त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातभर खुल्ला रहने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातभर खुल्ला रहने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार रातभर खुल्ला हुने भएको छ । काठमाडौंबाट मलेसिया उड्न लागेको मालिन्दो एयरको विमान गएराति धावनमार्गबाट चिप्लिएपछि विमानस्थलमा उडान र अवतरण अवरुद्ध भएको थियो । दुर्घटना हुनबाट जोगिएको विमानलाई १३ घन्टा लगाएर तान्दै पार्किङस्थलमा ल्याएपछि सबै उडान र अवतरण सुरु भएको थियो । विमानस्थलमा गएरातिदेखि रोकिएका अन्तर्राष्ट्रिय उडानहरुको तालिका मिलाउनका लागि शुक्रबार रातभर विमानस्थल खुल्ला राखिने विमानस्थल कार्यालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरुको आग्रहमा रातभर विमानस्थल सञ्चालन गरेर रोकिएका सबै उडान सक्ने तयारी गरिएको विमानस्थल कार्यालयले जनाएको छ । दिउँसो मात्र उडान सुरु भएका…

Read More

बिरामीले नबुझ्ने गरी डाक्टरले औषधि सिफारिस लेखे कारवाही हुने

बिरामीले नबुझ्ने गरी डाक्टरले औषधि सिफारिस लेखे कारवाही हुने

स्वास्थ्य संस्था तथा चिकित्सकहरुले अब बिरामीले नबुझ्ने गरी प्रेस्क्रिप्सन अर्थात औषधिको सिफारिस लेख्न नपाउने भएका छन् । नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद् तथा औषधि व्यवस्था विभागका प्रतिनिधिहरुबीच शुक्रबार बसेको बैठकले बिरामीले नबुझ्ने गरी प्रेस्क्रिप्सन लेख्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई कारवाही गर्ने निर्णय गरेको छ । नेपाल मेडिकल काउन्सिलले सूचना निकालेर औषधिको नाम, औषधि खानुपर्ने समय तथा अवधि राम्रोसँग बुझिने भाषा, अक्षरमा छापेर वा लेखेर दिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेको छ । नेपाल मेडिकल काउन्सिलले आफ्नो आचारसंहिता २०७३ अनुसार कार्य गर्न सबै चिकित्साकर्मी र स्वास्थ्यकर्मी, स्वास्थ्य सेवा प्रदायक संघसंस्थालाई निर्देशन दिएको…

Read More

भारतीय राजदूत पूरी र महतोबीचको प्रेम, राजपाको चियापान कार्यक्रममा

भारतीय राजदूत पूरी र महतोबीचको प्रेम, राजपाको चियापान कार्यक्रममा

राष्ट्रिय जनता पार्टीले शुक्रबार आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ । उत्सवका अवसरमा चियापान समारोहको आयोजना गरिएको थियो । चियापान समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि भारतीय राजदूत मञ्जिभसिंह पूरी समेत उपस्थित थिए । प्रधानमन्त्री केपी ओलीलाई निमन्त्रणा गरिएपनि उनी भने उपस्थित भएनन् । यसअघि सो पार्टीको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी नेताहरुले राजपालाई थप शसक्त बनाएर लैजाने घोषणा गरेका थिए । चियापान कार्यक्रममा संगठनलाई सुदृढ रुपमा अघि बढाउदै जनताको माग अनुसार संबिधान संसोधनमा ध्यान केन्द्रित गर्ने नेताहरुले बताएका थिए । उनीहरुले यसरी राजपालाई थप शसक्त बनाएर लैजाने बताइरहदा राजपाकै दोस्रो…

