मलेसियाको न्यूनतम पारिश्रमिक मासिक १५ सय रिंगिट प्रस्ताव

मलेसियाको न्यूनतम पारिश्रमिक मासिक १५ सय रिंगिट प्रस्ताव

क्वालालम्पुर मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण स्वदेशी र विदेशी कामदारहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी गरेको छ । उसले कामदारहरूको पारिश्रमिक वृद्धिसम्बन्धी ‘नीतिगत प्रस्ताव’ छिट्टै नै छलफलका लागि संसदमा लग्ने भएको छ । मानव संशाधनमन्त्री एम कुलासेगरनले निजी क्षेत्रका सम्पूर्ण कामदारको मासिक न्यूनतम पारिश्रमिक १५ सय रिंगिट पुर्‍याउनेबारे प्रस्ताव छिट्टै संसदमा लगिने बताएका छन् । गत मे ९ को आमनिर्वाचन हुनु अगावै ‘पकातान हारापन’ गठबन्धनले नयाँ सरकार गठन भएपछि साबिकको पारिश्रमिकमा वृद्धि गरी मासिक पारिश्रमिक १५ सय रिंगिट पुर्‍याइने चुनावी प्रतिबद्धतापत्रमा उल्लेख गरेको थियो ।   हाल कामदारको न्यूनतम पारिश्रमिक प्रायद्वीप क्षेत्रमा (पेनिन्सुलार मलेसिया)…

Read More

पत्रकार सम्मेलन गर्दै डा. केसीले भने, अपहरण शैलीमा काठमाडौं ल्याइयो

पत्रकार सम्मेलन गर्दै डा. केसीले भने, अपहरण शैलीमा काठमाडौं ल्याइयो

जुम्लामा २० दिन अनसन बसेपछि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएका प्रा.डा. गोविन्द केसीले शिक्षण अस्पतालमा पुगेपछि पत्रकार सम्मेलन गरेका छन्। पत्रकार सम्मेलनमा केसीले प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारले क्रुरतापूर्वक आफ्नो इच्छा विपरित अपहरणको शैलीमा जुम्लाबाट काठमाडौं ल्याएको आरोप लगाएका छन्। ‘चिकित्सा शिक्षा सुधारको माग गर्दै म जुम्लामा २० दिनदेखि अनसन सहितको सत्याग्रह गरिरहेको सबैलाई विदितै छ। त्यसै क्रममा खड्ग प्रसाद ओलीको नेतृत्वको वर्तमान सरकारले अमानवीयरूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छा विपरीत अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौँ ल्याएको छ’, केसीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ,…

Read More

दोस्रो विवाहको नाटक गरी अमेरिका लान खोज्दा…

दोस्रो विवाहको नाटक गरी अमेरिका लान खोज्दा…

 रौतहटको गुजरा नगरपालिका–५ का स्थानीय रामकुमार गुप्ताले दोस्रो विवाहको नाटक गरी एक युवतीलाई अमेरिका लैजान लागेको खुलासा भएको छ । रिपोर्टर्स क्लब नेपालमा रामकुमार गुुप्ताकी पहिलो श्रीमती रुपरेखा गुप्ताका आफ्न्तले बिहीबार पत्रकार सम्मेलन गरेर अमेरिका लैजान तयार भएका रामकुमार र मधु साहलाई कारबाही गर्न माग गरेका छन् । रुपरेखाकी फुपू नाता लाग्ने रञ्जु साहले दोस्रो बिवाहको बारेमा संविधान कडा भएपनि व्यबहारिक रुपमा महिलाहरुले अत्याचार खेपिरहनुपरेको बताइन् । ‘मेरो भदैनी रुपरेखाको श्रीमान पाँच वर्षदेखि अमेरिकामा बस्दै आउनुभएको छ, पछिल्लो समयमा उहाँले रौतहटकै अर्की मधु साह गुप्ता नाम गरेकी केटीलाई नागरिकता दिएर…

