बौद्धमा गोली चल्यो एक गम्भीर घाईते

बौद्धमा गोली चल्यो एक गम्भीर घाईते

काठमाडौंको बौद्ध जम्बुडाँडामा गोली चलेको छ।महानगरीय अपराध महाशाखा डिएसपी रुकुम कुवरको टोलीले चलाएको गोली लागि अमर भन्ने अस्मिल तामाङ घार्इते भएका छन्। उनको खुट्टामा दुई गोली लागेको छ। लुटेरा समुहलाई पक्राउगर्ने क्रममा गोली लागेर उनी घाईते भएका हुन । उनलार्ई विर हस्पिटलमा उपचारका लागि लगिदैछ ।

Read More

बोक्सी भगाउन भन्दै तातो पन्यूले बिरामीको गाला यसरी डामियो

बोक्सी भगाउन भन्दै तातो पन्यूले बिरामीको गाला यसरी डामियो

अन्धविश्वासको भूमरीमा पर्दा रामेछापको लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँकी २६ वर्षीया सरिता दर्जीको गालामा पन्यूले डामिएको छ । डामिएको घाउ निको पार्न उनी स्वास्थ्य चौकीको सहारामा पुगेपछि घटना सार्वजनिक भएको हो ।रामेछापको लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँकी २६ वर्षीया सरिता दर्जीको गालामा धामीले बोक्सी भगाउन भन्दै फलामे पन्यू तताएर बनाएको डाम । तस्बिर सौजन्य स् जिल्ला प्रहरी कार्यालय रामेछापदर्जीलाइ पेटसम्बन्धी रोग थियो । उनी धामी लगाउन चाहन्थिन । छिमेकी जिल्ला ओखलढुंगा लिखु गाउँपालिकाका रवीन्द्र नेवारले राम्रो धामी बस्ने भन्दै स्थानीयले सुझाव दिए । उसैलाई बोलाएर देखाउने सहमति भयो ।नेवार बोलाएपछि स्थानीय केही…

Read More

५ करोड ५० लाखको आइपिओ आउँदै

५ करोड ५० लाखको आइपिओ आउँदै

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाको आइपिओ निष्कासनका लागि स्वीकृति पाएको छ। कम्पनीलाई स्थानीय बासिन्दाको लागि ५ करोड ५० लाख बराबरको ५ लाख ५० हजार कित्ता शेर आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति दिइएको आयोजनाका कम्पनी सचिव लक्ष्मीनिधि रिजालले बताए। उनका अनुसार आयोजनाको करिव ९२ प्रतिशत काम सकिएको छ। आयोजनाका पावरहाउस, पेनस्टक पाइप, ‘सर्ज टयाङ्क’को काम तिब्र गतिमा अगाडि बढेको छ। आयोजनाको मुख्य ड्याम, बालुवा थिग्राउने पोखरी, बाँधदेखि पोखरीसम्म नहर निर्माण, डिसेन्डर बेसिनको काम सकिएको अवस्थामा आइपीओ निष्कासनका लागि स्वीकृति प्राप्तले…

Read More

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

बलिउडमा रणवीर कपुर र आलिया भट्टको जोडी अहिले चर्चामा छ। दुबैले प्रेम सम्बन्धलाई स्वीकार गरिसकेका छन्। अब दुबैबीच विहे कहिले हुन्छ भन्ने प्रश्नले चर्चा पाएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार एक अन्तर्वार्तामा रणवीरले प्रेममा सबै कुरा राम्रो लाग्ने, खुसीको महसुस हुने र पानी पनि सर्बत जस्तो लाग्ने गरेको अनुभव सुनाए। आफू अब रिलेसनसीपमा मात्रै नरोकिने भन्दै उनले आफू विहेको बारेमा सोंचिरहेको बताए। बहुप्रतिक्षित फिल्म सञ्जुको प्रमोशनमा जुटेका रणवीरले चाँडै विहे गर्ने समेत बताए। ‘म विहेमा विश्वास गर्छु, मलाई बच्चा चाँहियो, मेरी श्रीमती चाँहियो, मलाई मेरो आफ्नै परिवार चाँहियो। विश्वास छ कि…

Read More

विश्वकप समूह सीमा अष्ट्रेलिया र डेनमार्क बराबरी

विश्वकप समूह सीमा अष्ट्रेलिया र डेनमार्क बराबरी

विश्वकप समूह ‘सी’ अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलिया र डेनमार्कले १-१ को बराबरी खेलेका छन् ।डेनमार्कले खेलको सातौं मिनेटमै अग्रता लिन सफल भएको थियो । उसका लागि मुख्य खेलाडी क्रिस्टियन एरिक्सनले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाए ।तर युसुफ पलसनको भिएआरमार्फत दिइएको ह्यान्डबलमा अष्ट्रेलियाले ३८ औं मिनेटमा पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई मिले जेडिनाकले गोलमा परिणत गर्दै अष्ट्रेलियालाई खेलमा फर्काएका हुन् । जेडिनाकले पछिल्लो खेलमा फ्रान्सविरुद्धको २-१ को हारमा पनि पेनाल्टीमार्फत गोल गरेका थिए । अर्को तर्फ डेनमार्क भने १-० ले पेरुविरुद्ध विजयी भएको थियो ।

