काठ तस्कर गर्ने शसस्त्र प्रहरीका डिएसपीसहित ४ जना निलम्बित

काठ तस्कर गर्ने शसस्त्र प्रहरीका डिएसपीसहित ४ जना निलम्बित

गृह मन्त्रालयले काठ तस्कारीमा संलग्न शसस्त्र प्रहरीका डिएसपी रामप्रसाद भण्डारीसहित ४ जनालाई निलम्बन गरेको छ । संखुवासभास्थित चैनपुर सशस्त्र प्रहरी बेसक्याम्पका प्रमुख भण्डारीसहित प्रहरी जवान दीपक कट्टेल, मिलनकुमार राई र चालक दीपेन्द्रकुमार चर्माकारलाई निलम्बन गरेको हो । उनीहरुलाई सशस्त्र प्रहरी नियमावली अनुसार निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ । आइतबार भण्डारीसहितको टोली बा १ ग १६६९ नम्बरको ट्रक प्रयोग गरी करिब १ सय क्युफिट सालको काठ तस्कार गरी लैजाने क्रममा पक्राउ परेका थिए । संखुवासभाको चैनपुरबाट काठ तस्कार गरी सुनसरीको इटहरीतर्फ लैजाँदै गर्दा धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकास्थित सुरक्षा बेसक्याम्पबाट खटिएको…

Read More

गुन्डा नाइके ‘स्याल’ पक्राउ, छुटाउन कांग्रेसका नेताहरुको दवाब

गुन्डा नाइके  ‘स्याल’ पक्राउ,  छुटाउन  कांग्रेसका नेताहरुको दवाब

गुन्डा नाइके सञ्जिव लामा ‘स्याल’लाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार आरोपमा मंगलबार प्रहरीले लामालाई पक्राउ गरेको हो । आफ्नै रेष्टुरेन्टमा काम गर्ने एक युवतीलाई बलात्कार गरेको जाहेरपछि काभ्रेका लामालाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले पक्राउ गरेको हो । लामा नोला लाउञ्ज एण्ड बारका सञ्चालक हुन् । उनले आफ्नै होटलमा काम गर्ने युवतीले आफूलाई बलात्कार गरेको जाहेरी वृतमा दिएकी हुन् । प्रहरीले लामामाथि गम्भिर अनुसन्धान थालेको महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डिएसपी दानबहादुर मल्लले बताए । पटक–पटक पक्राउ पर्दै छुट्दै आएका लामा नेपाली कांग्रेसको महासमिति सदस्य समेत हुन् । नेपाली कांग्रेस निकट…

Read More

आज राति दुई बजेदेखि मलमास समाप्त हुने

आज राति दुई बजेदेखि मलमास समाप्त हुने

जेठ १ गते मंगलबार बेलुकी पाँच बजेर ५३ मिनेटदेखि शुरु भएको अधिकमास (मलमास) बुधबार राति दुई बजे समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।   अधिकमास भन्ने शब्दले सामान्यभन्दा बढी भएको महिना बुझिन्छ । जेठ १ गते मंगलबार बेलुकी पाँच बजेर ५३ मिनेटसम्म औँसी तिथि थियो । बेलुकी पाँच बजेर ५४ मिनेटमा शुक्ल प्रतिपदाको आदिमदेखि अधिकमास शुरु भई आज राति औँसीको अन्त्य अर्थात् राति दुई बजेसम्म रहेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । ‘ज्येष्ठ चान्द्रमासमा सूर्यसंक्रान्ति नपर्ने भएकाले यस वर्ष जेठमा अधिकमास…

