाई पत्तो छैन । प्युठानको स्वर्गद्धारी नगरपालिकाका वार्ड सदस्य दैनिक गर्जो टार्न मुस्किल भएपछि शुटुक्क रोजगारीका लागी खाडी पुगेका छन । राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार भई भारी मतले चुनाव जितेका नारायण पुनमगर चुनावको ऋण तिर्न कठिन भएपछि कुवेत गएका हुन्। निम्न आर्थिक हैसियतका पुन चुनावका बेला थप ऋण लागेपछि घरव्यवहारमा थप समस्या भएपछि बिदेश गएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । वडा सदस्य पुन गएको बैशाखमा कुवेत पुगेपछि उनका मतदाता र वडा अध्यक्षले जानकारी पाएका थिए । राजनीतिक दलका नेताले देश बर्बाद पारेको भन्दै…

Read More