सनमको हत्यापछि प्रहरीले गोरे र उनकी श्रीमतिलाई फोन गरेर यस्तो सम्म भने (सुन्नुहोस् ३४ मिनेटको अडियो )

सनमको हत्यापछि प्रहरीले गोरे र उनकी श्रीमतिलाई फोन गरेर यस्तो सम्म भने (सुन्नुहोस् ३४ मिनेटको अडियो )

जेठ ११ गते सुनकाण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले प्रहरीसामु आत्मसमपर्ण गरेर अहिले पूर्पक्षका लागी थुनामा छन । तस्करीको सुन हराएपछि आफ्नै साथी सनम शाक्यलाई हत्या गरि फरार गोरेले आफ्नो बयानमा तस्करीमा एयरपोर्ट सुरक्षामा कार्यरत एसएसपी श्याम खत्रीको समेत सलग्नता भएको बयान दिएका छन । यो घटनामा धेरै प्रहरी अधिकृतको समते संलग्नता भएको देखिएपछि अहिले उनिहरुलाई थुनामा राखेर अनृुसन्धान अघि बढिरहेको छ । यहि अवस्थामा गोरे उनकी पत्नी प्रहरीका डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेलकोका बीचमा फोनमार्फत घटना लुकाउने योजनाका लागी गरिएको संवादको अडियो टिभी अन्नपूर्णले प्राप्त गरेको छ ।…

Read More

भारतको ज्यादती : ईन्धन लिन गएका नेपालीलाई ३ दिनसम्म बन्धक बनाएर कुटपिट

भारतको ज्यादती : ईन्धन लिन गएका नेपालीलाई ३ दिनसम्म बन्धक बनाएर कुटपिट

नेपाल भारतको सीमा रक्सौल नाकाहुँदै ईन्धन लिन भारत गएका चालक तथा सहचालकलाई भारतीय प्रहरी र स्थानीयले जेठ १६ देखि १९ गतेसम्म बन्धक बनाई कुटपिट गरेका छन्। पेट्रोलियम पदार्थ लिन रक्सौल हुँदै भारतको आईसिपि कष्टम पुगेका ट्यांकर चालक तथा सह चालकलाई भारतीय प्रहरी एसएसबीका जवानले कुटपिट गरेका हुन्। भारतीय प्रहरीको कुटाईबाट  ना ७ ख १७४० नम्बरका चालक देव थापा, ना ७ ख २४७४ का चालक पशुपति मैनाली, ना ४ ख १५९३ का सहचालक राजेश बिक, ना ६ ख ६९४२ का चालक टेकलाल गोले, सहचालक गोरे लामा, ना ४ ख १५९४ का…

Read More

योग्यता र क्षमता भएका नेतालार्इ एकतामा अन्याय भयोः भिम रावल

योग्यता र क्षमता भएका नेतालार्इ एकतामा अन्याय भयोः भिम रावल

नेपाल कम्यूनिष्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले केन्द्रीय सचिवालय पुनर्गठन गरी आफूलाई समावेश गर्नैपर्ने माग गरेका छन् । आइतबार धनगढीमा पत्रकार सम्मेलन गरी रावलले पार्टी नेतृत्वले योग्यता र क्षमता भएका नेतालार्इ एकतामा अन्याय गरेको गम्भीर आरोपसमेत लगाए । एमाले र माओवादी केन्द्रबीचको एकीकरणका क्रममा दुवै दलका नेतृत्वले योग्यता र क्षमता भएकालार्इ अन्याय गरेको रावलको भनाई थियो । प्रदेश–७ मै योग्यता क्षमता भएका नेता कार्यकर्तामाथि अन्याय गरेको, आफ्नो चाकडी नगर्नेलाई चपरी मुनी पनि ठाउँ दिन्न भन्दै राजनीतिबाट सन्याश लिन बाध्य पारेको आरोप रावलमाथि लागेको बेला पहिलो पटक उनी आफैले नेतृत्वले…

Read More

बजेट छलफलमा कसले के भन्यो ?

बजेट छलफलमा कसले के भन्यो ?

सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेटमा सांसदहरुले पक्ष विपक्षमा विभक्त भई आफ्नो विचार व्यक्त गर्नुभएको छ । आर्थिक वर्ष २०७५÷०७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सांसदहरुले पक्ष विपक्षमा आफ्नो धारणा राख्नुभएको हो । विशेष गरी सत्ता पक्षीय सांसदहरुले बजेटको खुलेर समर्थन गर्नुभयो भने विपक्षी दलका सांसदहरुले बजेट महत्वाकांक्षी रहेको भन्दै कार्यान्वयन जटिल हुने धारणा राख्नुभयो । सांसद बिनाकुमारी श्रेष्ठले कर्णालीमा खाद्य संकट, कर्णाली जनतालाई बैंकसम्मको पहुँच नभएको उल्लेख गर्दै कर्णालीका जनताप्रति सरकारले उपेक्षा गरेको आरोप लगाउनुभयो । सन्तुलित र सुदृढ अर्थतन्त्रका लागि तयार…

Read More

जनतासमक्ष गरेको वाचा कबुल पूरा : प्रचण्ड

जनतासमक्ष गरेको वाचा कबुल पूरा : प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई दश वर्षभित्र नयाँ गतिमा लैजाने बताएका छन् । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको समापन समारोहमा आइतबार घान्द्रुकमा उनले भने, ‘सात दशक राजनीतिक परिवर्तनमा बितायौँ, अब नेपालीलाई खुसी बनाउन समय खर्चन्छौँ । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको समापनका अवसरमा आइतबार घान्द्रुकमा बोल्दै पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ।उनले पार्टी एकता गरेर जनतासमक्ष गरेको वाचा कबुल पूरा गरेको उल्लेख गरे । उनले भने, ‘अब समृद्ध नेपालको वाचा पूरा गर्न एकताबद्ध भएर अघि बढ्छौँ ।’ उनले कास्की र अन्नपूर्ण गाउँपालिकाको विकासका लागि आप्नो तर्फबाट गर्न सक्ने सबै पहल…

