कांग्रेसले गठन गर्‍यो छायाँ सरकार, चुनावमा हारेकाहरु नै सरकार प्रमुख

कांग्रेसले गठन गर्‍यो छायाँ सरकार, चुनावमा हारेकाहरु नै सरकार प्रमुख

नेपाली कांग्रेसले पहिलो पटक स्थानीय तहमा छायाँ सरकार गठन गरेको छ बुधबार रुकुम जिल्लाको त्रिवेणी गाउँपालिकामा छायाँ सरकार गठन गरेको हो । कांग्रेस नेता एवं त्रिवेणी गाउँपालिकामा कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार देवबहादुर ओलीको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिकास्तरीय छायाँ सरकार गठन गरेको कांग्रेस रुकुमले जानकारी दिएको छ । जनप्रतिनिधिहरूले जनताको इच्छा, आवश्यकताभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्ने ढंगले काम गरिरहेकाले यसलाई रोक्न छायाँ सरकार गठन गरिएको कांग्रेस रुकुमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिए। जनप्रतिनिधिको नाममा भइरहेका विकृतिलाई रोक्न छायाँ सरकार गठन गरिएको उहाँको भनाई छ । जिल्लाका सबै स्थानीय तह र…

Read More

सरकारले कडाई गरे नेपालमा क्रिष्टियनहरुको संख्या दोब्बर हुने ख्रीष्टियन महासंघको दावी

सरकारले कडाई गरे नेपालमा क्रिष्टियनहरुको संख्या दोब्बर हुने ख्रीष्टियन महासंघको दावी

राष्ट्रिय ख्रीष्टियन महासंघले हालै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रस्ताव गरेको राष्ट्रिय सदाचार नीति–२०७४ को बिरोध जनाएको छ । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर मन्त्रीपरिषदले प्रस्ताव गरेको सदाचार नीतिको मौसदामा नागरिकले स्वतन्त्र रुपमा धर्म छान्न पाउने अधिकारलाई कुण्ठीत बनाएको भन्दै बिरोध जनाएको हो । महासंघका अध्यक्ष सिवि गहतराजले ख्रीष्टियनहरुको धार्मिक अधिकारमाथि सरकारले कडाई गरे आगामी दिनमा नेपालमा क्रिष्टियनहरुको संख्या दोब्बर हुने बताए । केही दिन पहिले सरकारले कुनैपनि धर्मालम्बीहरुसँग छलफल नगरिकन विदा कटौती गरको भन्दै महत्वपूर्ण विदाहरु कटौती गरेर समृद्धि नहुने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली जनताको…

Read More

क्यान्सर पीडित बालकलाई एक युवाले गरे डेढ लाख सहयोग

क्यान्सर पीडित बालकलाई एक युवाले गरे डेढ लाख सहयोग

आन्द्राको क्यान्सरबाट पीडित कैलालीको मोहन्याल गाउँपालिका ७ कुईनेका ५ वर्षीय बालक आरएन माझिलाई अमेरीकामा रहेका एक नेपाली युवकले उपचार खर्च स्वरुप डेढ लाख नगद उपचार सहयोग गरेका छन् ।  काठमाण्डौको कान्ति बाल अस्पतालको बेडमा करीब ३ महिना देखि उपचार गराई रहेका क्यान्सर पीडित ५ वर्षीय बालक माझिलाई मोहन्याल ७  घरभई हाल अमेरिकाको केयालिफोर्नियामा बसोबास गर्दै आएका मदनराज कठायतले बुधबार १ लाख ५८ हजार ५ सय ३८ रुपैयापरिवारलाई हस्तानतरण गरेका छन् । सामाजिक सञ्जाल, अन्तराष्ट्रिय महोन्याली युवा समाज विभिन्न स्रोतबाट रकम संकलन गरि पीडित बालकका हजुरआमाको हातमा चेक हस्तान्तरण गरेका हुन्…

Read More

विश्व औलो दिवस मनाइयो

विश्व औलो दिवस मनाइयो

लोकेन्द्र रावल, टिकापुर । कैलालीको टीकापुर नगरपालिकाको आयोजनामा “हाम्रो सक्रियता,औलो निवारणमा सफलता” भन्ने मुल नाराका साथ विश्व औलो दिवस २०१८ भव्यताका साथ बुधबार मनाइएको छ । कार्यक्रममा टीकापुर नगरपालिकाका वडा ७ का वडा अध्यक्ष रामलाल डगौंरा थारुको अध्यक्षतामा शुरु भएको कार्यक्रममा प्रमुख अतिथि टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र वहादुर रावल प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा रावलले अहिले हामी औलो निर्वारण गर्ने क्रममा रहेको बताउँदै उहाँले यो कार्यमा स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्णभूमिका रहने बताउनुभयो । उहाँले रोग लाग्नु भन्दा पनि पहिले नै अपाइने केही सावधानीहरु अपनाए धेरै रोग निवारण हुने बताउँनुभयो…

Read More

दुई छुट्टाछुट्टै स्थानमा आगलागी, आठ घर जलेर नष्ट

दुई छुट्टाछुट्टै स्थानमा आगलागी, आठ घर जलेर नष्ट

अनिल पोखरेल, सप्तरी । सप्तरीको महादेवा गाउँपालिका र शम्भुनाथ नगरपालिकामा आगलागी हुँदा १७ लाख बराबरको सरसमान जलेर नष्ट भएको छ । बुधवार विहान महादेवा गाउँपालिका–५ का शिवनारायण साहको घरमा विद्युत सर्ट भई आगलागी हुँदा निजको दुई वटा घर र छिमेकी रामदेव साहको एक घर गरि तीन वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको पीडितले जानकारी दिएका छन् । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद गरी ७ लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ । राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाबाट आएको बारुणयन्त्र र स्थानियको सहयोगमा आगो नियन्त्रणमा छ । यसैगरी, शम्भुनाथ…

