शंकरदेवका विद्यार्थी बोकेको बस दुर्घटना, एकको अवस्था गम्भिर

शंकरदेवका विद्यार्थी बोकेको बस दुर्घटना, एकको अवस्था गम्भिर

धादिङ त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनीबेसी नगरपालिका वडा नं ८ याकघर नजिकै मंगलबार विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा परि  चालकसहित ५ जना घाइते भएका छन् भने एकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । । तनहुँबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ४०३६ नम्बरको बस अनियन्त्रित भई नालामा पल्टिएको थियो।  घाइतेहरुको नाम भने खुल्न सकेको छैन।  गम्भीर अवस्था रहेका घाइतेको उपचारका लागि काठमाडौँ पठाइएको छ। काठमाडौँस्थित शंकरदेव क्याम्पसमा अध्ययनरत २६ जनाको टोली भम्रणमा गई फर्कने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ।

Read More

प्रधानमन्त्री कप : आर्मीद्वारा एपीएफ ७० रनले पराजित

प्रधानमन्त्री कप : आर्मीद्वारा एपीएफ ७० रनले पराजित

काठमाडौँमा जारी प्रधानमन्त्री कप वान डे क्रिकेट अन्तर्गत समूह ए को अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई पराजित गर्दै समूह विजेता बनेको छ । विभागीय भिडन्तमा आर्मीले एपीएफलाई ७० रनले पराजित गरेको हो । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा २ सय २९ रनको लक्ष्य पछ्याएको एपीएफले ३२ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १ सय ५८ रन मात्र बनाउन सक्यो । त्यसअघि वर्षाका कारण ४० ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ४० ओभरमा सबै विकेट गुमाएर २ सय २८ रन बनाएको थियो । जितपछि आर्मी समूह ए…

Read More

नेपालीको सुरक्षा घेरा भित्र ट्रम्प र किम

नेपालीको सुरक्षा घेरा भित्र ट्रम्प र किम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको सुरक्षामा नेपाली मुलका गोर्खाली सेना खटिने भएका छन्। दुई नेताबीच यही महिना (जुन १२) मा सिंगापुरमा पहिलोपटक भेट तथा शिखर वार्ता हुँदैछ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्प र किमको भेटवार्ताको दौरान सुरक्षाका लागि सिंगापुर सरकारले गोर्खाली सेना खटाउन लागेको हो। सिंगापुरका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार ट्रम्प र उनबीच भेटवार्ता हुने स्थान, होटेल र सडकहरुमा गोर्खाली सैनिकलाई खटाइएको छ। ट्रम्प र उनले आ–आफ्ना सुरक्षाकर्मी लिएर आउने भएतापनि बाहिरी भागको सुरक्षाका लागि सिङ्गापुरले प्रहरीसँगै गोर्खाली सैनिक खटाएको उक्त…

Read More

मोदीको चलचत्रिमा परेश रावलले अभिनय गर्ने

मोदीको चलचत्रिमा परेश रावलले अभिनय गर्ने

भारतीय जनताका पार्टीका नेता तथा सांसद समेत रहेको रावलले नरेन्द्र मोदीको ‘क्यारेक्टर’ गर्न त्यति सजिलो नभएको बताए। मोदीको भूमिका निर्वाह गर्न धेरै चुनौती रहेको उनले बताएका छन्। सञ्जय दत्तको बायोपिकमा आधरित फिल्म सन्जुमा रावालले सुनिल दत्तको अभिनय गरेका छन्। बन्न लागेको चलचित्रको कथावस्तु र स्क्रिप्टलाई अन्तिम रुपमा दिने तयारी भइरहेको उनले भारतीय सञ्चारमाध्यमहरुलाई जानकारी दिए। उक्त बायोपिक चलचित्रको छायांकन यो वर्षको सेप्टेम्बर र अक्टोबरमा हुने रावालको भनाइलाई उधृत गर्दै भारतीय पत्रिका द इन्डियन एक्सप्रेसले जनाएको छ। रावालले यसअघि सन् १९९४ मा सरदारको बायोपिक चलचित्रमा अभिनय गरेका थिए। बलिउडका थुप्रै ब्लकबस्टर…

Read More

सुन प्रकरणः गोरेका सहयोगी रामकुमार तिवारी पक्राउ

सुन प्रकरणः गोरेका सहयोगी रामकुमार तिवारी पक्राउ

३३ किलो सुनकाण्ड र मोरङका सनम शाक्य हत्या प्रकरणमा मुछिएका चूणमणि उप्रेती ‘गोरे’का सहयोगी राम तिवारी पक्राउ परेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमनले गोरेको बयानका आधारमा मंगलबार तिवारीलाई पक्राउ गरेको हो । गोरेले बयानका क्रममा तिवारीले आफ्नो कामको कानुनी पक्ष हेर्ने बताएका थिए । तिवारीलाई अध्यागमन कार्यालयले कोरियन एयरलाइन्सबाट काठमाडौं आउने क्रममा पक्राउ गरेको हो । पक्राउ परेका तिवारीलार्य अध्यागमनले प्रहरीलाई बुझाउने तयारी गरेको छ ।

Read More

वैदेशिक रोजगारको ठगी : यसरी भयो रकम फिर्ता,कार्यकक्षमै कर्मचारी गुट्खा चपाउँदै (भिडियोसहित)

वैदेशिक रोजगारको ठगी : यसरी भयो रकम फिर्ता,कार्यकक्षमै कर्मचारी गुट्खा चपाउँदै (भिडियोसहित)