Read More

कोरिया स्थित जिमनि ट्रान्सले गर्यो शाखा बिस्तार

कोरिया स्थित जिमनि ट्रान्सले गर्यो शाखा बिस्तार

कोरियाबाट अटो डेविट मोबाइल र अटो सेन्ड कार्ड सहज सेवा दिँदै आएको जिमनि ट्रान्सले गिम्हीमा पनि नयाँ शाखा सहित सेवा सुरु गरेको छ । यस अघि अन्सन र डोङडाजिमुन शाखा सहित विभिन्न घुम्ती शिविरबाट सेवा दिँदै आएको मा नयाँ शाखा खुलेसँगै गिम्ही, बुसन, डाईैगु, याङसान, उल्सान, मिर्याङ,हमान, सिन्जु लगायतका सेवाग्राही लाभान्वित हुने विश्वास लिइएको छ । जिमनि ट्रान्स कोरिया बाट पठाएको पैसा नेपालमा सिटी एक्सप्रेसका ५५०० भन्दा बढी भुक्तानी केन्द्रहरूबाट १० मिनेटमै प्राप्त हुन्छ भने नेपालका सम्पूर्ण बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीहरूमा पनि तुरुन्तै पैसा जम्मा गर्न सकिने सिटीएक्सप्रेस…

Read More

के भयो प्रधानमन्त्री ओलीविरुद्धको अवहेलना मुद्दा ?

के भयो  प्रधानमन्त्री ओलीविरुद्धको अवहेलना  मुद्दा ?

ज्यान मारेको अभियोगमा थुनामा रहेका माओवादी नेता बालकृष्ण ढुंगेलको कैद मिनाहा गरी अदालतको अवहेलना गरेको दाबीसहित सर्वोच्च अदालतमा पेस भएको निवेदन अस्वीकृत भएको छ । प्रधानमन्त्री केपी ओलीलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दर्ता गर्न खोजेको अवहेलनाको निवेदन मुद्दा महाशाखा प्रमुख नारायण पन्थीले दरपीठ आदेश लेखी अस्वीकृत गरेका हुन्। वरिष्ठ अधिवक्ता भण्डारीले सर्वोच्च अदालतको नजीर र विचाराधिन मुद्दा समेत प्रभावित हुने गरी ढुंगेलको कैद मिनाहा गरेर मन्त्रिपरिषद्‍का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अदालतको अवहेलना गरेको जिकिर गरी निवेदन दर्ताको प्रयास गरेका थिए। सह–रजिष्ट्रार पन्थीले गरेको दरपीठ आदेशमा ढुंगेल लगायतका कैदीहरुको कैद…

Read More

दीपिका पादुकोणको अपार्टमेन्टमा भीषण आगलागी

दीपिका पादुकोणको अपार्टमेन्टमा भीषण आगलागी

बलिउड अभिनेत्री दीपिका पादुकोणको अपार्टमेन्ट भवनमा बुधबार आगो लागेको छ। ३३ तलाको विउमोन्ड नामक टावरमा भीषण आगो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो भवनको २६ औं तलामा दीपिका बस्दै आएकी छिन्। ३० औं तलामा दीपिकाको अफिस छ। ३२ औं तलामा आगो लागेको हो। आगो नियन्त्रण गर्न फायर ब्रिगेडको ८ गाडी समयमै घटनास्थल पुगेका थिए। आगो माथि र तलका २/३ वटा अर्पाटमेन्टसम्म फैलिएको थियो। विउमोन्ड भवनमा दीपिकाले २०११ मा १६ करोड भारु हालेर फ्ल्याट खरिद गरेकी थिइन्। आगो लागेको बेला दीपिका घरबाहिर थिइन्। घटनाबारे जानकारी पाएपछि दीपिकाले आफू सुरक्षित रहेको जानकारी…

Read More

सम्पत्तिको लोभमा भाइको हत्या, दूधमा औषधि मिसाई बेहोस बनाएपछि घाँटी थिचेको खुलासा

सम्पत्तिको लोभमा भाइको हत्या, दूधमा औषधि मिसाई बेहोस बनाएपछि घाँटी थिचेको खुलासा

सम्पत्तिको लोभमा आफ्नै दाजुले भाइको हत्या गरेको खुलेको छ । भैरहवामा नौ दिनअघि भएको एक युवकको हत्यामा आफ्नै दाजुको संलग्नता रहेको पाइएको हो ।गत जेठ २१ सिद्धार्थनगर नगरपालिका ८ लेखनाथपथका सतिस साहनीको शंकास्पद मृत्यु भएको थियो । उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतकको दाजु सञ्जय साहनीले भाइ सतिसलाई निद्रा लाग्ने औषधी दूधमा मिसाएर सेवन गराई बेहोस बनाएपछि घांटी थिचेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  सम्पत्तिको लोभले सौतेनी भाइको हत्या भएको अनुसन्धानमा खुलेको हो । हत्यामा संलग्नताको पुष्टी भएपछि सञ्जयलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको उनले…

