डा. के सी पक्षसँग सरकारको पहिलो बैठक सहमति बिहिन

डा. के सी पक्षसँग सरकारको पहिलो बैठक सहमति बिहिन

फाइल तस्बिर जुम्ला सदरमुकाममा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसी पक्ष र सोमबार गठित सरकारी वार्ता टोलीबीचको पहिलो वार्ता सहमतिबिनै टुंगिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट गठित शिक्षा मन्त्रालयका सचिव खगराज बराल नेतृत्वको सरकारी वार्ता टोली र केसी पक्षबीच सोमबार राति भएको वार्ता निष्कर्शबिना नै टुंगिएको हो । ‘डा केसी र हामीले उठाएको माग अनुसार चिकित्सा शिक्षा विधेयक अध्यादेश अनुसार जस्ताको तस्तै पारित गर्नुपर्ने कुरामा सरकारी वार्ता टोली सहमत हुन सकेन’, केसी पक्षबाट वार्ता टोलीका सदस्य डा. अभिषेक सिंहले भने, ‘हाम्रा मागबारे वार्ता टोलीका संयोजक खगराज बरालले शिक्षा मन्त्रीलाई सोध्ने भन्नुभयो,…

Read More

घाँसकाट्ने क्रममा भिरबाट लडेरे किशोरीको मृत्यु

घाँसकाट्ने क्रममा भिरबाट लडेरे किशोरीको मृत्यु

फाइल तस्बिर रुकुम पश्चिमको आठसविसकोट नगरपालिकामा एक बालिकाको भिरबाट लडेर मृत्यू भएको छ । १६ बर्षिया  किशोरी घास काट्ने क्रममा भिरबाट लडेर मृत्यू भएको छ । सोमबार दिउँसो करिब १  बजेतिर १६ वर्षिया डिला वि.क गाई बस्तुलाई घाँस ल्याउन जँगल गएकी थिईन् । आटविसकोट नगरपालिका वडा नं. १४ सवारी निवासि वि क घाँसकाट्ने क्रममा ठुला भिर भन्ने ठाउँबाट ५ सय मिटर तल लडेर मृत्यू भएको परीवारले जनाएको छ । मृतक वि.क आठविसकोट नगरपालिका १४ को आदर्श उच्च माद्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत  थिईन् ।

Read More

एन्फा कपमा सिद्धार्थ र अमर आदर्श च्याम्पियन

एन्फा कपमा सिद्धार्थ र अमर आदर्श च्याम्पियन

बागलुङ – एन्फा कप बागलुङ अन्तरविद्यालय फुटबल प्रतियोगितामा सिदार्थ शिक्षा सदन छात्र र अमर आदर्श मावि छात्रातर्फ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनलमा छात्रतर्फ इन्जुरी समयमा २ गोल गर्दै सिद्धार्थले चिल्ड्रेन लाइफलाई ३–१ ले र छात्रातर्फ अमर आदर्शले कालिगण्डकी बोर्डिङलाई  ४–० ले हराउँदै उपाधि जितेका हुन् ।   छात्र तर्फ सिदार्थले चिल्ड्रेन लाइफसँग गत वर्षको फाइनलमा बेहोरोको हारको बदला लिएको छ । खेलमा पछि परेर सिद्धार्थ उल्टाउन सफल भएको थियो । ६० मिनेट खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । खेलको ३४ औं मिनेटमा राजीव श्रीसको गोलबाट चिल्ड्रेनले…

Read More

मनकामना केबुलकारलाई उत्कृष्टताको प्रमाणपत्र

मनकामना केबुलकारलाई उत्कृष्टताको प्रमाणपत्र

इच्छाकामना गाउँपालिका कुरिनटारस्थित मनकामना केबुलकारले निरन्तर चौँथो वर्ष उत्कृष्टताको प्रमाणपत्र (सर्टिफिकेट अफ एक्सीलेन्स) पाएको छ । विश्वको ठूलो र विश्वसनीय ट्राभल साइट ट्रीप एड्भाइजरले सेवाग्राहीको मूल्यांकनका आधारमा मनकामना केबुलकारलाई सन् २०१८ का लागि उत्कृष्टताको प्रमाणपत्र दिएको हो । सेवाग्राहीको मूल्यांकन ९रिभ्यू० को आधारमा उच्च प्रशंसा प्राप्त गर्न सफल भएकाले मनकामना केबुलकारलाई सर्टिफिकेट अफ एक्सीलेन्स प्रदान गरिएको ट्रीप एड्भाइजरले जनाएको छ । “ग्राहकको वास्तविक मूल्यांकनका आधारमा हामीले यो प्रमाणपत्र पाएका हौँ”–मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले भन्नुभयो, “सन् २०१५ देखि निरन्तर उत्कृष्टताको प्रमाणपत्र पाइरहेका छौँ ।” ट्रीप एड्भाइजरको वेबसाइटमा चीन,…

Read More

मुलुकभर स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनी

मुलुकभर स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनी

नेपाल चिकित्सक संघले साउन ३ गतेबाट देशभरका सबै अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएको छ । संघले सोमबार विज्ञप्ति जारी गरी साउन तीन गते देखि देशभरका सम्पूूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चित कालका लागि बन्द गरिने जनाएको छ । अनशनरत डा गोविन्द केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै संघले सरकारलाई माग पूरा गर्न ४८ घण्टाको समय दिएको हो । तोकिएको समयसीमा भित्र पनि माग पूरा नभए संघले आगामी बिहीबारबाट देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण…

