जापानमा बाढीका कारण ११ को मुत्यु , ४५ बेपत्ता

जापानमा बाढीका कारण ११ को मुत्यु , ४५ बेपत्ता

जापानको राजधानी सहर टोकियोदेखि उत्तरमा पर्ने सहरमा आएको बाढीमा परि ११ जनाको मुत्यु भएको छ । बाढीमा परी ४५ बेपत्ता भएका त्यहाँका अधिकारीहरुलार्इ उद्धत गर्दै राेयटर्स जनाएको छ । आवासीय क्षेत्रमा आएको यस बाढीका कारण फसेका व्यक्तिको उद्धारको लागि हजारौ उद्धारकर्ता खटाइएको छ। उद्वारका लागि दर्जनौ हेलिकोप्टरको प्रयोग गरिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।  बाढी प्रभावित क्षेत्र टोकियोदेखि ६० किलोमिटर टाढा रहेको छ । बाढीको कारण १६ लाख व्यक्ति प्रभावित भएको जनााइएको छ

Read More

सप्तरीको माहुली पुल भत्कियोः सवारी साधन आवत जावत गर्न अप्ठयारो

सप्तरीको माहुली पुल भत्कियोः सवारी साधन आवत जावत गर्न अप्ठयारो

अनिल पोखरेल , राजविराज पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका स्थित महुली खोलाको पुल साँझ ६ः१५ मा भत्किएको छ । विगत केही दिन देखि निरन्तर परेको बर्षाका कारण आएको बाढीले पुलमा गम्भीर क्षति पुगेको थियो । पुलको एक तर्फबाट पुलपुनि माटो कटान भएपछि अहिले पुल पूर्णरुपमा भत्केको स्थानीय विनय कुमार मेहताले जानकारी दिए । पुल भत्केपछि सवारी साधन आवगन एकतर्फी भएको छ । पुल अझै भासिने क्रम जारी रहेकोले तत्कालै सडकका इन्जिनियरलाई बोलाइ सकिएको भने पनि सम्वन्धित निकायबाट कुनै पहल नभएको स्थानियको बुझाई छ । गत बुधवार सप्तरीका सिडिओ…

Read More

इंग्ल्यान्डको स्विडेनबिरुद्ध २ – ० को अग्रता

इंग्ल्यान्डको स्विडेनबिरुद्ध २ – ० को अग्रता

रुस विश्वकप अन्तर्गत शनिबार जारी क्वाटरफाइनलको पहिलो खेलमा इंग्ल्यान्डले स्विडेनविरुद्ध  दोस्र्र्रो गोल गरेको छ । आडेनविरुद्ध ५९ औं मिनेटमा इङल्याण्डका डेले अलीले हेड गोल गरेका हुन्। स्विडेनविरुद्ध इंग्ल्यान्डले सुरुदेखि नै आक्रमक खेल प्रदर्शन गरिरहेको छ।

Read More

गरुडामा मधेस सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

गरुडामा मधेस सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

मधेस सांस्कृतिक प्रतिष्ठानको आयोजनामा रौतहटको गरुडामा अवस्थित रहेको आशीर्वाद होटेलमा शनिवार मधेस सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ। आयोजक संस्थाको अध्यक्ष उपेन्द्र सहनीको सभापतित्व एवंम मौलापुर नगरपालिकाको मेयर रिनाकुमारी साह कविताको प्रमुख आतिथिमा शनिवार गरुडामा भाषा, साहित्य, संस्कृतिक क्षेत्रका विशिष्ट व्यक्तिहरुको संलग्नतामा सांस्कृतिक महोत्सव सम्पन्न भएको हो । नेपाल र भारतको विभिन्न साहित्यसेवीका साथै विशिष्ट संस्कृति कर्मीहरुको बेजोड प्रस्तुति रहेको कार्यक्रमको संयोजक विजय यादव निर्बिजले कार्यक्रमको विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा गोपाल ठाकुर, गरुडा नगरपालिकाको उपमेयर रंगिला दवी जयसवाल, वृजकिशोर यादव लगायतको ब्यक्तिहरुले मन्तव्य व्यक्त गरेका थिए। मधेसमा…

Read More

३० औं मिनेटमा इंग्ल्यान्डको स्विडेनबिरुद्ध १ – ० को अग्रता

३० औं मिनेटमा इंग्ल्यान्डको स्विडेनबिरुद्ध १ – ० को अग्रता

रुस विश्वकप अन्तर्गत शनिबार जारी क्वाटरफाइनलको पहिलो खेलमा इंग्ल्यान्डले स्विडेनविरुद्ध पहिलो गोल गरेको छ । आसले यङले प्रहार गरेको कर्नर किकलाई ह्यारी मागोएरले हेडमार्फत् सुन्दर गोलमा परिणत गरेका हुन् । स्विडेनविरुद्ध इंग्ल्यान्डले सुरुदेखि नै आक्रमक खेल प्रदर्शन गरिरहेको छ।