Read More

छुट्न नपाउँदै फेरि पक्राउ परे भीएलएनका सञ्चालक श्रेष्ठ

छुट्न नपाउँदै  फेरि पक्राउ परे भीएलएनका सञ्चालक श्रेष्ठ

वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ठगी गरेको आरोपमा पक्राउ परेका भीएलएनका सञ्चालक राम श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले १० लाख धरौटीमा छाड्न अादेश दिएको छ । तर, प्रहरीले फेरि पक्राउ गरेको छ । बुधबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमर बस्नेतको इजलानसले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर, त्यसलगत्तै, उनीलाई प्रहरीले पुनः पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जिल्ला प्रहरी कार्यालय, ललितपुरमा उनी सम्बन्धित अर्को उजुरी अनुसन्धानको क्रममा भएकाले पक्राउ गरिएको बताए । ‘ललितपुर प्रहरीबाट आएको पत्र अनुरुप उनलाई ललितपुर प्रहरी समक्ष…

Read More

तत्कालीन माओवादीका ९ हजारभन्दा बढी नेता कार्यकर्ता माथि अदालतमा मुद्दा

तत्कालीन माओवादीका ९ हजारभन्दा बढी नेता कार्यकर्ता माथि अदालतमा मुद्दा

सभामुख कृष्णबहादुर महरा सहित तत्कालिन माओवादीका ९ हजार नेता कार्यकर्तामाथि बिभिन्न अदालतमा मुद्दा विचाराधीन रहेको खुलेको छ ।नेकपाका प्रमुख सचेतक देव गुरुङले यी मुद्दा कुनै पनि बेला सक्रिय हुन सक्ने भन्दै तत्काल कानुन संशोधन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरमा ल्याउनुपर्ने बताएका छन् ।प्रतिनिधिसभामा कानुन मन्त्रालय अन्तर्गतको बजेट विनियोजनमा छलफलमा भाग लिदै प्रमुख सचेतक गुरुङले अदालतमा ८ सय भन्दा बढी मुद्दा जनयुद्धकालका रहेको बताए । उनले शान्ति प्रक्रियामा आउनुअघिका ती मुद्दा कुनै पनि बेला सक्रिय हुनसक्ने बताए । त्यस्तै १२ सय भन्दा बढी मुद्दा प्रहरीमा दर्ता भएर बसेको समेत…

Read More

मन्त्रीलाई प्रश्न सोधेकै भरमा टेलिभिजनको कार्यक्रम बन्द गरेकोप्रति महासंघको आपत्ति

मन्त्रीलाई प्रश्न सोधेकै भरमा टेलिभिजनको कार्यक्रम बन्द गरेकोप्रति महासंघको आपत्ति

नेपाल टेलिभिजनमा १२ वर्षदेखि प्रसारण हुँदै आएको ‘सिधा प्रश्न’ कार्यक्रममा सञ्चारमन्त्री गोकुल बास्कोटालाई प्रश्न सोधेकै भरमा कार्यक्रम नै बन्द गर्न मन्त्रीले निर्देशन दिएपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।कार्यक्रम प्रस्तोता राजु थापाले प्रश्न सोधेकै आधारमा कार्यक्रम नै बन्द गराइएको घटनाप्रति विज्ञप्ति निकालेर महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको हो।हरेक शनिबार राति ८स्४५ मा प्रसारण हुने कार्यक्रमअन्तर्गत गत शनिबार सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटासँगको कुराकानीमा प्रस्तोता थापाले सम्पत्ति विवरणको विषयमा प्रश्न गरेका थिए। अन्तवार्तामा चर्काचर्का प्रश्न सोधेको भन्दै मन्त्री बास्कोटाले कार्यक्रम नै बन्द गर्न निर्देशन दिएका थिए। त्यसपछि कार्यक्रम बन्द भएको हो।प्रश्न…

Read More