करीब साढे दुई हजार कर्मचारी कारबाहीका लागि सिफारिश

करीब साढे दुई हजार कर्मचारी कारबाहीका लागि सिफारिश

राष्ट्रिय सर्तकता केन्द्रले गत आवमा दुई हजार ३३१ कर्मचारीलाई छड्के अनुगमनका क्रममा कारबाहीको लागि सिफारिश गरेको छ । केन्द्रले कार्यालय समयमा नआउने र पोशाक नलगाउने ती कर्मचारीलाई कारबाहीका लागि सिफारिश गरेको केन्द्रका सूचना अधिकारी डोलनाथ अर्यालले जानकारी दिए । केन्द्रले सम्बन्धित कार्यालय प्रमुखलाई ती कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको छ । “हामीले छड्के अनुगमनका क्रममा कार्यालयको नियम पालना नगर्ने कर्मचारीलाई कारबाहीको लागि सिफारिश गरेका छौँ”–उनले भने, “हामीले गरेको सिफारिशअनुसार कार्यालय प्रमुखले कारबाही गर्नेछ ।” उहाँका अनुसार नसिहत दिने, सचेत गराउने जस्ता कारबाही गर्न सिफारिश गरिएको छ । केन्द्रले ४९ जिल्लाका…

Read More

सरकार र केसी पक्ष वार्ता सकारात्मक, बुधबार फेरि वार्ता

सरकार र केसी पक्ष वार्ता सकारात्मक, बुधबार फेरि वार्ता

 २५ दिनदेखि अनसनरत डा. गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीको वार्ता सकारात्मक बनेको छ । मंगलबार साँझ सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीचको वार्तामा सकारात्मक छलफल भएको हो । डा. केसीका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको छलफलमा दुवै पक्षबीच समझदारी हुने क्रम रहेकाले वार्ता सकारात्मक देखिएको हो । मंगलबारको वार्ता पुनः बुधबार वार्ता बस्नेगरी सकिएको छ । बाँकी बिषयमा बुधबार समझदारी हुने सरकारीवार्ता टोली र केसी पक्षले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै जानकारी गराएका छन् । सरकारी वार्ताटोलीका संयोजक खगराज बराल र केसीका प्रतिनिधिका संयोजक डा. अभिषेकराज…

Read More

भक्तबहादुर सुनारको सिरियल किलर सिंहले हत्या गरेको खुलासा

भक्तबहादुर सुनारको सिरियल किलर सिंहले हत्या गरेको खुलासा

नख्खु कारागार ललितपुरमा कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका भक्तबहादुर सुनारलाई वनस्पतिजन्य विषको प्रयोग गराई अभिषेकराज सिंहलगायतले हत्या गरेको अभियोग लागेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दिएको जानकारीअनुसार बर्दिया सावक ठाकुरद्वारा गाविस–५ का ३२ वर्षीय सुनारलाई सोही कारागारमा कैद भुक्तान गरिरहेका सिंहलगायतको समूहले बनस्पतिजन्य पदार्थको विष तयार गरी खाना समेतमा प्रयोग गरी हत्या गरी योजनाबद्ध ढंगले जेल प्रशासनलाई फसाउने लक्ष्य राखेको खुलासा भएको जनाएको हो। सिंहलगायतले उक्त घटना घटाएर आन्तरिक प्रशासन तथा तत्कालीन चौकिदारलाई दोषी साबित गराई आन्तरिक प्रशासनमा आफ्नो वर्चश्व स्थापित गर्नाका साथै चौकिदारको पद…

Read More

पोखरामा जमिन भासिदा दुई घर भत्किए

पोखरामा  जमिन भासिदा दुई घर भत्किए

पोखराको पुरानो बजार मोहरिया टोलमा रहेको दुईवटा पुराना भवन भत्किएको छ। मंगलबार दिउँसो परेको मुसलधारे पानीले जमिन भासिएपछि पुरानो घर भत्किएको हो। घरहरु पूर्णरुपमा क्षति भएको छ। स्थानीय बासिन्दाका अनुसार पानीले जमिन भासिएपछि हाम्रो संगम पार्क नजिकै गुठेबाली मार्ग र अधिकारी टोल जाने बाटो तर्फ जमिन भासिएको हो। जमिन भासिदाँ माटोको जोडाई भएको पुरानो दुईवटा घर पूर्ण रुपमा भत्किएर क्षतिग्रस्त भएका हुन् । त्यो घर राजेन्द्र नाउँको र अर्को सन्तकुमार साईको ढुंगा र माटोले बनेको टिनले छाएको दुई तले कच्ची घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको…

Read More

धामीको हत्या आरोपमा २४ भन्दा बढि पक्राउ

धामीको हत्या आरोपमा २४ भन्दा बढि पक्राउ

गत शनिवार गाउँलेको कुटाइबाट हत्या गरिएको भनिएको घटना रहस्यमय बन्दै गएको छ । सदरमुकाम धादिङबेसीबाट २ दिनको पैदल दुरीमा रहेको गंगा–जमुना गाउँपालिका–२ को लताव गाउँमा शनिवार २ स्थानीय धामी ६५ वर्षीय साइँला तामाङ र ५५ वर्षीय नरुङ्ग तामाङको स्थानीयबासीको कुटाइबाट मृत्यु भएको थियो । गाउँलेको सामुहिक कुटाइपछि ज्यान गुमाएका भनिएका २ धामीको शव तत्कालै जलाएपछि मात्रै घटना बाहिर आएको हो । शनिवार दिउँसो घटना भए पनि साँझतिर पीडित परिवारले दार्खास्थित प्रहरी चौकीमा खबर गरेपछि मात्रै हत्या प्रकरण बाहिर आएको थियो । घटनाको खबर पाएपछि दार्खा प्रहरी चौकीबाट प्रहरी खटिएको थियो…

