बागलुङ गलकोटमा जिप दुर्घटना ४ घाइते

बागलुङ गलकोटमा जिप दुर्घटना ४ घाइते

राजेशचन्द्र राजभण्डारी , बागलुङ बाग्लुङ्गको गल्कोटमा नम्बरको जिप दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन् ।बागलुङ सदरमुकाम देखि बुर्तिबाङ जादैँ गरेको ध १ ज १४९ को जीप  भालुपाईलेमा दुर्घटनामा हुदाँ नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव उजिर मगर सहित ४ जना यात्रु गम्भीर घाइते भएको गल्कोट प्रहरीले जनाएको छ । जीपमा १४ यात्रु सवार थिए । घाइतेहरूलाई तत्काल स्थानीय बासिन्दा र प्रहरीको सहयोग उद्दार गरि गलकोटको आरोग्य हस्पिटलमा सामान्य उपचार पछि थप उपचारको लागि पोखरा रिफर गरेको प्रहरीले जनाएको छ । मगर खतरा मुक्त रहेको अस्पताल स्रोतले जनाएको छ । जीप…

Read More

डुंगा दुर्घटनामा १६ को मृत्यु

डुंगा दुर्घटनामा १६ को मृत्यु

शरणार्थीहरू चढेको डुंगा दुर्घटना हुँदा बुधबार साइप्रसमा १९ जनाको मृत्यु भएको छ । साइप्रसको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी अरू ३० यात्रु बेपत्ता भएको स्थानीय सुरक्षा अधिकारीहरूले जनाएका छन् । उक्त डुंगामा झण्डै १ सय ५० यात्रु सवार थिए । तीमध्ये झण्डै एक सय जनालाई उद्धार गरिसकिएको छ । गम्भीर घाइते भएकालाई हेलिकोप्टरमार्फत् अस्पताल ल्याइएको छ । बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि उद्धारकर्ताहरू परिचालन गरिएको छ ।

Read More

डा केसीको सम्बन्धमा नेकपाको आकस्मिक बैठक, ग-यो यस्तो निर्णय

डा केसीको सम्बन्धमा नेकपाको आकस्मिक बैठक, ग-यो यस्तो निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बुधबार राति भएको आकस्मिक बैठकले जुम्लामा १९ दिनदेखि अनसनरत डा गोविन्द केसीको जीवनरक्षाका लागि तत्कालै सुविधासम्पन्न अस्पतालमा उपचारका लागि ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले केसीको जीवन बचाउनका लागि सुविधासम्पन्न अस्पतालमा ल्याएर उपचार गरेपछि उनका मागबारेमा छलफल गर्ने पनि निर्णय गरेको छ। माग पुरा नभएसम्म डा केसीले अनशन नतोड्ने अवस्था देखिएको निचोड निकाल्दै नेकपाले सबैभन्दा पहिले उनलार्इ सुविधासम्पन्न अस्पताल (राजधानी) मा ल्याएर उपचार गराएपछि उनका मागबारेमा छलफल गर्ने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘१९ दिनदेखि अनशनरत डा केसीको…

Read More

आर्थिक वृद्धिदर लक्ष्य अनुसार मौद्रिक नीति

आर्थिक वृद्धिदर लक्ष्य अनुसार मौद्रिक नीति

नेपाल राष्ट्र बैंकले आठ प्रतिशत आर्थिक वृद्धिदर गर्ने सरकारको लक्ष्य अनुसारको मौद्रिक नीति तय गरेको स्पष्ट पारेको छ। नेपाल राष्ट्र बैंक, अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीतिले कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको दिगो विकासलाई मौद्रिक नीतिले जोड दिएको पनि स्मरण गराए। थापाले राष्ट्र बैंकले मुलुकको आर्थिक वृद्धिदरलाई अघि बढाउन सहज अवस्था आएको निष्कर्ष निकाल्दै त्यसलाई अघि बढाउन पूँजीको मात्रा बढाउन आवश्यक नीतिगत व्यवस्था पनि गरेको उल्लेख गरे। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् अनुत्पादक क्षेत्रमा लगानी नगर्न…

Read More

पहिरोमा पुरिएर १ को मृत्यु, तीन घाइते, बिस घर विस्थापित

पहिरोमा पुरिएर १ को मृत्यु, तीन घाइते, बिस घर विस्थापित

म्याग्दीको सदरमुकाम बेनीसंग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ र ८ मा पर्ने लस्तीमा पहिरो जाँदा एक जनाको मृत्य, तिन घाइते र बिस घर विस्थापित भएका छन् । जलजला गाउँपालिका–८ लस्ती बेरनेटामा घर माथिबाट आएको पहिरोले पुरिँदा १७ वर्षिय विकास परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षाकै कारण जलजला गाउँपालिका–७ धाइरिङ बास्कोटका भीमलाल आचार्यको घर पहिरोले पुरिँदा भिमलाल सहित, तुलसीदेवी र नारायणी आचार्य घाईते भएका छन् । उनिहरुलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ लगिएको छ । धाईरीङमा पहिरोले क्षत्ती पुगेका १५ घरलाई फर्से धाईरीङ माविमा स्थानान्तरण गरी प्रशासनले तत्कालको…

