किन डिलेट भयो पत्रकारले विमानस्थलमा भेटेको एक्सक्लुसिभ भिडियो ? अनुसन्धान गर्ने कसले ?

किन डिलेट भयो पत्रकारले विमानस्थलमा भेटेको एक्सक्लुसिभ भिडियो ? अनुसन्धान गर्ने कसले ?

राजकुमार विष्ट । गत बिहीबार रिपोर्टिङको क्रममा विमानस्थल पुगेका टिभी अन्नपूर्ण का ५ जना पत्रकार ६ घण्टा विमानस्थल प्रशासनको नियन्त्रण परे । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीको अनुमति र निमित्त सुरक्षा प्रमुख एसएसपी देव बहादुर वोगटीलाई जानकारी गराएर सुरु भएको समाचार सङ्कलनमा केही कर्मचारीले हस्तक्षेप गरेको घटनाको अहिले सर्वत्र निन्दा भएको छ । त्यसो त विमानस्थल हुदैं भित्रिएको सुन काण्डले देश तातेको बेला, अर्को विमानस्थलकै कर्मचारी तस्करीको अनुसन्धानमा पक्राउ पर्नुले विमानस्थलका कर्मचारीको तस्करीमा संलग्नताक विषय छिप्ने ठाउँ छैन । यसमाथि तस्करी हुँदै गरेको सूचनाका आधारमा एक्सक्लुसिभ भिडियो खिच्ने मिसन बोकेर छिरेका…

Read More

दु्र्गा तिवारी र बलु पौडेल हत्या प्रकरणमा नेता पक्राउ

दु्र्गा तिवारी र बलु पौडेल हत्या प्रकरणमा नेता पक्राउ

बुटवल । युवा संघ रुपन्देहीका तत्कालीन जिल्ला अध्यक्ष दुर्गा तिवारी र फर्निचर व्यवसायी बसन्त पौडेल ‘बलु’ को हत्यामा संलग्न थप १२ जनाविरुद्ध सोमबार मुद्दा दायर भएको छ । बुटवलका हरिप्रसाद श्रेष्ठ, सुजु मल्ल, उत्तम आचार्य, रोशन खड्का, देवदहका लेखनाथ न्यौपाने र तुल्सीराम न्यौपानेविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । उनीहरुलाई करिब डेढ महिनाअघि नै प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको थियो । श्रेष्ठ मदिरा उद्योगी, मल्ल युवा संघका पूर्वकेन्द्रीय सदस्य, आचार्य युवा संघकै पूर्वजिल्ला नेता, न्यौपाने तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । यस्तै पौडेलको हत्यामा…

Read More

प्रधानमन्त्री कप : एपीएफ सेमिफाइनलमा प्रवेश

प्रधानमन्त्री कप : एपीएफ सेमिफाइनलमा प्रवेश

विभागीय टोली एपीएफ काठमाडौँमा जारी प्रधानमन्त्री कप वान डे क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रदेश २ लाई ९६ रनले हराएपछि ३ खेलबाट ६ अङ्क जोडेको एपीएफले आर्मीसँगै अन्तिम चारमा स्थान पक्का गरेको हो । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सोमबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको एपीएफले प्रदिप ऐरीको १ सय ५८ तथा सुवास खकुरेलको १ सय ३ रनको मद्दतमा ३ सय ३९ रन बनाएको थियो । दोस्रो इनिङ्सको खेल वर्षाले प्रभावित बनेपछि प्रदेश २ ले २८ ओभरमा २ सय २ रनको नयाँ लक्ष्य पाएको थियो । तर उसले २८…

Read More

मानव बेचबिखन गर्ने दलालको लागि कञ्चनपुर सहज नाका

मानव बेचबिखन गर्ने दलालको लागि कञ्चनपुर सहज नाका

 वैदेशिक रोजगारीका नाममा धेरै महिला मानव बेचबिखनको शिकार बनिरहेका बेला कञ्चनपुर बिचौलिया (दलाल)को लागि सहज नाका बनेको छ। बर्षेनि सयौँ महिलालाई गड्डाचौकीलगायत यहाँका नाकाबाट उद्धार गरिरहेको माइती नेपाल कञ्चनपुरका अनुसार पछिल्लो समय भारत हुँदै तेस्रो मुलुक जाने भन्दै महिलालाई चलाखीपूर्ण ढंगले नाका कटाउने गरिएको छ। “हामीलाई नाकामा छल्न प्रायः महिला रोजगारीका लागि भारतको सिमला र आफन्त भेट्न दिल्लीसम्म जान लागेको भन्छन्”, माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन, “दिल्ली र सिमला भन्ने प्रायः महिला तेस्रो मुलुक जान लागेका हुन्छन्।” अधिकांश महिलालाई महिला दलालले नै भारत लैजाने गरेको पाइएको छ। स्थलमार्ग…

Read More

गणतन्त्र पछिका वेथीतीहरु

गणतन्त्र पछिका वेथीतीहरु

विजय ज्ञवाली समय बल्ल आशवान बन्दैछ। दशकौँ लामो सङ्क्रमण चिर्दै संविधानसभाद्वारा जारी गरिएको संविधानको जगमा तिनैतहको निर्वाचन पनि सम्पन्न भैसकेका छन्। चुनावताका दुई ठुला कम्युनिस्ट घटकबिच संयुक्तरूपमा गरिएको चुनावी तालमेलले अधिकांश स्थानीय तहमा बाम गठबन्धनकै वर्चस्व रहन गयो भने केन्द्रमा समेत झन्डै दूईतिहाई हाराहारीको बलियो बाम सरकार बन्न पुगेको छ। यत्तिमात्र नभएर पछिल्लो समय तिनै दुई ठुला बाम शक्तिबिच एकतासमेत भैसकेको छ। यसरी एकताको सूत्रमा बाँधिई यौटै सग्लो पार्टीमा रुपान्तरित नेपाल कम्युनिस्ट पार्टीको हाल सरकार र सदनमा जवर्जस्त उपस्थिति रहेको छ। एउटा स्थायी सरकार, राजनैतिक स्थिरता, सुशासन, सुरक्षा तथा विकाशको…

