बागलुङमा करेन्ट लागेर एककाे मृत्यु

बागलुङमा करेन्ट लागेर एककाे मृत्यु

राजेशचन्द्र राजभण्डारी  बागलुङ ।चैत २०-बागलुङ नगरपालिका वडा नम्बर २ मा करेन्ट लागेर एक बालककाे मृत्यु भएको प्रहरीले जनाएको छ । काठेखाेला गाउँपालिका वडा नम्बर ४ तंग्राम हाल बागलुङ नगरपालिका वडा नम्बर २ झुलेनी हाेटलका संचालक पहलमान थापाका ११ बर्षिय छाेरा प्रज्वल थापा घरकाे झ्यालबाट करेन्ट लागि घाइते भएपछि उपचारका लागि धाैलागिरि अन्चल अस्पताल बागलुङमा पुर्‍याइ उपचारकाे क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।करेन्ट कसरी के कारणले लाग्यो भन्ने कुरा चाहिँ अहिलेसम्म खुलेको छैन ।

Read More

ओलीले यसरी प्रचण्डलाई जनयुद्धसँग सुर्य चिन्ह भिडाईदिए

ओलीले यसरी प्रचण्डलाई जनयुद्धसँग सुर्य चिन्ह भिडाईदिए

पार्टी एकताको अन्तिम कसरतमा रहेको नेकपा एमाले र माओवादी केन्द्रबीच जनयुद्ध र सुर्य चिन्हको बिषय थप पेचिलो बन्ने देखिएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको डिजाईनमा जनयुद्धलाई सुर्य चिन्हसँग भिडाईदिएपछि यो बिषय पेचिलो बन्ने देखिएको हो । पार्टी एकता संयोजन समितिलाई सुझाव दिन गठित दुई कार्यदलले चुनाव चिन्ह र प्रस्तावनाबारे निर्णय नलिदैं बिघठन भएको छ । कार्यदल मंगलबार आफ्नो प्रतिवेदन बुझाएपछि स्वत बिघठन भएकाले जनयुद्धको बिषय ओलीले प्रचाण्डलाई फुस्स पार्ने ठाउँमा पुगेर टुगिने चर्चा अहिले सामाजिक सञ्जालमा शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको प्रतिवेदनमा ‘चुनाव चिन्ह…

Read More

डुबानको अन्त्य, सीमा अतिक्रमण बन्द गर्नुपर्नेमा जोड

डुबानको अन्त्य, सीमा अतिक्रमण बन्द गर्नुपर्नेमा जोड

काठमाडौँ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लाग्नुभएको भारत भ्रमणका समयमा मुलुकको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर भारतसँग छलफल गर्नुपर्नेमा विभिन्न दलका नेताले सुझाउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले खुला सिमानाका कारण दुवै देशमा परेका अप्ठ्यारो पक्ष, मुलुकको व्यापार घाटा न्यूनीकरणका लागि स्वदेशी वस्तु निर्यात, सम्झौता भएर कार्यान्वयन नभएका परियोजनाकाबारे छलफल गर्नुपर्नेमा जोड दिइएको छ । नेपाली काँग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल होस् भन्ने आफूहरुको शुभकामना रहेको बताउँदै अहिले सबैभन्दा धेरै व्यापार भारतसँगै रहेकाले व्यापार तथा…

Read More

चुनाव चिन्ह र ‘जनयुद्ध’ बारे निर्णय लिने जिम्मा ओली र प्रचण्डलाई

चुनाव चिन्ह र ‘जनयुद्ध’ बारे निर्णय लिने जिम्मा ओली र प्रचण्डलाई

पार्टी एकताको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठन भएका दुई कार्यदलले चुनाव चिन्ह र प्रस्तावनाबारे निर्णय लिने जिम्मेवारी दुई अध्यक्षलाई दिएका छन्। कार्यदलले मंगलबार एकता संयोजन समितिलाई प्रतिवेदन बुझाएका थिए। ‘चुनाव चिन्ह र प्रस्तावनामा लेख्ने विषयमा निर्णय लिन कार्यदलले दुई अध्यक्षलाई जिम्मा दिएको छ,’ राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदलका सदस्य देवेन्द्र पौडेलले भने, ‘जनयुद्ध वा जनक्रान्ति के लेख्ने भन्नेबारे छलफल भएको छ त्यसको निर्णय अध्यक्ष द्वयले गर्नुहुने छ।’ मंगलबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रतिवेदन बुझेका थिए। प्रतिवेदन अध्ययन पछि एकता संयोजन…

