रासस अध्यक्षमा अधिकारी र नेपाल टेलिभिजनमा डा विष्ट

रासस अध्यक्षमा अधिकारी र नेपाल टेलिभिजनमा डा विष्ट

मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्षमा हरिहर अधिकारी (श्यामल)लाई नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षमा भने डा महेन्द्र विष्टलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । बैठकले एशियाली विकास बैंक (एडिबी)का वैकल्पिक निर्देशकबाट डा सोमलाल सुवेदीलाई फिर्ता बोलाउँदै उक्त स्थानमा अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने निर्णय गरेको छ । बैठकले संघीय संसद्को संयुक्त बैठक र कार्यसञ्चालन नियमावली २०७५ पारित गर्ने प्रयोजनका लागि संघीय संसद्को दुवै सदनको संयुक्त बैठक असार ३० गते अपराह्न ४…

Read More

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

प्रदेश २ सरकारले मुस्लिम धर्मावलम्बीको पर्व इदको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ । बिहीबार बसेको प्रदेश २ मन्त्रिपरिषद् बैठकले इदको अवसरमा आउँदो आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले प्रदेश प्रहरी ऐन पनि पारित गरेको छ । प्रदेश दुईको प्रदेश प्रहरी ऐन मन्त्रिपरिषद्बाट पारित भएको छ । काठमाडौँबाट आएका सुरक्षा विज्ञहरुको टोली र स्थानीय सुरक्षा विज्ञहरुको टोलीबीच विभिन्न चरणमा छलफल गरी प्रदेश प्रहरी ऐन निर्माण गरी मन्त्रिपरिषद्बाट पारित गरिएको हो । यो ऐन एक दुई दिनभित्रै प्रदेशसभामा पेश हुने मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेशसभाबाट यो ऐन…

Read More

उद्घाटन खेलमा साउदी फराकिलो गोलअन्तरले पराजित, घरेलु मैदानमा रसियाली गोलको बर्षा

उद्घाटन खेलमा साउदी फराकिलो गोलअन्तरले पराजित, घरेलु मैदानमा रसियाली गोलको बर्षा

२१औं विश्वकपको उद्घाटन खेलमा आयोजक राष्ट्र रसियाले शानदार जित हासिल गरेको छ । साउदी अरेबियालाई ५-0 गोल अन्तरले हराउँदै रसियाले सन् २०१८ को विश्वकप फुटवलको सुखद सुरुवात गरेको हो । नेपाली समय अनुसार बिहीबार राति पौने ९ बजे सुरु भएको खेलमा रसियालाई जिताउन डेनिस चेरसेबले २ तथा युरी ग्याजिन्स्की, आर्तेन जुबा र अलेक्जेण्डर गोलोविनले १-१ गोल गरेका छन । खेलको १२ औं मिनेटमा नै ग्याजिन्स्कीको गोल मार्फत अग्रता लिएको रसियालाई चेरसेबले ४३ औं मिनेटमा अर्को गोल दिलाएका थिए । ७१ औ मिनेटमा जुबाले गोल गरे भने बाँकी २ गोल खेलको…

Read More

नेकपाको पार्टी सञ्चालन नियमावली अध्यक्षद्वयलाई बुझाइयो,सङ्गठित सदस्यले १०० रुपैया मासिक तिर्नुपर्ने

नेकपाको पार्टी सञ्चालन नियमावली अध्यक्षद्वयलाई बुझाइयो,सङ्गठित सदस्यले १०० रुपैया मासिक तिर्नुपर्ने

नेपाल कम्युनिस्ट पार्टीको बिधान र नियमावली सम्पादनसहित अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको छ । महासचिव बिष्णु पौडेल संयोजक तथा देवप्रसाद गुरूङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहेको नियमावली मस्यौदा कमिटीले ११ अनुच्छेद र ३३ दफा सहितको पार्टी सन्चालन नियमावली विहिवार बुझाएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्धयलाई निमायवली बुझाइएको र सो निमायवली बिधानको ब्याख्या सहित दिइएको मस्यौदा कमिटीका सदस्य तथा नेकपाका स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए । नियमावलीले नेपाल कम्युनिस्ट पार्टीको केन्द्रमा ३२ वटा बिभाग रहने व्यवस्था गरेको छ । बिभागमा प्रमुख, उपप्रमुख र…

Read More

वन कार्यालयका अधिकृत घुससहित पक्राउ

वन कार्यालयका अधिकृत घुससहित पक्राउ

जिल्ला वन कार्यालय रुकुम पश्चिममा कार्यरत सहायक वन अधिकृत रोहितकुमार शाह घुससहित पक्राउ परेका छन्। शाहसँगै कार्यलयको ग्रामीण वित्त सहायक सन्दीप अिधकारीलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। प्रहरी निरीक्षक अनिलराज गिरी नेतृत्वमा सुर्खेतबाट आएको अख्तियारको टोलीले सहायक अधिकृत शाह र वित्त सहायक अधिकारीलाई २३ हजार घुससहित रंगेहात पक्राउ गरेको हो। शाह इलाका वन कार्यालय आठबिसकोटमा कार्ररत थिए। कर्माचारी अभावका कारण उनी इलाका वन कार्यालय खोलागाउँको पनि काम सम्हालिरहेका थिए। अहिले भने उनी जिल्ला वन अधिकृत नहुदाँ निमित्त कार्यालय प्रमखको काम सम्हाल्न जिल्ला वन कार्यालयमा आएका हुन्।…