Read More

प्रधानन्यायाधीस मिश्रविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

प्रधानन्यायाधीस मिश्रविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

भारतका प्रधानन्यायाधीस दीपक मिश्र विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ। काँग्रेससहित अन्य सात विपक्षी दलका नेताहरूले प्रधानन्यायाधीस मिश्र विरुद्ध शुक्रबार महाअभियोग प्रस्ताव दर्ता गराएका हुन्। विपक्षी नेताहरूले राज्यसभाका सभापति वेकैंया नायडूलाई महाअभियोग प्रस्ताव बुझाएका छन् । महाअभियोग प्रस्तावमा काँग्रेस, सीपीआई, सीपीएम, एनसीपी, समाजवादी पार्टी, बहुजन समाज पार्टी र मुस्लिम लिगको समर्थन रहेको छ। प्रस्तावमा ७१ जना सांसदले हस्ताक्षर गरेका छन्। राज्यसभामा प्रस्ताव दर्ता गर्दै काँग्रेस नेता गुलाम नबी आजादले भने ‘न्यायपालिकाको स्वतन्त्रता खतरामा छ। न्यायपालिकाको लागि प्रधानन्यायाधीसको पदमुक्त गर्न जरुरी छ। महाअभियोगको अलावा हामीसँग अरु कुनै पनि विकल्प छैन्।’ काँग्रेसका…

Read More

पछाडिको खल्तीमा पर्स राख्नुहुन्छ ? स्वास्थ्यमै यस्तो चुनौति हुन्छ

पछाडिको खल्तीमा पर्स राख्नुहुन्छ ? स्वास्थ्यमै यस्तो चुनौति हुन्छ

आजकाल युवाहरु र प्राय पुरुषहरूले आफ्नो पर्स पछाडिकै खल्तीमा राख्ने गर्छन् । उक्त पर्समा पैसा मात्र नभएर अन्य महत्वप्ुर्ण कागजात बैंकको क्रेडिट कार्ड, बिजुलीको विल, ड्राइभिङ्ग लाइसेन्सदेखि अन्य कागतपत्रसम्म हुने गर्छ । एउटा सानो पर्समा यत्तिका सामान राखिसकेपछि पर्स मोटो हुनु त स्वाभाविकै हो । यस्तो मोटो पर्सलाई पछाडिको खल्तीमा राख्ने यही बानी उनीहरूको शरीरका लागि घातक हुनसक्छ । यस्ता पर्सलाई केही क्षणको लागि पछाडिको खल्तीमा राख्दा खासै फरक पर्दैन । दिनभर खल्तीमा राखिन्छ भनेचाहिँ सचेत हुनु जरुरी छ । यही कुरालाई लिएर अहिले सोसियल मिडियामा विभिन्न चर्चा परिचर्चा हुन…

Read More

राजनीतिलाई कमाइखाने उद्योग बनाएको चित्रबहादुरको दावी

राजनीतिलाई कमाइखाने उद्योग बनाएको चित्रबहादुरको दावी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिलाई मागिखाने भाँडो बनाइएको बताएका छन् । सत्तामा बसिरहन मनपराउने कांग्रेस, एमाले र माओवादीहरुले राजनीतिलाई कमाइखाने उद्योग बनाएको दावी गरेका हुन् । शुक्रबारदेखि बुटवलमा सुरु भएको अखिल नेपाल शिक्षक संघको तेश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै राजनीति गर्ने मान्छेहरु जोगी हुनपनि तयार हुनुपर्ने बताए । उनले राजनीति गर्ने मान्छेले निष्ठाको राजनीति नगरेसम्म देश सुध्रन नसक्ने उल्लेख गर्दै व्यक्तिहरु मोटाउँदै जाने र देश टाट पल्टिने बताए । कांगे्रस, एमाले, माओवादीले सत्ता र शक्तिको राजनीति गरेकाले देशमा भ्रष्टाचार र अराजकता मौलाउँदै गएको बताए । राजनीति गर्ने मान्छेहरु…

Read More

प्रदेश २ मा मधेशी गठबन्धनको संयुक्त उम्मेद्वारी घोषणा

प्रदेश २ मा मधेशी गठबन्धनको संयुक्त उम्मेद्वारी घोषणा

अनिल पोखरेल, सप्तरी । नेपाल पत्रकार महासंघ प्रदेश २ को निर्वाचनमा मधेशी गठबन्धनले संयुक्त उम्मेदवार खडा गरेको छ। मधेशी पत्रकारसँग सम्बन्धित संगठनहरुले प्रदेश २ मा मधेशी पत्रकार गठबन्धन बनाएका छन् । उक्त गठबन्धनमा मधेशी पत्रकारहरुको छाता संगठन मधेशी पत्रकार संघ, मधेशी पत्रकार समाज नेपाल, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल निकट प्रेस मञ्च, नेपाल र मधेश मिडिया मिसनले मधेशी पत्रकार गठबन्धन बनाउँदै संयुक्त उम्मेदवार खडा गरेको हो। गठबन्धनको संयुक्त गठबन्धनबाट अध्यक्षमा वीरेन्द्र रमण(धनुषा), उपाध्यक्षमा गणेश साह (सिरहा), महिला उपाध्यक्षमा दिपिका साह (महोत्तरी) र महासचिवमा रमानन्द गुप्ता (सिरहा) रहेका छन्। यसैगरी सचिवमा…

