सेनाको हेलिकोप्टर दुर्घटना

सेनाको हेलिकोप्टर दुर्घटना

सोल- दक्षिण कोरियाली सेनाको हेलिकोप्टर मंगलबार दुर्घटनामा परेको छ। दुर्घटनामा परी पाँच जना सैनिकको मृत्यु भएको र एक जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन्। मर्मत गरिएको हेलिकोप्टर बनाएर परीक्षण उडान गरेका बेला आकाशबाट तल खसेर जलेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। दक्षिण कोरियाको पोहाङ भन्ने ठाउँमा सेनाको हेलिकोप्टर दुर्घटनामा परेको हो। हेलिकोप्टरमा रहेका छ जनामध्ये पाँच जनाको मृत्यु भएको र एक जना घाइते भएको जनाइएको छ। घाइतेको उपचार भइरहेको छ।

Read More

सरकारले फिल्म हल र टिभीमा क्लिनफिड नीति लागु गर्ने, बन्द हुने भए विदेशी विज्ञापन

सरकारले फिल्म हल र टिभीमा क्लिनफिड नीति लागु गर्ने, बन्द हुने भए विदेशी विज्ञापन

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँसकोटाले मंगलबार बक्सअफिस प्रणालीको सुरुवात गर्दै अब फिल्महलहरूको वर्गीकरण गरिने बताएका छन् । मन्त्री बाँसकोटाले विज्ञापनमा क्लिन फिल्ड पनि छिटै लागू गराइने घोषणा गरे। उनले भने, ‘अब हामीले अर्को नीति पनि लिएर आएका छौं। विदेशी कलाकार अभिनित विज्ञापनलाई डबिङ गरेर विज्ञापन बजाउने परिपाटी बन्द गर्दै छौं।’ यसलाई लागू गराउन हुन्छ कि हुँदैन भन्नेमा विवाद र दबाब दुवै भएको उल्लेख गर्दै उनले थपे, ‘यस्तो दबाब भित्रको मात्रै नभई अन्तको पनि आउन सक्छ। तर सरकार नकामीकन काम गर्छ।’ चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा मन्त्री बाँसकोटाले सेन्ट्रल सिनेमा म्यानेजमेन्ट…

Read More

विदेश जाँदा पाँच हजारमात्र बोक्न पाउने

विदेश जाँदा पाँच हजारमात्र बोक्न पाउने

नेपाल राष्ट्र बैंकले मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण गरेको छ । केन्द्रीय बैंकले सम्पत्ति निवारण ऐन, २०६४ को दफा २९ को (क) अनुसार कुनै पनि व्यक्तिले आफ्नो साथमा वा कार्गो, कुरियर, हुलाकमार्फत रु पाँच हजार नेपाली वा अमेरिकी डलर पाँच हजारसम्म बोक्न पाउने सीमा निर्धारण गरेको हो । आजदेखि लागू हुने सो नीतिअनुरुप नेपाली रुपैयाँ पाँच हजारसम्म वा अमेरिकी डलर पाँच हजारसम्म वा सो बराबरको विदेशी मुद्रा र धारक विनिमय अधिकारपत्र नेपालबाट विदेश लैजान र विदेशबाट नेपाल ल्याउन सकिने सीमा निर्धारण गरेको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज…

Read More

वीपी राजमार्गबारे सर्वोच्च अदालतको आदेश : बीपी राजमार्गमा मझौला गाडी चल्न दिनू

वीपी राजमार्गबारे सर्वोच्च अदालतको आदेश : बीपी राजमार्गमा मझौला गाडी चल्न दिनू

सर्वोच्च अदालतले वीपी राजमार्गमा साना तथा मझौला किसिमका सवारी साधन सञ्चालनमा अवरोध नगर्न आदेश दिएको छ । यातायात व्यवसायी कान्छाराम बलसमेतले दायर गरेको रिटमा सुनुवाई गर्दै मंगलबार न्यायाधीशहरु मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले मझौला सवारी साधन सञ्चालनमा रोक लगाउनु मनासिव नदेखिएको भन्दै सञ्चालनका लागि आदेश दिएको हो । केही समयअघि यातायात व्यावसायी कान्छामान बलसमेतले जिल्ला प्रहरी कार्यालय रामेछाप, जिल्ला प्रशासन कार्यालय रामेछाप, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय सिन्धुली, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय काभ्रे र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाई रिट दायर…

Read More

आजदेखि चक्रपथभित्र राति ८ देखि बिहान ५ बजेसम्म मात्र टिपर चलाउन पाइने

आजदेखि चक्रपथभित्र राति ८ देखि बिहान ५ बजेसम्म मात्र टिपर चलाउन पाइने

मंगलबार राति ८ देखि बिहान ५ बजेसम्म चक्रपथभित्र टिपर सञ्चालन गर्न पाइने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षतामा मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो। उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तथा उपत्यकामा हुने बढ्दो दुर्घटना न्यूनीकरण गर्न उक्त निर्णय गरिएको प्रजिअ शर्माले जानकारी दिए। रा