विनोद देवकोटा टिभी अन्नपूर्ण । नेपालबाट प्रत्येक दिन १५ सय बढीको सङ्ख्यामा नेपालीहरू नेपाली भूमि छोडेर तेस्रो मुलुक हानिन्छन् । वैदेशिक रोजगार विभागमा दैनिक पन्ध्रै सय बढीको सङ्ख्यामा सेवा लिन बेदेशिक रोजगारमा जाने सेवाग्राहीहरुको भिड हुन्छ । दैनिक सयौँको सङ्ख्यामा विभागमा आउने सेवाग्राही ठगिन भने अझै रोकिएको छैन । उनीहरूले वैदेशिक रोजगार विभागको काठमाडौँ ताहाचल स्थित कार्यालयमा श्रम स्वीकृति लिन आउँदा प्रति व्यक्ति ५ सय देखि पन्ध्र सयसम्म ठगिरहेको पाइएको छ । उनीहरूले श्रम स्वीकृति लिँदा बुझाउनु पर्ने १ हजार ५ सय र बिमा रकम बुझाउँदा ठगिनु परेको पाइएको छ । विभिन्न…

Read More

सेती नदीको पुल भाँचिदा तीन कामदार घाइते

सेती नदीको पुल भाँचिदा तीन कामदार घाइते

निर्माणाधीमा रहेको सेती नदीमाथिको पुल भाँचिएको छ । सेती नदीमा निर्माणाधीन झुलुङ्गे पुल भाँच्चिदा तीनजना घाइते भएका छन् । शिखर नगरपालिका–१ गेरुपानी र दिपायलको सिलगढी नगरपालिका–३ बाँफी जोड्ने निर्माणाधीन झुलङ्गे पुल भाँच्चिदा तीनजना कामदार घाइते भएका हुन् । लामो दुरीमा निर्माणाधीन पुल के कारणले भाँचिएको भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।

Read More

यस्तो सम्म भनिन् गायिका लामाले, रातो कट्टु खोल्ने घोषणा

यस्तो सम्म भनिन् गायिका लामाले, रातो कट्टु खोल्ने घोषणा

सामाजिक सञ्जाल फेस्बुकमा स्टाटस लेख्दै गायिका सरस्वती लामाले ‘भित्र लगाउने मेरो रातो कट्टु मलेसियामा खोलेर फाल्ने घोषणा गरेकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमा लेख्दै आफूले लगाएको भित्री वस्त्र ‘रातो कट्टु’ खोलेर फाली दिने बताएकी हुन । उनले लेखेकी छिन्, कार्यक्रममा प्रस्तुति दिनेबेला ‘खाली तलबाट चिह्याएर हेर्नेहरुले त्यसपछि के हेर्दा रहेछन् हेर्दैजाउ न’ । मलेसियामा हुने मेघा लाइभ कन्सर्टमा मलेसियाको मलायुमा हरिराया पर्वको अवसरमा मेघा लाइभ कन्सर्ट २०७५ आयोजना गर्न लागेको छ। उक्त कन्सर्टमा हट एण्ड बोल्ड गायिका ज्योति मगर , सरस्वती लामा, त्यसै गरी थारु समुदायका हट मोडल…

Read More

अध्यक्षले कार्यकारी अधिकृतलाई कुटेपछि कामकाज ठप्प

अध्यक्षले कार्यकारी अधिकृतलाई कुटेपछि कामकाज ठप्प

सप्तरीको बोदे बर्साइन नगरपालिकामा एकजना कर्मचारीमाथि हातपात गरिएको छ । एक उपभोक्ता समितिका अध्यक्षले नगरपालिकाका निमित्त कार्यकारी अधिकृत उमेश यादवमाथि हातपात गरेका हुन् । नगरपालिकाको वडा नम्बर ५ मा विद्युतिकरणका लागि गठन भएको उपभोक्ता समितिका अध्यक्ष महेश यादवले मंगलबार हातपात गरेको कर्मचारीहरुले बताएका छन् । पाँच लाखको योजनाको काम गर्न गठित समितिका अध्यक्ष महेशले काम गर्नुअघि धरौटी वापत नगरपालिकाको खातामा जम्मा गरेको २० प्रतिशत रकम फिर्ता माग्दै हातपात र दुव्र्यबहार गरेको कार्यकारी अधिकृत यादवले बताए । उपभोक्ता समितिका अध्यक्ष बन्दा नगरपालिकामा लेखापाल थिएनन् । करिब एक महिनासम्म लेखापाल नहुँदा नगरपालिकाको…

Read More

नेकपा र फोरम मिलेर सत्ता कब्जा गर्न उद्धत रहेको काँग्रेस, राजपाको निष्कर्ष

नेकपा र फोरम मिलेर सत्ता कब्जा गर्न उद्धत रहेको काँग्रेस, राजपाको निष्कर्ष

प्रमुख प्रतिपक्षमा रहेका दल नेपाली कांग्रेस र राजपाका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । स्रोतका अनुसार दुवै पार्टीका नेताहरुबीच बसेको गोप्य बैठकमा वर्तमान सत्तारुढ दल नेकपा र संघीय समाजवादी फोरम नेपाल सत्ता कब्जा गर्न उद्धत रहेको निश्कर्ष निकालेको छ । त्यस्तै प्रतिनिधि सभा सञ्चालन नियामावली पनि सर्वसम्मतीबाटै पारित गराउनुपर्नेमा उनीहरुको जोड छ । उक्त नियामावली सर्वसम्मतीबाट पास नगरी बहुमतबाट अघि बढाईए संसदमा जस्तोसुकै मुठभेड गर्नपनि पछि नहट्ने कांग्रेस–राजपा नेपालका नेताहरुको निश्कर्ष छ ।राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले भने,‘सर्वसम्मतीबाट उक्त नियामाली पारित हुन सकेन भने हामी संसदमा मुठभेड गर्नपनि…

Read More