पार्टी एकताबारे यस्तो निर्णय गर्दै, सकियो एमाले स्थायी समिति बैठक

पार्टी एकताबारे यस्तो निर्णय गर्दै, सकियो एमाले स्थायी समिति बैठक

सोमबार विहान सत्तारुढ दल नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच वान टु वान वार्ता पछि अकस्मात बोलाइएको एमाले स्थायी समितिको बैठक सकिएको छ । बैठक पार्टी एकता र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । एमालेले प्रस्तावित वैशाख ९ गते नै पार्टी एकता गर्नेगरी माओवादी केन्द्रसँग अधिकतम समझदारी निर्माण पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ । ‘बैठकले एकतालाई पछि धकेल्ने अवस्था आउन दिन नहुने निर्णय गरेको छ ।’ नेता सुवास नेम्वाङले जानकारी दिए ।  बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी…

Read More

ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा रुपान्तरणः देउवा

ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा रुपान्तरणः देउवा

नेपाली कांग्रेसले गत निर्वाचनमा भोग्नु परेको अप्रत्यासित हारको पार्टीमा समिक्षा र विश्लेषण भइरहँदा सभापति शेरबवहादुर देउवाले प्रतिनिधिसभाको निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कडा कारवाही गरिने बताएका छन् । नेपाल तरुण दलको आयोजनामा सोमबारदेखि शुरु भएको दुईदिने प्रदेश नं ३ स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले टिकट नपाएकाहरुले पार्टीका आधिकारिक उम्मेदवारमाथि अन्तर्घात गरेकाले उनीहरुलाई कारबाही गरिछाड्ने प्रतिबद्धता व्यक्त गरे । तरुण दललाई अनुशासित र जिम्मेवार बनाउनुपर्ने उनले जोड दिए । उनले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निर्वाचनमा एकीकृत भई चुनाव लडेकाले पार्टीले पराजय बेहोर्नुपरेको बताए । फरक प्रसंगमा सभापति…

Read More

एमाले पार्टीका प्रमुख सचेतक तामाङ सडक दुर्घटनामा घाइते

एमाले पार्टीका प्रमुख सचेतक तामाङ सडक दुर्घटनामा घाइते

नेकपा एमाले प्रदेश नम्बर ७ का सांसद तथा पार्टीको प्रमुख सचेतक तारालामा तामाङ सडक दुर्घटनामा घाइते भएका छन् । उनलाई थप उपचारका लागि जहाजबाट काठमाडौं ल्याइएको छ । सोमबार साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित नयाँबजारको बेल्सक्याफे नजिक रिक्सा चढ्ने क्रममा से ५ प ५०९१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तामाङ घाइते भएका हुन्। मोटरसाइकलको ठक्करबाट उनको बायाँ खुट्टामा गम्भीर चोट लागेको कैलालीका प्रमुख प्रहरी एसपी विनोद घिमिरेले बताए। उनका अनुसार घटनालगत्तै प्रहरीले मोटरसाइकल चालक २५ वर्षीय शैलेन्द्र कुँवरलाई नियन्त्रणमा लिएको छ। उनी नेकपा (एमाले) कञ्चनपुरका अध्यक्ष समेत हुन् ।

Read More

फेरी बढ्यो इन्धनको मुल्य पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टतिेलमा कति ?

फेरी बढ्यो इन्धनको मुल्य पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टतिेलमा कति ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको सोमवार बसेको बैठकले प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ र डिजेल र मट्टतिेलमा २/२ रुपैयाँ मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरमा एक सय ६ र डिजेल र मट्टीतेल ८७/८७ रुपैयाँ पुगेको छ । निगमले यसअघि चैत १९ गते मात्र पेट्रोल र डिजेल तथा मट्टितेलको भाउ दुई रुपैयाँले बढाएको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदा नेपालमा पनि मूल्य समायोजन हुने गरेको छ ।

Read More

दिगो बिकासको लागि काम गर्ने सांसद राईको प्रतिबद्धता

दिगो बिकासको लागि काम गर्ने सांसद राईको प्रतिबद्धता

अभीमन्यु लामिछाने, उदयपुर । सुशासन सहितको राज्यव्यवस्था जनताले अनुभुती गर्नु नै बिकास भएको उदयपुरको क्षेत्र नम्बर २ बाट निर्वा्चित प्रतिनिधि सभा सदस्य शुरेस कुमार राईले बताएका छन् । कटारी–३ मा ग्रामिण सडकको उद्घाटन गर्दै सांसद राईले दिगो विकासका लागि बामगठबन्धनको सरकारले योजना बनाएर काम गर्ने बताएका हुन् । त्यसैगरी प्रदेश सभा सदस्य कला घलेले यस क्षेत्रको विकासका लागि निर्वाचनका बेला गरेको प्रतिवद्धता पुरा गर्ने बताइन् । नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले ग्रामिण सडकका लागि ढलनाला निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सडक निर्माणमा सहयोग पुर्याएकोेमा स्थानीय समाजसेवी खड्गबहादुर कार्की…