Read More

चिनजानबाटै हुन्छन जबरजस्ती करणीका अधिकांश घटना

चिनजानबाटै हुन्छन जबरजस्ती करणीका अधिकांश घटना

महोत्तरी ।  पछिल्लो समय जबरजस्ती करणीको अधिकांश घटनामा नजिककै चिनजानकै व्यक्तिहरुबाट बढी हुने गरेको निश्कर्ष महोत्तरीको सुरक्षा निकायको रहेको छ। जवरजस्ती करणीको घटना दिनानुदिन बढदै गएकोले यसको न्युनिकरणका लागि ३ महिने रणनितिक योजना बनाउनका लागि विगतमा घटेका जवरजस्ती करणीको घटनाहरुलाई नियालेर हेर्दा अधिकांश घटना नजिककै चिनजानको व्यक्तिबाट हुने गरेको देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले बताएका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीको अभिलेख अनुसार तिन वर्षको अवधिमा जवरजस्ती करणीको १७ र जवरजस्ती करणी उद्योगको १६ वटा घटना भएको र ती मध्ये अधिकांशमा नजिककै व्यक्तिहरुको संलग्नता पाइएको एसपी कडायतले बताए।…

Read More

बञ्चरो प्रहार गरि दुई बालबालिकाको हत्या

बञ्चरो प्रहार गरि दुई बालबालिकाको हत्या

रोल्पा। रोल्पामा युवाको बञ्चरो प्रहारबाट दुई बालबालिकाको ज्यान गएको छ । पश्चिमी रोल्पाको त्रिवेणी गाँउपालिका २ नुवागाँउका २१ वर्षका खर्कबहादुर विश्वकर्माले दाई नाता पर्ने गणेश विकका छोरा र छोरीको बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । हत्या अभियोगमा बञ्चरो प्रहार गर्ने खर्कबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खर्कबहादुरको बञ्चरो प्रहारबाट उनका ठूलो बुबाका छोरा गणेशका ५ वर्षका छोरा प्रेम र ३ वर्षकी छोरी बसन्तीको ज्यान गएको हो । घटना सोमबार दिउँसो भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । प्रहरीको प्रारम्भिक अनुसन्धान प्रतिवेदन अनुसार बालबालिकाहरु घर छेउकै…

Read More

लतलैयामा पानी सुख्न थालेपछि गैंडाका लागि ‘कृत्रिम ताल’ निर्माण

लतलैयामा पानी सुख्न थालेपछि गैंडाका लागि ‘कृत्रिम ताल’ निर्माण

सुख्खायाम शुरु भएसँगै तालतलैयामा पानी सुख्न थालेपछि दुर्लभ वन्यजन्तु गैंडाका लागि आहाल खेल्न रत्ननगरको चित्रसेन मध्यवर्ती सामुदायिक वनले कृत्रिम ताल निर्माण गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने उक्त वनले यहाँको कृत्रिम ‘गैंडा ताल’मा पम्पसेटमार्फत पानीको व्यवस्थापन गरिएको सामुदायिक वनको अध्यक्ष पुष्पराज श्रेष्ठले जानकारी दिए । करिब २ लाखको लागतमा बोरिङ लगाएर कृत्रिम तालमा पानीको व्यवस्थापन गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको उक्त सामुदायिक वन वन्यजन्तुको महत्वपूर्ण बासस्थान हो । वन्यजन्तुको बासस्थानका लागि पानी, घोल तथा घाँसे मैदान हुनु अत्यावश्यक छ । नियमित पानी पाउन थालेपछि अहिले सो सामुदायिक वनका गैंडा ताल…