Read More

उदितनारायण झाको घरमा कार्यरत मजदुरको करेन्ट लगेर मृत्यु

उदितनारायण झाको घरमा कार्यरत मजदुरको करेन्ट लगेर मृत्यु

अनिल पोखरेल, राजविराज । चर्चित गायक उदितनारायण झाको घरमा कार्यरत एक भारतीय मजदुरको करेन्ट लगेर बिहीबार मृत्यु भएको छ । हनुमाननगर कन्कालिनि नगरपालिका वडा नम्बर १ भारदहमा रहेको गायक झाको घरको काम गर्ने क्रममा बिहार राज्यको सुपौल जिल्ला भटैनिया निवासी २५ वर्षिय सञ्जीत कुमार यादवको मृत्यु भएको हो । नयाँ घरको निर्माणको काम गर्दा ३७ हजार भोल्ट भएको विद्युतीय तारमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । घर निर्माणमा फलामे रडले विद्युतीय तारमा छोएलगत्तै करेन्ट लागेका उनलाई उपचारका लागि भारदह अस्पताल लगिए पनि बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

सांसदले नै अवज्ञा गरे सभामुखको रुलिङ

सांसदले नै अवज्ञा गरे सभामुखको रुलिङ

प्रदेश १ का सांसदहरुले सभामुखको रुलिङको अवज्ञा गरेका छन् । सभामुख प्रदीप भण्डारीले बैठकमा अनिर्वाय रुपमा ड्रेस कोडमा उपस्थित हुन रुलिङ गरेपनि धेरै प्रदेश सांसदले भने ड्रेस कोडको बेवास्था गर्ने गरेका छन् । प्रदेश सभाको बैठकलाई व्यवस्थित र मर्यादित बनाउन भन्दै सभामुख भण्डारीले गएको मंगलबार सभा बैठकको अनिर्वाय डे्रस कोडमा उपस्थित हुन भनेका थिए । उनले दोश्रो अधिवेशनको १६ औ सभा बैठकमा सांसदहरुलाई सभा बैठकमा खैरो कोट अनिवार्य लगाउन रुलिङ गरेका थिए । त्यसपछिको लगातार बुधबार र बिहीबारको बैठकमा समेत धेरै जसो सांसदहरु सभामुख भण्डारीको रुलिङको अवज्ञा गर्दै स्व्च्छाचारी रुपमा…

Read More

ब्लड क्यानसरबाट पीडित शान्ति तामाङको बाचेर संसार हेर्न धोको (भिडियोसहित)

विमल खड्का, टिभी अन्नपूर्ण । ब्लड क्यानसरबाट पीडित ओखलढुङ्गाकी एक युवती मृत्युसँग लड्दै बाचेर संसार हेर्ने धोको बोकेर बाचिरहेकी छिन् । ओखलढुङ्गा खिजिदेम्वा गाउँपालिका ७ की शान्ति तामाङ ब्लड क्यान्सरबाट ग्रसित छिन् । सानै उमेरमा ब्लड क्यान्सर रोगबाट ग्रसित तामाङ अहिले जोरपाटीकै एक घरको कोठा भाडा लिएर बस्दै आएकी छिन् । गम्भीर रोग लागेकी उनी गाउँमा उपचारको अभावले काठमाडौँमा बस्दै आएकी छिन् । सानो परिवार बाबुआमालाई सहयोग गरी सबैलाई खुसी पार्ने उनको सपना जीवनले टाढा पुर्‍याएको छ ।गरिब परिवारमा जन्मेकी तामाङको एउटै सपना थियो धेरै पढेर बुबाआमालाई सुख दिने ।…

Read More

सम्पत्ति शुद्धिकरण विभागका पूर्व अनुसन्धान अधिकृत पक्राउ

सम्पत्ति शुद्धिकरण विभागका पूर्व अनुसन्धान अधिकृत पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले भ्रष्टाचार मुद्दामा फरार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका पूर्व अनुसन्धान अधिकृतलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको नौविसे–२ घर भइ हाल काठमाडौं–१४, कलंकी बस्दै आएका ५२ वर्षीय शम्भुप्रसाद चालिसे छन् । ११ साउन ०७१ मा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धान अधिकृत रहेका वेला उनले शुद्धिकरण सम्बन्धी मुद्दा मिलाएर सफाइ दिन्छु भन्दै १० लाख रुपैयाँ घुस मागेको उजुरी परेको थियो । लगत्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरको सैबुस्थित सिघीपार्क गणेश मन्दिरबाट उनलाई रकमसहित रङ्गेहात पक्राउ गरेको थियो । त्यस मुद्दामा सर्वोच्च अदालतले २० चैत्र ०७४…

Read More

साढे ३३ किलो सुन प्रकरणः व्यापारी विमल पोद्दारको घरमा छापा

साढे ३३ किलो सुन प्रकरणः व्यापारी विमल पोद्दारको घरमा छापा

साढें ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा हुण्डी तथा सुन तस्करीमा संलग्न व्यापारी विमल पोद्दारको घरमा छापा हानिएको छ। सुन तस्करी अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिले विहीबार पोद्दारको डिल्ली बजारस्थित सिल्भर सिटीमा रहेको घरमा छापा मारेको हो। समितिले छापा मारी उनको डायरी, लेजा, बैंक स्टेटमेन्ट तथा सम्पर्क व्यक्तिहरुको विषय उल्लेख भएका कागजात नियन्त्रणमा लिएको एक सदस्यले जानकारी दिए। व्यापारी पोद्दार यसअघि नै समितिको फन्दामा परिसकेका छन्। उनलार्इ मंगलबार साँझ समितिले नियन्त्रण लिएर अनुसन्धान गरिरहेको छ।

Read More