Read More

ड्याममा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

ड्याममा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

खोलामा डुबेर पाल्पामा एक युवकको ज्यान गएको छ । तिनाउँगाउपालिका–३, हेडबक्स नजिकै रहेको तिनाउँ हाइड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा सोमबार दिउँसो सन्धिखर्क नगरपालिका–१, पटुवाथुम अर्घाखाचीका १८ वर्षीय सुशिल श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Read More

विदेशका जेलमा रहेका नेपालीले निशुल्क कानुनी सेवा पाउने, यस्तो छ सरकारको तयारी

विदेशका जेलमा रहेका नेपालीले निशुल्क कानुनी सेवा पाउने, यस्तो छ सरकारको तयारी

विदेशका जेलमा रहेका नेपाली कामदारले राज्यको तर्फबाट निःशुल्क कानूनी सहायता पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले विदेशस्थित जेलमा रहेका नेपाली कामदारको प्रतिरक्षाका लागि कानूनी सेवा प्रदान गर्ने जानकारी दिएका हुन् । मन्त्रालयमा सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री विष्टले भने, ‘कतिपय निर्दोष नेपाली जेल सजाय भोग्न विवश छन् । त्यस्ता व्यक्तिको कानूनी प्रतिरक्षाका लागि राज्यले कानूनी सहायता गर्न जरुरी छ ।’ विदेशका जेलमा रहेका नेपाली कामदार कानूनी उपचार पाउन नसकेर थप पीडित बनेको भन्दै यस्तो योजना ल्याइएको हो । मन्त्री विष्टले भन्नुभयो, ‘सेवा शुल्क…

Read More

प्रदेश २ः नीति तथा कार्यक्रम बहुमतले पारित, कांग्रेस विरुद्धमा

प्रदेश २ः नीति तथा कार्यक्रम बहुमतले पारित, कांग्रेस विरुद्धमा

प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । सरकारको नीति तथा कार्यक्रमलाई नेपाली कांग्रेस बाहेक सबै दलले समर्थन गरेका हुन् । गत चैत २८ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम पेश गरेका थिए । सत्तासीन दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको संयुक्त सरकारले प्रदेशसभा बैठकमा पेश गरेको २० पृष्ठमा समेटिएको ६० बुँदे नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दल वाम गठबन्धन घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समेत समर्थन जनाएको छ । प्रदेश सांसदहरुले बहुमत जनाएपछि प्रदेश…

Read More

वैशाख २६ गतेदेखि देशभर सार्वजनिक यातायात ठप्प गर्ने यातायात व्यवसायीको निर्णय

वैशाख २६ गतेदेखि देशभर सार्वजनिक यातायात ठप्प गर्ने यातायात व्यवसायीको निर्णय

                             ट्रक र ट्यांकर पनि चल्न नदिने चेतावनी सिन्डिकेट हटाउने सरकारको निर्णयको विरुद्धमा रहेका यातायात व्यवसायीले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय गरेका छन् । सरकारले संशोधन गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्य्विधि निर्दे्शिका खारेजीको माग गर्दै व्यवसायीले आन्दोलनको निर्णय गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सांकेतिक रुपमा वैशाख २० गते सबै यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । त्यसपछि २६ गतेसम्म भद्रगोल रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने रणनीति पनि तय भएको छ ।…

Read More

अचम्मको प्रेमलीलाः फिल्मी शैलीमा भगायो बदनामित ध्रुबे हात्तीले कलीलाई

अचम्मको प्रेमलीलाः फिल्मी शैलीमा भगायो बदनामित ध्रुबे हात्तीले कलीलाई

मानिसको मनोभावना र प्रेम त हामीले सुन्दै र भोग्दै आएको कुरा हो । तर जनावरमा पनि यस्तै प्रेमभाव देखिएको छ । जनधनको ठूलो क्षति गरेर कुख्याति कमाएको ध्रुबे हात्तीले गए राति चितवन निकुञ्जबाट आफ्नी प्रेमिका हात्ती तीर्थमान कलीलाई साङ्लो चुडाएर जङगल तिर लगेको छ । फिल्मी शैलीमा प्रेम लीला पस्कदै ध्रुबेले कलीलाइ जङगल तिर लगेको प्रत्यक्षदर्शी हात्ती हेरालुले बताएका छन् ।  माया प्रेम मानिसमा मात्रै नभई जनावरमा पनि उत्तिकै हुन्छ भन्ने कुरालाई ध्रुबे हात्तिले प्रमाणित गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टरमा ध्रुबेले तीर्थमान कलीसंग प्रेमलीला पेश गरेको हो…

Read More