Read More

एकैदिन सिन्धुपाल्चोक र धादिङमा भूकम्पकाे धक्का

एकैदिन सिन्धुपाल्चोक र धादिङमा भूकम्पकाे धक्का

सिन्धुपाल्चोकको इचोक क्षेत्र आसपास केन्द्रविन्दु भएर मंगलबार गोरखा भूकम्पको परकम्प गएको छ। साँझ ५ बजेर ४४ मिनेट जाँदा ४.३ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो। यसअघि मंगलबार बिहान धादिङको गजुरी आसपास केन्द्रविन्दु बनाई ४.८ म्याग्निच्यूडको परकम्प गएको थियो। केन्द्रका विवरणअनुसार गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको परकम्प गएको थियो। त्यस्तै, गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रविन्दु भई पाँच म्याग्निच्यूडको परकम्प गएको थियो। २०७२ सालको गोरखा भूकम्पपछि हालसम्म चार म्याग्निच्यूड माथिका ५०६ पटक परकम्प गएका छन्।

Read More

भावी प्रधान न्यायाधीश जोशीले सुम्पिए २ अर्बको सार्वजनिक जग्गा व्यक्तिलाई

भावी प्रधान न्यायाधीश जोशीले सुम्पिए २ अर्बको सार्वजनिक जग्गा व्यक्तिलाई

भावी प्रधान न्यायाधीश दीपकराज जोशी समेतको इजलासले रु.२ अर्ब पर्ने काठमाडौं हाँडीगाउँको ३६ रोपनी ६ आना सार्वजनिक जग्गा ओखलढुङ्गाका रामप्रसाद भट्टराईका नाममा दर्ता गर्न आदेश दिएको खुलासा । प्रधान न्यायाधीश हुन ठिक्क परेका सर्वोच्च अदालतका कायममुकायम प्रधान न्यायाधीश दीपकराज जोशी र जोशीपछिको वरियतामा रहेका सर्वोच्चकै वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले काठमाडौंको हाँडीगाउँमा रहेको करीब रु.२ अर्ब पर्ने ३६ रोपनी ६ आना सार्वजनिक जग्गा नक्कली मोहीका नाममा दर्ता गर्न आदेश दिएको फेला परेको छ । भर्खरै मात्र यो आदेशबारे थाहा पाएका हाँडीगाउँका स्थानीय बासिन्दा सरकार र संसद गुहार्ने तयारीमा छन्…

Read More

यस्तो आपत्तिजनक टिप्पणीले गयो कानुन मन्त्री तामाङको पद

यस्तो आपत्तिजनक टिप्पणीले गयो कानुन मन्त्री तामाङको पद

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन्। बंगलादेशमा पढ्ने नेपाली विद्यार्थीहरूबारे आपत्तिजनक अभिव्यक्तिका कारण आलोचित भएका मन्त्री तामाङलाई सोमबार बेलुका बसेको नेकपा सचिवालय बैठकले पद त्याग्न निर्देशन दिएको थियो। सचिवालय बैठकको निर्देशनअनुसार तामाङले दिउसो २ बजे पत्रकार सम्मेलन गरी पद त्याग्का छन्। यद्यपि यसबारे आधिकारिक प्रतिक्रिया दिन भने नेताहरूले मानेनन्। मन्त्री तामाङले बंलादेशमा डाक्टर पढ्न गएका नेपाली युवतीहरुबारे आफूले गरेको विवादास्पद टिप्पणीप्रति माफी मागिसकेका छन्।

Read More

ट्रान्समिटर  विस्फोट हुँदा ५ जना घाइते

ट्रान्समिटर  विस्फोट हुँदा  ५ जना घाइते

राजु रिजाल, पर्वत  । पर्वतको मोदीगाउँपालिका–६ बाजुङमा ट्रान्समिटर  विस्फोट हुँदा करेन्ट लागेर ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठका अनुसार आज दिउँसो १२ बजे तिर हाइभोल्टेज आएर ट्रान्समिटर विस्फोट हुँदा स्थानीय ५ जनाको घाइते भएका हुन् । घाइतेहरूको मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । विस्फोट हुँदा देउपुरका ५ घरमा समेत क्षति भएको । क्षतिको विवरण आउन बाँकी छ ।

Read More

सुरु भयो सरकार र डा.गोविन्द केसी पक्षबीच वार्ता

सुरु भयो सरकार र डा.गोविन्द केसी पक्षबीच वार्ता

अनसनरत डा.गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधारको मागलाई लिएर अहिले सरकारी वार्ता टोली र केसी पक्षबीच वार्ता सुरु भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको हो । डा. केसी पक्षले उठाएका मागलाई सम्बोधन गर्ने विषयमा अहिले दुई पक्षबीच गम्भीर छलफल भैरहेको छ । सरकारी पक्ष र डा.केसी पक्षधर बीच भएको यो तेश्रो चरणको वार्ता हो । वार्ताका लागि सरकारका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेवाङले पहल गरेका थिए । डा. केसी पक्ष चिकित्सा शिक्षा विद्येयक फिर्ता हुनुपर्ने अडानबाट केही लचिलो भएपछि वार्ताको वातावरण बनेको थियो । उक्त…

Read More