Read More

एकै परिवारका दुई बालकको रहस्यमय मृत्यु

एकै परिवारका दुई बालकको रहस्यमय मृत्यु

पर्सामा एकै परिवारका दुईजना बालकको हत्या भएको छ । बहुदरमाई नगरपालिका वडा नं २ बैरियाविर्ता टोलमा बस्ने सञ्जय साहको परिवारमा ८ महिनामा दुई बालकको हत्या भएको दावी स्थानीयको छ । जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएर स्थानीयहरुले हत्याको छानबिन गर्न माग गरेका छन् । गत मंसिर १७ गते स्थानीय सञ्जय साहको ११ वर्षीय छोरा सुमित साहको हत्या गरी गाउँ नजिकैको पोखरीमा शव फालिएको अवस्थामा भेटिएको थियो । सुमितको हत्यारा प्रहरीले पत्ता लगाउन नपाउँदै उनको कान्छो अंकल शिवजी साहको ६ वर्षीय छोरा आयुब साह असार ३१ गते पोखरीमा मृत भेटिएका थिए…

Read More

तेक्वान्दो प्रतियोगिताको टिम च्याम्पियनको उपाधि नेपाललाई

तेक्वान्दो प्रतियोगिताको टिम च्याम्पियनको उपाधि नेपाललाई

नेपालले दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेको छ । नेपालले समग्रमा ५३ स्वर्ण, ५५ रजत र ८० कास्यँका साथ टिम च्याम्पियनको उपाधि हात पार्यो । दोश्रो स्थानमा रहेको भारतले समग्रमा ४३ स्वर्ण, ४० रजत र ३९ कास्यँ जित्न सफल भयो । तेश्रो स्थानमा रहन सफल तुर्किमिनिस्तानले ७ स्वर्ण, २ रजत र १ कास्य जितेको थियो । नेपालले जुनियर र सिनियर दुबै समूहमा पनि टिम च्याम्पियनको उपाधि हात पारेको छ । जुनियरतर्फ प्रथम स्थान हात पारेको नेपालले ३४ स्वर्ण ४३ रजत र ६१ कास्यँ प्राप्त गर्दा दोश्रो…

Read More

रसिया विश्वकपका केही आश्चर्य लाग्दा घटनाहरु यस्ता छन्

रसिया विश्वकपका केही आश्चर्य लाग्दा घटनाहरु यस्ता छन्

रसिया विश्वकप प्रविधिको दृष्टिले उत्कृष्ट रह्यो । ब्राजिल विश्वकपको तुलनामा रसियन भूमिमा कम गोल भए । बिश्वकप फुटबलको ईतिहासमा पहिलो पटक प्रयोग गरिएको भिडियो एसिष्टेन्ट रेफ्रि भारको प्रयोगले रसियन विश्वकपलाई विबादमुक्त बनायो । फिफाले भारको निर्णय ९९ दशमलब ३ प्रतिशत सहि भएको दाबी गरेको छ । भारले विश्वकप फुटबलका ६४ खेलमा ३ सय ३५ एभेन्ट परीक्षण गरेको थियो । ती मध्ये २३ वटामा महत्वपुर्ण निर्णय लिईएको छ ।  रसिया विश्वकपमा २ दशमलब ६४ को औषतमा १ सय ६९ गोल भए । जसमा १२ आत्माघाती गोल समेत छन् । फ्रान्स र…

Read More

यस्ता छन् मन्त्रीपरिषद्का आजका निर्णयहरु

यस्ता छन् मन्त्रीपरिषद्का आजका निर्णयहरु

सरकारले गणतन्त्र भारतका लागि नेपाली राजदूतमा निर्वाचन आयोगका पूर्वप्रमुख नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ । यसैगरी मलेसियाका लागि नेपाली राजदूतमा पूर्वराजदूत उदयराज पाण्डेलाई सिफारिस गर्ने निणर्य गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँहरुलाई ती देशका राजदूतमा सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।  प्रस्तावित राजदूत उप्रेतीले भूटान र अफगानिस्तानका लागि तथा पाण्डेले इण्डोनेसिया र ब्रुनाई दारेसलामका लागि गैरआवासीय राजदूतका रुपमा पनि हेर्ने प्रवक्ता बास्कोटाले बताएका छन् । बैठकले अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव खगराज बरालको…

Read More

ब्रिटिश गोर्खामा महिलाहरूलाई पनि भर्ती गर्ने

ब्रिटिश गोर्खामा  महिलाहरूलाई पनि भर्ती गर्ने

ब्रिटिश सेनाले गोर्खा ब्रिगेडमा सन् २०२० सम्ममा महिलाहरूलाई पनि भर्ती गर्ने घोषणा गरेको छ। नेपालीहरू दुई सय वर्षभन्दा अघिदेखि ब्रिटिश गोर्खा फौजमा सहभागी हुँदै आएका छन्। यो अवधिमा महिलाहरूलाई पनि लडाकु सैन्यका रूपमा भर्ती गर्न लागिएको यो पहिलो अवसर भएको बताइन्छ। भर्तीका लागि उनीहरूका निम्ति छुट्टै छनोट प्रक्रिया बनाइएको छैन। त्यसैले महिलाहरूले पनि पुरुषहरूले जस्तै नै कठिन शारीरिक परीक्षाहरूमा उत्तीर्ण हुनुपर्नेछ। बीबीसी नेपाली सेवालाई दिएको लिखित जवाफमा ब्रिटेनका रक्षामन्त्री ग्याभिन विलियम्सनले ‘महिलाहरूले सो सर्वोत्कृष्ट ब्रिगेडमा सेवा गर्ने अवसर पाउनु उचित भएको’ बताएका छन्। ब्रिटिश सेनाका एकजना वरिष्ठ अधिकारी एवम् गोर्खा…

Read More