Read More

वैदेशिक रोजगार विभागका कर्मचारी ५० हजार घुससहित पक्राउ

वैदेशिक रोजगार विभागका कर्मचारी ५० हजार घुससहित पक्राउ

वैदेशिक रोजगार विभाग, बुद्वनगरमा कार्यरत शाखा अधिकृत रामप्रसाद ढुंगाना पक्राउ परेका छत् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले ढुंगानालाई ५० हजार घुससहित पक्राउ गरेको हो । सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा ढुंगानालाई बुद्वनगर कार्यलयबाट पक्राउ गरिएको अख्तियार स्रोतले बतायो । ढुंगानाबारे थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ ।

Read More

७७ वटै जिल्लालाई गृहको निर्देशनः एनजीओका पदाधिकारीको सम्पत्ति विवरण पठाउनू

७७ वटै जिल्लालाई गृहको निर्देशनः एनजीओका पदाधिकारीको सम्पत्ति विवरण पठाउनू

गृह मन्त्रालयले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका पदाधिकारीहरुको सम्पत्ति विवरण माग्न सुरु गरेको छ । बिहीबार मन्त्रालयले ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई त्यहाँ रहेका एनजीओ र आईएनजीओका पदाधिकारीको सम्पत्ति विवरण माग्न निर्देशन दिएको हो । गृह स्रोतका अनुसार त्यसरी संकलन गरिएको विवरण गोप्य शिलबन्दी गरेर लिनु पर्ने पत्रमा उल्लेख गरिएको छ । हाललाई एनजीओ र आईएनजीओमा कार्यरत् कर्मचारीहरुको सम्पत्ति विवरण भने पेश गर्नु पर्ने छैन । यसअघि गत २४ जेठमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाबीच भएको बैठकले एनजिओ र आईएनजिओको गतिविधि…

Read More

परिवर्तनको अनुभूतिका लागि संविधान संशोधन गर्नुपर्छ : राजेन्द्र महतो

परिवर्तनको अनुभूतिका लागि संविधान संशोधन गर्नुपर्छ : राजेन्द्र महतो

अनिल पोखरेल राजविराज । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले परिवर्तनको अनुभूति दिलाउनका लागि पनि संविधान संशोधन गर्न सरकार इमान्दार हुनुपर्ने बताएका छन् । कार्यकर्ता भेलालाई सम्बोधन गर्न बिहीबार राजविराज आएका महतोले संविधान संशोधन गर्न सजिलो होस् भनेर आफूहरूले पनि सरकारलाई समर्थन दिएको बताउँदै ‘अब पनि संविधान संशोधन भएन भने यो सरकारलाई पाप लाग्छ ।’ वर्तमान सरकार इतिहासकै बलियो भएको भन्दै उनले अब पनि संविधान संशोधन नगरे कहिले गर्ने भन्दै प्रश्न गरे । नेता महतोले प्रदेश २ मा सरकार परिवर्तन हल्ला वास्तविकता नभएको बताए । प्रदेश २ को सरकार मधेसी…

Read More

नेपाली सेनाको तराईमा फायरिङ, प्रधानसेनापति राजेन्द्र क्षेत्री पुगे निरीक्षणमा

नेपाली सेनाको तराईमा फायरिङ, प्रधानसेनापति राजेन्द्र क्षेत्री पुगे निरीक्षणमा

नेपाली सेनाले तराईमा फिल्ड फायरिङ अभ्यास गरिरहेको छ। धनुषाको भिमानमा सञ्चालित एयर डिफेन्स फिल्ड फायरिङ अध्यासको निरीक्षण गर्न विहीबार प्रधानसेनापति राजेन्द्र क्षत्री त्यहाँ पुगेका छन्। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार निरीक्षणका क्रममा उनले अभ्यास ईलाकाको स्थलगत वस्तुस्थिति र बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका थिए। फायरिङ्ग अभ्यासमा सहभागी फौजहरुले गरेको प्रदर्शनको अवलोकन पश्चात उनले सहभागी फौजलाई सम्बोधन समेत गरेका थिए। सम्बोधनको क्रममा उनले यस प्रकारको अभ्यासले फौजको पेशागत ज्ञान तथा दक्षता अभिबृद्धि हुन जाने विश्वास व्यक्त गरे। सो अवसरमा बलाध्यक्ष रथी हेमन्तराज कुंवर, सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी…

Read More

उत्पादन र प्याकिङ नेपाली देखाएर भारतबाट चामल आयात

उत्पादन र प्याकिङ नेपाली देखाएर भारतबाट चामल आयात

नेपालमा उत्पादन र प्याकिङ लेखाएर ठुलो परिमाणको चामल भारतबाट ल्याउने गरेको खुलासा भएको छ।भारतबाट ल्याइएको चामलको बोरामा नेपाली उत्पादन लेखेको पाइएपछि त्यस्तालाई के कारबाही गर्ने भन्ने अन्योल भएको छ। यद्यपि, उनीहरूले भन्सार गरेका छन्।गएराति साढे नौ बजे भारतबाट आएको चार वटा ट्रकलाई भन्सारमा रहेको सशस्त्र प्रहरीले जाँच गर्दा त्यस्तो रहस्य पर्दाफास भएको हो। भारतको बहराइचबाट ल्याइएको चामल नेपाली उत्पादन बजरंगी र उपकार लेखिएको बोरामा प्याक गरिएको छ। भारतको रामेश्वरलाल फुड प्रालिबाट ल्याइएको चामलको बिल रहेको छ। नेपालगञ्‍ज भन्सार कार्यालयले प्रतिकिलो ३१ रुपैयाँ भारुका दरले राजश्व काटेको छ।भन्सार तिरेर अगाडि बढेको…

Read More