Read More

कञ्चनपुरमा भ्यान दुर्घटना दुईको मृत्यु

कञ्चनपुरमा भ्यान दुर्घटना दुईको मृत्यु

कृष्णपुर नगरपालिका–५ आमखैया जंगल नजिक मंगलबार दुई भ्यान एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय, कृष्णपुरका प्रहरी नायब निरीक्षक भरत धामीले जानकारी दिए । मृत्यु हुनेमा कैलालीको गोदाबरी नगरपालिका–४ का २४ वर्षीया रीना चौधरी र उनको एक वर्षीय छोरा रिदम रहेको प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको म १ ज २५० नम्बरको भ्यान र धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बा १० ज ४९१८ नम्बरको को म्याजिक भ्यान ठोक्किएका हुन् । घाइतेको कैलालीको…

Read More

२२ महिनाअघि अवैधमार्ग हुदैँ अमेरिका हिँडेका बाग्लुङका २ जना घर फर्किए

२२ महिनाअघि अवैधमार्ग हुदैँ अमेरिका  हिँडेका बाग्लुङका २ जना घर फर्किए

अमेरिका जान भनी घरबाट २२ महिनाअघि हिँडेका र अफ्रिकी मुलुक नाइजेरिया पुगेर अलपत्र बनेका २३ नेपालीमध्ये २ जना बुधबार नेपाल फर्कने भएका छन् । अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै जनही ३५ लाख रुपैँया उठाएर काठमाडौंबाट दिल्ली–बैंकक र त्यहाँबाट लेगोस, मेक्सिको हुँदै अमेरिका लैजाने भनिएको थियो । लेगोश शहरमा अलपत्रमध्ये ६ जना भने अघिल्लो महिना नेपाल फिरेका थिए । बिचल्ली पर्नेमध्ये बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा बुधबार काठमाडौं आइपुग्दैछन् । पीडितका आफन्तले परराष्ट्रको कन्सुलर सेवा विभागमा दिएको निवेदनमा जेसन श्रीस(राजु), बैंकक बस्ने गोविन्दराज भारती(राज) र धोजेन्द्र दगामी मगरले मानव तस्करीको एजेन्ट काम…

Read More

सुन तस्करीको नयाँ शैली : मुखमा लुकाएर सुन तस्करी गर्दै गर्दा दुई जना समातिए

सुन तस्करीको नयाँ शैली : मुखमा लुकाएर सुन तस्करी गर्दै गर्दा दुई जना समातिए

मुखमा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्दै गर्दा दुई जना विदेशी नागरिक मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक रइज अहमद र मोहम्मद अजाम छन् । विमानस्थल प्रहरीका उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार अहमदको साथबाट १ सय १६ ग्राम र अजामको साथबाट १ सय ३९ ग्राम सुन बरामद भएको छ । मैनालीका अनुसार उनीहरुले जीब्रोमुनि लुकाएर सुन ल्याएका थिए । ‘चेक हुने ठाउँमा अहमद प्रहरीसँग बोलेनन् । त्यसपछि शंका लागेर बाहिर निस्किएर  हेर्दा उनको साथबाट सुन फेला परेको हो ।’ अहमद पक्राउ परेपछि उनलाई खोज्दै आउँदा अजाम…

Read More

३३ केजी सुन प्रकरण : ठुला माछाको पहिचान नै नभई सकियो अनुसन्धान समितिको म्याद

३३ केजी सुन प्रकरण : ठुला माछाको पहिचान नै नभई सकियो अनुसन्धान समितिको म्याद

सनम शाक्यको हत्या र हराएको ३३ केजी सुनको अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानबिन समितिको म्याद सकिएको छ । चैत ३० मा मन्त्रिपरिषद्‍को निर्णयबाट गृह मन्त्रालयका सहसचिव ईश्वरीराज पौडेलको संयोजकत्वमा गठित नौ सदस्यीय समितिको म्याद सोमबार रातिदेखि सकिएको हो । संगठित सुन तस्करीमा संग्लन ‘ठुला माछा’ को पहिचान नै नभई र सुन तस्करीका विभिन्न घटनाक्रमको अन्तरसम्बन्ध केलाउन बाँकी नै रहेका बेला समितिको म्याद सकिएको हो । सरकारले म्याद नथप्ने भएपछि समितिले अहिलेसम्मको अनुसन्धानको निचोड समेटेर प्रतिवेदन बुझाउने अन्तिम तयारी थालेको छ । संगठित सुन तस्करीका ‘ठूला माछा’ समात्ने विश्वास राखेको समितिले अहिलेसम्मको अनुसन्धानको आधारमा एम के…

Read More

एनआईसीले ल्यायो मिस्ड कल बैंकिङ्ग सेवा

एनआईसीले ल्यायो मिस्ड कल बैंकिङ्ग सेवा

एन आई सी एशिया बैङ्क लिमिटेडले मिस्ड कल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ नेपालमा विभिन्न शहरी, ग्रामीण तथा दुर्गम जिल्लाहरूमा आफ्नो भौतिक उपस्थितिलाई सशक्तपार्दै अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले यो सेवा सञ्चालनमा ल्याएको बैङक द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो सेवाको सुरुवात सँगै अब बैङ्कका ग्राहकहरूले ९८०१२२७७३३ मा मिस्ड कल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सकिने मोबाइल नं– ९८०१२२७७४४ मा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोबारको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सकिने र मोबाईलनं–९८०१२२७७५५ मा मिस्ड कल…

Read More