Read More

काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाहीको तयारी

काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाहीको तयारी

मलेखु, धादिङ,थाक्रे गाउँपालिका– ११ मा पक्की पुल निर्माण गर्न ठेक्का लिएको इशान कन्सट्रक्सनले तोकिएको मितिभन्दा चार वर्ष बढी समय भइसक्दा समेत काम पूरा गरेको छैन । डिभिजन सडक कार्यालयले पटक÷पटक म्याद थपेर पनि काम नगरेपछि कालोसूचीमा राखेर पुनःठेक्का लगाएको छ । सडक डिभिजन कार्यालयले कारबाही भने गर्न सकेको छैन । गत वर्ष नै निर्माण गरिसक्नुपर्ने नाना कन्सट्रक्सनले धुषा स्वास्थ्यचौकी भवन, हुलाकभञ्ज्याङ चैनपुर बाँकोटघाट सडकस्तर उन्नती, गल्छीपुल डुम्रीचौर सडक, चिसापानी कोइलीखर्क सडक स्तरोन्नतिलगायत काम सम्पन्न भएको छैन । गृह मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालयले ठेक्का लिएर समयमै काम नगर्ने ठेकेदार कम्पनीको…

Read More

सानिमा लाईफको थप तीन नयाँ शाखा सञ्चालनमा

सानिमा लाईफको थप तीन नयाँ शाखा सञ्चालनमा

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो शाखा विस्तारको क्रममा थप तीन शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाइको उपस्थितमा दाँङ , बुटवल र नेपालगन्जमा उद्घाटन गर्दै सेवा सुरु गरेको हो।कम्पनीले व्यावसायिक लक्ष्य प्राप्तिका लागि देशभरि शाखा सञ्जाल विस्तार गरी प्रचार प्रसार को माध्यमबाट सर्वसाधारणमा बिमा चेतना जगाई नेपालीहरूलाई जीवन बिमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बिमा सेवा प्रदान गर्ने उद्देश्यका साथ आफ्नो योजना अगाडी सारेको छ । दूरदराजमा छरिएर रहेको रकमलाई बिमा शुल्कको रूपमा सङ्कलन गरी नियमनकारी निकायको लगानी निर्देशिका बमोजिम अत्यधिक प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी…

Read More

तस्करी गरेर भारत लैजाँदै गरेको १८ सय किलो मरिच बरामद

तस्करी गरेर भारत लैजाँदै गरेको १८ सय किलो मरिच बरामद

अबैध रुपमा पर्साबाट तस्करी गरेर भारत लैजाँदै गरेको १८ सय किलो मरिच प्रहरीले बरामद गरेको छ । विन्ध्यवासिनी गाउँपालिका ४ अमरपट्टीबाट १ हजार ८ सय ७५ किलो मरिच बरामद गरेको हो ।प्रहरीले ना ३ त २४३६ नम्बरको ट्याक्टरमा राखेर भारत लैजादै गरेको अवस्थामा मरिच बरामद गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिए । ‘बिहान साढे ९ बजे भारततर्फ लैजाँदै गरेको अवस्थामा ट्याक्टर चालकसहित मरिच बरामद गरेका हौं’, उनले भने ‘आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाएका छौं । तर भिश्वाका व्यापारीहरुले भने मरिच भारततर्फ तस्करी गर्न…

Read More

भारतीय प्रधानमन्त्री फेरी नेपाल आउँदै

भारतीय प्रधानमन्त्री फेरी नेपाल आउँदै

मन्त्री परिषद्को आइतबारको एउटा निर्णयसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बर्माकी विदेशमन्त्री आङ सान सुचीसम्मका एसियाली नेताहरू आगामी भदौमा नेपाल आउने बाटो खुलेको छ। आगामी भदौमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशको प्रयास विमस्टेक नामक क्षेत्रीय सङ्गठनको चौंथो शिखर सम्मेलन काठमाडौँमा गर्न प्रस्ताव गर्ने मन्त्री परिषद्को निर्णयसँगै मोदी र सुची लगायतका नेताहरू नेपाल आउने बाटो खुलेको हो।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको बैठकले शिखर सम्मेलनको मिति आगामी भदौ १४ र १५ गते अथवा २१ र २२ गते गर्ने प्रस्ताव सदस्य राष्ट्रहरूसँग गर्ने निर्णय गरेको छ। हाल नेपाल…

Read More

यस्ता छन् मन्त्रिपरिषदमा आज भएका निर्णयहरू 

यस्ता छन् मन्त्रिपरिषदमा आज भएका निर्णयहरू 

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशको प्रयास विमस्टेक को चौंथो शिखर सम्मेलन काठमाडा मा हुने भएको छ।प्रधानमन्त्री तथा मन्त्रीपरिषदको आइतबार बसेको बैठकले विमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौँमा गर्ने औपचारिक निर्णय गरेको हो। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले शिखर सम्मेलनको मिति आगामी भदौ १४ र १५ गते अथवा २१ र २२ गते गर्ने प्रस्ताव सदस्य राष्ट्रहरूसँग गर्ने निर्णय पनि गरेको छ।शिखर सम्मेलनको आवश्यक तयारीका लागि विभिन्न उपसमितिहरू समेत गठन गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।सरकारले जिल्ला प्रशासन कार्यालय, इलाका…

Read More