Read More

आवश्यकता र औँचित्यका आधारमा संविधान संशोधन हुन्छः प्रधानमन्त्री

आवश्यकता र औँचित्यका आधारमा संविधान संशोधन हुन्छः प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशील दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संशोधन गर्न सकिने स्पष्ट पारेका छन्। प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत दिएका प्रतिनिधिसभा सांसद,राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिने क्रममा बुधबार प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। ‘संविधान समयको माग अनुसार संसोधन हुन्छ’ प्रधानमन्त्री ओलीले भने ‘तर देशलाई नोक्सानी हुने गरी,अखण्डतामा असर पर्नेगरी संशोधन हुँदैन। देशलाई थप मजबुद तर एकताबद्ध पार्नका लागि संशोधन हुन्छ।’ प्रधानमन्त्री ओलीले सरकालाई आतंककारी क्रियाकलाप मान्य नहुने बताएका छन्। अप्राकृतिक र असामाजिक तत्वहरुले यस किसिमका क्रियाकलापबाट फाइदा लिन्छु भनेर…

Read More

पानामाका प्रशिक्षकले मंगलबार राजीनामा दिने

पानामाका प्रशिक्षकले मंगलबार राजीनामा दिने

पानामालाई इतिहासमै पहिलो पटक विश्वकपसम्म डोर्याएका प्रशिक्षक हर्नान डारियो गोमेजले मंगलबार टिमबाट राजीनामा दिने बताएका छन्। ‘मेरा लागि अब आफ्नो मुटु राखेको ठाउँबाट पाइला सार्नुपर्ने कठिन बेला आएको छ,’ बोलिलोको उपनामबाट परिचित कोलम्बियाली प्रशिक्षक गोमेजले पानामा फुटबल संघको बुलेटिनमा लेखेका छन्। पानामाका सञ्चारमाध्यमका अनुसार गोमेजले रूस विश्वकपलाई छनोट हुन असफल भएको इक्वेडरको टोली सम्हाल्ने पक्का भइसकेको छ । १० टोली सम्मिलित विश्वकप छनोट प्रतियोगितामा आठौं स्थानमा सीमित भएपछि इक्वेडरले रूसको टिकट काट्न सकेको थिएन। १९९९ देखि २००४ सम्म इक्वेडरको प्रशिक्षक रहेका गोमेजले २००२ मा टिमलाई विश्वकप पुर्याएका थिए । त्यसको…

Read More

भक्तपुरमा स्कूल बस दुर्घटना, ५८ जना विद्यार्थी घाइते

भक्तपुरमा स्कूल बस दुर्घटना,  ५८ जना  विद्यार्थी घाइते

भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका १ स्थित दुवाकोटमा आज दिउँसो सवा चार बजे स्कूल बस दुर्घटनाहुँदा ५८ जना बालबालिकाहरु र एक जना सहचालक गरी ५९ घाइते भएका छन्। काठमाडौको मूलपानी स्थित कृश्चियन कम्यूनीटि स्कूलको बा. १ क ९२५० नम्बरको स्कूल बस दुर्घटना हुनासाथ सशस्त्र प्रहरीले तत्कालै उद्वार गरेको थियो। स्कूल छुट्टीभई विद्यार्थीहरुलाई लिएर नेपाल इन्जिनियरीङ कलेज चागुनारायणतर्फ जाँदै गरेको अवस्थामा साघुरो बाटोमा दायाँतर्फ रहेको खाल्डो छलाउन खोज्दा बाटो भासिएर सो दुर्घटना भएको बताइएको छ। सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल गुहेश्वरी गण दुवाकोटबाट सशस्त्र प्रहरी निरीक्षक हरेराम शर्माको कमाण्डमा…

Read More

कांग्रेसलाई ओली भन्छन: कसैलाई मन नपरेको मान्छे प्रधानमन्त्री भयो भन्दैमा आन्दोलन गर्नुको अर्थ छैन

कांग्रेसलाई ओली भन्छन: कसैलाई मन नपरेको मान्छे प्रधानमन्त्री भयो भन्दैमा आन्दोलन गर्नुको अर्थ छैन