Read More

विश्वप्रकाश शर्माको नजरमा कांग्रेस पराजय हुनुका ६ कारण

विश्वप्रकाश शर्माको नजरमा कांग्रेस पराजय हुनुका ६ कारण

नेपाली कांग्रेसले गत वर्ष सम्पन्न स्थानीय, प्रदेश र संघीय निर्वाचनमा अप्रत्यसीत रुपमा व्यहारेको हारको चर्चा अझै पनि सेलाएको छैन । पार्टी भित्रै र बाहिर पनि हार बारे विभिन्न टिका टिप्पणी भएका छन् । खासमा पार्टी भित्रै पनि पराजयको मुख्य कारण पार्टी नेतृत्व बताइरहेका छन् भने केहिले अन्य कारणबारे चर्चा गरिरहेका छन् । केन्द्रीय समितिको बैठकमा पनि यसबारे फरक फरक धारणा सार्वजनिक भए । केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले पार्टी रुपान्तरणका एजेण्डा र आधुनिकीकरणको रोडम्याप प्रस्तुत गरेका छन् । शर्माले निर्वाचनमा पार्टी पराजय हुनुका ६ वटा आन्तरिक कारण देखाउँदै…

Read More

लागुऔषध र हतियारसहित सात भारतीय पक्राउ

लागुऔषध र हतियारसहित सात भारतीय पक्राउ

लागुऔषधसहित प्रहरीले वीराटनगरमा ७ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । वीराटनगरको नोवेल अस्पताल अगाडिबाट ७ जना भारतीयलाई गएराति ठूलो परिमाणको लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । राति करिब ९ बजेको समयमा भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा ठूलो परिमाणको लागुऔषधसहित ७ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको वथनाहाका रोहितकुमार शर्मा, फारबिसगञ्जका प्रमोद भन्ने बिनोद यादव, मिल्की डुमरीयाका राजकुमार यादव, मिल्की डुमरीयाकै निलमदेवी यादव, सिमराहाका प्रकाशकुमार दास, रानीगञ्जका रञ्जीतकुमार शर्मा र बरारभत नाजाका सुरजनारायण यादव रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको साथबाट प्रहरीले लागुऔषधसहित ३…

Read More

लागु औषध खैरो हिरोईन सहित २ जना पक्राउ

लागु औषध खैरो हिरोईन सहित २ जना पक्राउ

लोकेन्द्र रावल, टीकापुर । कैलालीको प्रहरी कार्यालय टीकापुरले लागु औषध चरेश सहित २ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । टीकापुर १ व्लक नम्बर ‘बि’ स्थित सन्ध्या व्युटी पार्लरकी सञ्चालिका समिक्षा वडुवाल शाही र उनका श्रीमान माथवरजंग शाहीलाई मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । उनीहरुको साथबाट १ ग्राम २६० मिलिग्राम खैरो हिरोईन बरामद गरीएको ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ । पक्राउ परेका दुवै जनालाई कैलाली जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । ब्युटी पार्लरमा लागु औषध वेच विखन गर्ने गरेको…

Read More

कटारी नगरपालिकाको ३ करोड ९८ लाख हिनामिना गर्ने लेखाअधिकृत काठमाण्डौबाट पक्राउ

कटारी नगरपालिकाको ३ करोड ९८ लाख हिनामिना गर्ने लेखाअधिकृत काठमाण्डौबाट पक्राउ

अभिमन्यु लामीछाने उदयपुर ३ करोड ९८ लाख हिनामिना गरेर उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रबीनचन्द्र ढकाल काठमाण्डौबाट पक्राउ परेका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालयबाट नगरपालिकाको नाममा पठाईएको रकममा नगरपालिकासँगै आफ्नो नामको खातामा रकम संकलन गरी ढकाल सम्पर्क विहिन भएका थिए । १ करोड ९८ लाख ७५ हजारका दरले ढकालले २ पटकको रकम आफ्नो नामको वाणीज्य बैंकको खातामा हालेको पाइएको कटारी नगरपालिका उप प्रमुख भीम कुमारी राउतले जानकारी दिनुभयो। ढकालले थापाथलीबाट पटक–पटक गरी २७ लाख बाहेक सबै रकम निकालिसकेको खुलासा भएको छ । राष्ट्रिय वाणिज्य बैंकको कटारी शाखाका प्रमुख…

Read More

चीनबाट सुन तस्करी गरि नेपाल भित्र्याउने चिनियाँ महिला पक्राउ

चीनबाट सुन तस्करी गरि नेपाल भित्र्याउने चिनियाँ महिला पक्राउ

सुन तस्करी गरि नेपाल भित्त्रयाउने मध्यकी एक चिनियाँ महिला पक्राउ परेकी छिन् । चीनबाट नेपाल आउने क्रममा ४० वर्षकी महिलालाई प्रहरीले मंगलबार काठमाडौंको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । ०७४ भदौ १४ गते काठमाडौंको सामाखुशीबाट बरामद गरिएको १४ किलो सुन तस्करीमा उनको संलग्नता देखिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जानकारी दिएको छ । उनी धेरै पटक नेपाल आउने जाने गरिरहने र चीनबाट राजकुमार पौडेलको सम्पर्कमा रहेर नेपालमा सुन पठाउने गरेको सीआईबीले जानकारी दिएको छ । प्रहरीले १४ किलो सुन तस्करीमा उनको संलग्नताको आशंकामा अनुसन्धान अघि बढाएको छ ।…

Read More