Read More

जुट मिलका कर्मचारी आन्दोलनमा

जुट मिलका कर्मचारी आन्दोलनमा

लामो समयदेखि वन्द विराटनगर जुट मिल्समा कार्यरत कर्मचारीको करार सेवा समाप्त भएपछि आन्दोलनमा उत्रेका छन् । करारमा कार्यरत २४ कर्मचारीमध्ये सञ्चालक समिति अध्यक्ष बसन्त वनले छानेर १० जना कर्मचारीलाई मात्र निष्कासन गरेको भन्दै कर्मचारी आन्दोलनमा उत्रेका हुन् । वनले साउन १ गते करारसेवा समाप्त भएका १० कर्मचारीलाई पत्रमार्फत जानकारी गराएका थिए । उक्त जानकारीपछि उनले इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलसमेतको उपस्थितिमा हालसम्म बाँकी रहेको तलबभत्ताको अभिलेख तीन दिनभित्र तयार पारेर किस्ताबन्दीमा तलब भुक्तानी दिने जानकारी गराएका थिए । जुटमिल बन्द रहेकाले त्यहाँ कार्यरत २४ जना कर्मचारीले…

Read More

बिहिबार इंग्ल्यान्ड जाँदै गरेका नेपाली क्रिकेट टोलीको बिदाई

बिहिबार इंग्ल्यान्ड जाँदै गरेका नेपाली क्रिकेट टोलीको बिदाई

इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक क्रिकेट शृङ्खला र नेदरल्यान्ड्सविरुद्धको पहिलो एक दिवसीय क्रिकेट खेल्न जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । काठमाडौँमा बुधवार आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले खेलाडीहरूलाई शुभकामनासहित बिदाइ गर्नुभएको हो । पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार लन्डन प्रस्थान गर्दैछ । क्रिकेटको मक्का मानिने लर्ड्स मैदानमा नेपालले यही साउन १३ गते स्थानीय मेरेलीबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक ट्वेन्टी–२० क्रिकेट शृङ्खला खेल्नेछ । त्यसपछि नेपालले नेदरल्यान्ड्ससँग उसैको भूमिमा पहिलोपटक दुईओटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ । साउन १६…

Read More

चर्चित अभिनेत्री प्रियंकाद्धारा आत्महत्या

चर्चित अभिनेत्री प्रियंकाद्धारा आत्महत्या

तामिल फिल्म उद्योगकी चर्चित अभिनेत्री प्रियंका देशपाण्डेले आत्महत्या गरेकी छिन्। प्रियंकाले वालासारावक्कमस्थित आफ्नै घरमा पंखामा झुण्डिएर आत्महत्या गरेकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। बुधबार विहान प्रियंकाकी सहयोगी घर पुग्दा प्रियंका पंखामा झुण्डिएको देखेकी थिइन्। प्रियंका अहिले तामिल टिभी शो वासमसमा ज्योतिको भूमिकामा थिइन्। यो टेलिफिल्ममा उनी बाहुबलीकी अभिनेत्री रम्या कृष्षननका साथमा देखिएकी छन्। उनले पारिवारिक कारणले आत्महत्या गरेको अनुमान गरिएको छ। प्रियंकाको विवाह भएको तीन वर्ष वितेपनि बच्चा नभएको कारण पारिवारिक समस्या रहेको समाचारहरुमा उल्लेख गरिएको छ।

Read More

प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाका प्रमुख २५ हजार घुससहित पक्राउ

प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाका प्रमुख २५ हजार घुससहित पक्राउ

धनगढीस्थित प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाका प्रमुख रामानन्द यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले २५ हजार घुससहित पक्राउ गरेको छ । बुधबार अपरान्ह धनगढीका पत्रकार सुशील ढुंगानाबाट डकुमेन्ट्री बनाएवापदको ५० हजार रुपैयाँको आधा रकम घुस लिने क्रममा उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । डकुमेन्ट्री बनाएपछि आधा रकम घुस मागिरहेको थाहा पाएपछि अख्तियार महेन्द्रनगरस्थित कार्यालयका प्रवक्ता खिमानन्द पाठकको नेतृत्वमा आएको टोलीले उनलाई गदरियामा रहेको प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाको कार्यालयबाटै पक्राउ गरेको हो । उनको साथबाट २५ हजार नगद बरामद गरिएको प्रवक्ता पाठकले बताए । यादवलाई पक्राउ गरी महेन्द्रनगरस्थित अख्तियारको कार्यालय…

Read More

एनएमबिको ११० औँ शाखा सञ्चालनमा

एनएमबिको ११० औँ शाखा सञ्चालनमा

एनएमबि बैङ्कले सप्तरीको तिलाठी गाउँपालिकामा ११० औँ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैङ्कले तोकेको समय सीमा भित्रै बैङ्कले देशका विभिन्न स्थानीय प्रदेशहरूका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पहुँचबाट टाढा रहेको स्थानहरूमा बैङ्कले  नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यो शाखाको सुरुवात सँगै बैङ्कको कुल ११० शाखा ४ एक्टेन्सन काउन्टर ९६ एटिएम पुगेको बैङ्क द्वारा जारी प्रेस विज्ञप्तिमा छ । बैङ्कको भगिनी संस्था एनएमबि माइक्रो फाईनान्स्को ७५ शाखा सञ्जाल समेत गरेर देशको सबै क्षेत्रमा सन्तुलित बैकिङ्ग पहुँच पुगेको छ भने यसले स्थानीयहरूको वित्तीय सहभागिता भई जीवन स्तर समेतमा सकारात्मक…

Read More