Read More

माथिको ठाडो आदेश भन्दै क्यानाडा जान लागेका कोइरालालाई विमानस्थलबाटै फर्काइयो

माथिको ठाडो आदेश भन्दै क्यानाडा जान लागेका कोइरालालाई विमानस्थलबाटै फर्काइयो

नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ । १७ ‌‍‌औं विश्व संस्कृत सम्मेलनमा भाग लिन शनिबार क्यानाडा जान बोर्डिङ पास लिएर उड्ने तयारीमा रहेका कोइरालालाई प्रहरीले फर्काएको हो। उनी कोरिएन एयरलाइन्सबाट क्यानाडा जाँदै थिए। उच्च स्रोतका अनुसार उनलाई माथिको ठाडो आदेश भन्दै विमानस्थलबाट फर्काइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरी प्रमुख डीआईजी कमल जीटीले उपकुलपति कोइरालालाई पक्राउ र नियन्त्रणमा नलिएको दाबी गरे। उनले भने, ‘अति जरुरी मिटिङ परेकाले उहाँ फर्किनुभएको हो। हामीले गाडी मात्र उपलब्ध गराएका मात्रै हौं।’

Read More

गुफामा फसेका बालबालिकाले आफ्ना अभिभावकलाई पठाए भावनात्मक चिठी

गुफामा फसेका बालबालिकाले आफ्ना अभिभावकलाई  पठाए भावनात्मक चिठी

सोह्र दिनदेखि थाइल्याण्डको गुफामा फसेका बालबालिकाले आफ्ना अभिभावकलाई गुफाभित्रबाटै भावनात्मक चिठी पठाएका छन् । उनीहरुले अभिभावकलाई आफ्नो चिन्ता नगर्न आग्रह गरेका छन् । ‘चिन्ता नगर्नु होस, हामीलाई सबै ठिक छौ’,एक बालकले भावनात्मक रुपमा ठ्टटा गर्दै चिठीमा लेखेका छन्,‘ सर, हामीलाई धेरै गृहकार्य नदिनु होला है ।’ ती बालकले लेखेका छन् : अन्धकारभित्रबाट आमा, बुवा, दिदी लगायत सबैलाई माया,मेरोे चिन्ता नगर्नु होला , हामी सुरक्षित छौं ।

Read More

मर्स्याङ्दी नदिमा बेवारिसे शव भेटियो

मर्स्याङ्दी नदिमा बेवारिसे शव भेटियो

बन्दीपुर-५ गोरेचौतरा नजिक मर्स्याङ्दी नदिमा तैरिएको अवस्थामा शनिवार एक पुरुषको बेवारिसे शव भेटिएको इलाका प्रहरी कार्यालय डुम्रे तनहुँले जनाएको छ । अन्दाजी ५० वर्षका जस्तो देखिने उक्त शव पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।उक्त शवलाई पोष्टमार्टमका लागि दमौली अस्पतालको शव गृहमा पठाइएको प्रहरीले जनाएको छ ।

Read More

आयोजक रुसले क्रोएसिया माथि बाजी मार्ला?

आयोजक रुसले क्रोएसिया माथि बाजी मार्ला?

विश्वकप २०१८ अन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा क्रोएसिया र रुस भिड्दै छन् । सो खेल नेपाली समय अनुसार रातिको ११।४५ बजे सुरु हुने छ ।समूह ‘डी’ को विजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको क्रोएसियाले प्रि(क्वाटरफाइनलमा डेनमार्कलाई पेनाल्टीमा हराउन सफल रहेको थियो । आज क्रोएसियाका लागि डिफेन्डर इभान स्ट्रिनिच चोटका कारण खेल्ने पक्का छैन । डेनमार्क विरुद्धको जितमा उतारेको टोलीलाई नै क्रोएसियाले निरन्तरता दिने देखिएको छ ।अर्को तर्फ, समूह ‘ए’ को उपविजेता रुसले अन्तिम १६ मा स्पेनलाई पेनाल्टीमा हराएको हो । स्पेन विरुद्ध रक्षात्मक शैली अप्नाए पनि आज केही आक्रामक शैलीसंग रुस…

Read More

मोटरसाइलकलाई ठक्कर दिएको टिपरमा आगजनी, पिडितको मोटरसाईकल समेत जल्यो

मोटरसाइलकलाई ठक्कर दिएको टिपरमा आगजनी, पिडितको मोटरसाईकल समेत जल्यो

काभ्रेमा मोटरसाइलकमा ठक्कर दिएर दम्पत्तिलाई घाइते बनाएपछि टिपरमा आगजनीको प्रयास भएको छ। यद्यपी आगोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।बनेपा–१३, अरनिको राजमार्गको भैंसेपाटी चोकमा साँगाबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ७०९१ नम्बरको टिपरले बा ३३ प ९१६ नम्बरको मोटरसाइकललाई शनिबार अपराह्न ४ बजे ठक्कर दिँदा एक त्यसमा सवार एक दम्पत्ति घाइते भएका छन।इलाका प्रहरी कार्यालय बनेपाका अनुसार ठक्करबाट घाइते हुनेहरुमा सूर्यविनायक नपा ९ का ५० वर्षीय पुष्पराज हुमागाईं र उनकी पत्नी ४० वर्षीया लक्ष्मी हुमागाईं रहेकी छिन्।दुबै जनाको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा बनेपाको शीर मेमोरियल एडभेन्टिस्ट अस्पतालमा…

Read More