Read More

ओलीको टोलीमा सय बढी, भारतले १५/१६ जनाको मात्रै खर्च व्योहोर्ने

ओलीको टोलीमा सय बढी, भारतले १५/१६ जनाको मात्रै खर्च व्योहोर्ने

चैत २३ गते हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण टोलीमा १ सय जनाभन्दा बढीको  टोली समावेस हुने भएको छ । काठमाडौबाट जाने सरकारी टोलीमा ४४ जना र दिल्ली दुतावासका ९ जना अधिकारी सामेल हुनेछन् गरि ५३ र त्यति नै संख्यामा निजी क्षेत्रका सञ्चारकर्मी र अन्य व्यवसायीहरु भ्रमणमा सहभागी हुने भएका हुन् । मंगलवारको मन्त्रिपरिषदले सरकारी भ्रमण टोलीको टुंगो गरेको छ भने निजी क्षेत्रबाट सहभागी हुने सदस्यहरुको नाम संकलन हुने क्रम जारी छ । सरकारी खर्चलाई मितव्ययी बनाउने सन्देश दिन प्रधानमन्त्री ओलीले यसपालि सीमित र आवश्यक पात्रहरुलाई मात्र भ्रमण…

Read More

कार्यदल बिघटन, ९ गते एमाले माओवादी एकताको घोषणा गर्न सुझाव

कार्यदल बिघटन, ९ गते एमाले माओवादी एकताको घोषणा गर्न सुझाव

दुई पार्टीबीच एकताका लागि सुझाव दिन गठन गरिएका दुवै समितिले वैशाख ९ गते एमाले माओवादी केन्द्र पार्टी एकताको घोषणा गर्न सुझाव दिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आफ्नो प्रतिवेदन पार्टी संयोजन समितिलाई बुझाउदै दुईवटै कार्यदलले यस्तो सुझाव दिएको हो । वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर एकता घोषणा गर्नु उपयुक्त भएको प्रतिवेदन कार्यदलले बुझाएपनि एकताको अन्तिम टुंगो भने संयोजन समितिको चैत्र २२ गते बस्ने बैठकले लगाउने छ । अन्तरिम विधान र संगठनात्मक सवालका बारेमा सुझाव दिन र बैचारिक राजनीतिक प्रतिवेदनका बारेमा सुझाव दिन गठित कार्यदलले आफ्नो प्रतिवेदन…

Read More

जनप्रतिनिधिकै घरमा छैन शौचालय, जिल्लालाई खुला दिसामुक्त गर्ने तयारी

जनप्रतिनिधिकै घरमा छैन शौचालय, जिल्लालाई खुला दिसामुक्त गर्ने तयारी

अनिल पोखरेल, सप्तरी । सप्तरीमा निर्वाचित जनप्रतिनिधिकै घरमा शौचालय नभएको पाईएको छ । भएकाहरुको घरमा पनि प्रयोगमा नभएको पाइएको हो । जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिका धमाधम खुल्ला दिसामुक्त भईरहेका बेला यस्तो अवस्था पाईएको हो । जिल्लाका अन्य निम्न आय भएका अधिकांस गरिव परिवारको घरमा त झन चर्पी हुने कुरै भएन । हतारमा जिल्लाका नगरपालिका तथा गाउँपालिकाहरुलाई खुला दिसामुक्त घोषणा गरिएकोले यस्तो अवस्था आएको स्थानीय बताउँछन् । लाखौं रुपैयाँ अतिथि सत्कार, नाँचगान, सम्मान, मायाको चिनो, दोसल्ला, फुल माला तथा डिजेमा खर्चिएको छ । जिल्लामा अर्बौं रुपैयाँ दातृ निकायबाट प्राप्त सहयोग रकम…

Read More