प्रधानमन्त्री केपीशर्मा ओलीले केही राजनीतिकदल आफ्नो दुनो सोझ्याउन डा.गोविन्द केसीको जीवनसँग खेलवाड गरिरहेको बताएका छन्। पोखरा विश्वविद्यालयको १९ औं साधारणसभालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर रहेको भन्दै यस्तो बताएका हुन्। डा. केसीको स्वास्थ्य कमजोर भएको जानकारी पाएपछि सरकारले चिकित्सकको टोली पठाँउदा केसीको छेउमा पुग्न अवरोध गर्नु नाजायज काम भएको उनले बताए। एउटा जमताले जे भन्यो त्यो सरकारले पत्याइदिनु जायज नभएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘गोविन्द केसी आफ्नो खुशीमा चलिरहनु भएको छ कि पराधिन हुनुहुन्छ ? बुझ्न सकिएन।’ प्रधानमन्त्रीओलीले केही राजनीतिक दलले गोविन्द केसीको अनसनलाई देखाएर…

Read More

टिचिङमा आइसियु नभएको भवनमा राखियो डा. केसीलार्इ

टिचिङमा आइसियु नभएको भवनमा  राखियो डा. केसीलार्इ

डा. गाेविन्द केसीलार्इ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएकाे छ। जुम्लामा २० दिनदेखि अनशनरत डा. केसीलार्इ विहीबार साँझ सेनाकाे हेलिकप्टरबाट काठमाडाैं ल्याइएकाे थियाे। सेनाको हेलिकप्टर टुँडिखेलमा अवतरण गरी डा केसीलाई सेनाकै एम्बुलेन्समा हालेर वीर अस्पताल लगिएको छ। केही बेर राेकेपछि वीरबाट सेनाकै एम्बुलेन्समा शिक्षण अस्पताल लगिएकाे हाे। टिचिङ अस्पतालमा डा केसीलार्इ गणेशमान सिंह भवनमा राखिएकाे छ। याे भवनमा अाइसियु नरहेकाे चिकित्सकले बताएका छन्। यसअघि अाइसियुकाे एक र दुर्इ नम्बरमा केसीलार्इ राख्ने भनिएकाे थियाे। अस्पतालले त्यही अनुसार तयारी समेत गरेकाे थियाे।

Read More

गोविन्द केसीलाई काठमाडौं ल्याइयो, वीर अस्पतालमा लैजाने तयारी

गोविन्द केसीलाई काठमाडौं ल्याइयो, वीर अस्पतालमा लैजाने तयारी

प्राध्यापक डाक्टर गोविन्द केसीलाई जुम्लाबाट लिएर आएको नेपाली सेनाको हेलिकोप्टर टुँडिखेलमा अवतरण गरेको छ । केसीलाई लिएर आएको सेनाको हेलिकोप्टर टुँडिखेलमा अवतरण गरेपछि अब उनलाई उपचारका लागि वीर अस्पतालमा लगिने भएको छ ।

Read More

राष्ट्र बैङ्कद्वारा १४ सहकारी संस्थालाई वित्तीय कारोबारमा अङ्कुश

राष्ट्र बैङ्कद्वारा १४ सहकारी संस्थालाई वित्तीय कारोबारमा अङ्कुश

नेपाल राष्ट्र बैङ्कले आठ जिल्लाका १४ सहकारी संस्थालाई वित्तीय कारोबार गर्न अङ्कुश लगाएको छ । यसअघि उक्त सहकारी संस्थालाई सीमित बैङ्किङ कारोबार गर्न अनुमति प्रदान गरेको थियो । काठमाडौंका चार, काभ्रेपलाञ्चोक दुई, कैलाली दुई, सर्लाही एक, बाँके दुई, स्याङ्जा एक, मोरङ एक र नवलपरासीको एक सहकारी संस्थाले साउन १ गतेबाट बैङ्किङ कारोबार गर्न नपाउने भएका हुन् । राष्ट्र बैङ्कले जारी गरेको सूचनामा काठमाडौंका सगुन सहकारी संस्था क्षेत्रपाटी, नेपाल सहकारी वित्तीय संस्था नयाँ बानेश्वर, महिला सहकारी संस्था कुलेश्वर, हिमालय सहकारी संस्था पुरानो बानेश्वर रहेको छ । त्यसैगरी काभ्रेको बिन्दवासिनी बचत तथा…

Read More