Read More

बीपी राजमार्गमा ठूला गाडी नचलाउन सर्वोच्चको आदेश

बीपी राजमार्गमा ठूला गाडी नचलाउन सर्वोच्चको आदेश

बीपी राजमार्गमा ठूला गाडी सञ्चालनको अनुमति दिने सरकारी निर्णयमा सर्वोच्च अदालतले ब्रेक लगाइदिएको छ ।न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले बीपी राजमार्गमा ठूला गाडी सञ्चालन गर्ने दिने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । साथै सर्वोच्चले यस्तो अनुमति दिनुपर्नाको कारणबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ । यही जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले बीपी राजमार्गमा ठूला सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

Read More

दुर्इ सवारी साधन ठक्कर खाँदा आगलागी

दुर्इ सवारी साधन ठक्कर खाँदा आगलागी

धादिङ पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका – ७ जुगेखोला नजिकै दुर्इ सवारी साधन एक आपसमा ठक्कर खाँदा मालवाहक ट्रकमा आगलागी भएको छ ।  चितवनबाट काठमाण्डौंतर्फ जादै गरेको ना ५ ख ८७७० नम्वरको मालवाहक ट्रक र नौविसेबाट बैरेनीतर्फ आउदै गरेको ना १७ च १०९३ नम्वरको जीप एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा जिपमा सवार तीनजना घाइते भएका छन । ट्रकको डिजेल ट्याङ्की फुटेर आगो लागेको हुन सक्ने प्रहरीले बताएको छ । दुई सवारी साधन जुधे लगत्तै मालवाहक ट्रकमा आगो लागेको स्थानीय शिवराज आचार्यले जानकारी दिए । आगो नियन्त्रणमा लिनको…

Read More

सम्बन्ध सुधार्ने नाममा महिलाले खानामा महिनावारीको रगत मिसाएपछि ..

सम्बन्ध सुधार्ने नाममा महिलाले खानामा महिनावारीको रगत मिसाएपछि ..

मालिक र कामदारबीचको सम्बन्ध अक्सर त्यति सुमधुर मानिंदैन । अक्सर मालिकहरूले कामदारहरूको शोषण गर्ने गरेको गुनासाहरू सुनिने गर्दछ त्यति मात्र होइन मालिकहरूले समेत कामदारहरूले कम्पनीको हित अनुरुप काम नगरिरहेको गुनासा गरिराख्छन् । विशेष गरेर मालिकको नजिक भइयो भने विभिन्न फाइदाहरू लिन सकिने भएकाले नै कतिपय मानिसहरू यसकानिम्ति विभिन्न प्रयत्नहरू गरिराख्छन् ।यस्तै अनौठो र उदेकलाग्दो प्रयत्न एउटा इण्डोनेसियाली महिलाले गरेकी छिन् । इन्द्रा निंसिह नाम गरेकी ती २६ वर्षीय महिलाले केही समय अघि आफ्नो मालिकसँगको अस्थिर सम्बन्ध सुधार्ने उपायका नाममा खानामा महिनावारीको रगत मिसाएकी हुन् । द स्ट्याण्डर्ड अखबारले जनाए अनुसार…

Read More

ऐनकानून छिटो बन्छन्ः अध्यक्ष तिमिल्सिना

ऐनकानून छिटो बन्छन्ः अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संविधानको पूर्ण कार्यान्वयनका लागि ऐनकानून छिट्टै बन्ने बताउनुभएको छ ।नेपाल पत्रकार महासङ्घ बागलुङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संसद्मा विधेयक र बजेटमाथिको छलफल एकसाथ चलिरहेकाले प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने कानुन छिट्टै निर्माण हुने उल्लेख गर्नुभयो । आजै अध्यक्ष तिमिल्सिनालाई बागलुङ नगरपालिकाले सम्मान गरेको छ । सो अवसरमा उहाँले भागवत सर्वजीत विश्वकर्मा प्रतिष्ठान बागलुङले प्रकाशन गरेको स्मारिका ‘भगत सर्वजित’ को विमोचन गर्नुभयो ।(रासस)

Read More

हात खुट्टा बाँधेर रुपन्देहीमा एक युवकको हत्या

हात खुट्टा बाँधेर रुपन्देहीमा एक युवकको हत्या

रुपन्देहीको भैरहवामा एक युवकको हात खुट्टा बाँधेर हत्या गरिएको छ । आइतबार राति खाना खाएर कोठामा सुतेका सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुर का २२ वर्षीय सतिश सहानीको शव सोमबार बिहान हातखुट्टा बाँधिएको अवस्थाको फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।हात खुट्टा प्लाष्टिकको डोरीले र मुख प्लाष्टिकले बाँधेर साहनीको हत्या गरिएको पाइएको उनले बताए । उनका अनुसार घरको माथिल्लो तल्लामा मृतक साहनीे एक्लै र भुइँतल्लामा उनका दाजुको परिवार बस्ने गरेका थिए ।घटनाको प्रकृति हेर्दा मृतक सुत्ने कोठाको भित्रबाट चुकुल लागेको ९तारले बन्द गरिएको० कारण ढोका नखोलिएको र…

Read More