Read More

फेसबुक ट्विटरमा अब नक्कली अकाउन्ट यसरी पत्ता लागाउन सकिने

फेसबुक ट्विटरमा अब नक्कली अकाउन्ट यसरी पत्ता लागाउन सकिने

पछिल्लो समय सामाजिक सञ्जालमा नक्कली एकाउन्ट बनाएर धेरैले ठगीको धन्दा चलाइरहेका छन् । अब यस्ता सोसल नेटवर्किंग साइहरुमा कुनै नक्कली अकाउन्ट पत्ता लगाउन अब सहज हुनेछ । वैज्ञानिकहरुले यसका लागि एक नयाँ एल्गोरिदम विकसित गरेका छन् । समाचार अनुसार यो नयाँ विधि उक्त धारणामा आधारित छ कि नक्कली अकाउन्टमा प्रयोगकर्ताका आचरण सक्कली अकाउन्टमा भन्दा असामान्य हुन्छन् । नक्कली अकाउन्टबाट मानिसहरुले आफ्नो नेटवर्कमा रहेका अन्य प्रयोगकर्तालाई अनावश्यक तथा आपत्तिजनक लिंकहरु पठाउँछन् । इजरायलको बेन गरियोन विश्वविद्यालयका प्रमुख शोधकर्ता दिमा कगान भन्छन् ‘हालैका दिनमा प्रयोगकर्ताको गोपनियता सुरक्षित राख्नमा असफलता हात परेको विषया…

Read More

१० किलो चाँदीसहित २ जना पक्राउ

१० किलो चाँदीसहित २ जना पक्राउ

अवैध रुपमा ल्याइएको ९ किलो ८ सय ग्राम चाँदीसहित दुइजनालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका २४ सोनापाडाबाट दुई जनालाई पक्राउ गरेको हो। सर्लाही संग्रामपुरका सन्देश मण्डल र धनुषा सहिदनगर नगरपालिका ६ बस्ने रञ्जित मुखियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो । उनीहरुको साथबाट ज ८ प ९९६० नम्बरको अपाचे मोटरसाइकल समेत बरामद भएको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सोही मोटर साइकलमा सवार दुई जनालाई नियन्त्रण लिएको हो । दुवै व्यक्ति र मोटरसाइकललाई आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालय…

Read More

गोदावरीमा बन्ने भयो धुर्मुस-सुन्तली फाउन्डेसनको क्रिकेट रंगशाला

गोदावरीमा बन्ने भयो धुर्मुस-सुन्तली फाउन्डेसनको क्रिकेट रंगशाला

धुर्मुस-सुन्तली फाउन्डेसनले क्रिकेट रंगशाला निर्माणका लागि जग्गा फाइनल गरेको छ । ललितपुरको गोदावरीमा रहेको १ सय २८ रोपनी जग्गाजग्गा सबै हिसाबले उययुक्त भएको भन्दै प्राविधिक विशेषज्ञको टिमले खेलकुद मन्त्रालयमा औपचारिक प्रस्तावना पेश गरेको छ । मनोरम स्थानमा रहेको हुनाले पर्यटकीय दृष्टिकोणले समेत उपयुक्त हुने विश्लेषण गरिएको छ । फाउन्डेसनको प्राविधिक विशेषज्ञसहितको टिमले काठमाडौंको कीर्तिपुर, मूलपानी, चोभार तथा पोखरा, चितवन, भैरहवालगायतका स्थानहरुमा रहेका सरकारी जग्गाको स्थलगत अवलोकन गरेको थियो । टिमले देशका विभिन्न स्थानहरुमा प्रस्तावित जग्गाको अवलोकन र सरोकारवाला पक्षसँग छलफल गरेर निर्णय लिएको हो । यो जग्गा कृषि मन्त्रालयको मातहतमा…

Read More