विराटनगरमा होलीको रमाइलो

नेपालीहरुको उल्लासपूर्ण चाड होली पर्वको अवसरमा आज विराटनगरमा युवायुवती एकआपसमा रङ दलेर रमााईलो गरिरहेका छन् । देशमा शान्ति र सद्भाव फैलाउने उमङ्गको रङ्गिलो होली पर्व हरेक वर्ष फागु शुक्लपूर्णिमाका दिन मनाइने भएकोले आफन्तसँगको भेटघाट, सांस्कृतिक मनोरञ्जन, सामूहिक हर्ष बढाइँका साथ होली पर्वको शुभकामना आदानप्रदान गरिरहेको पाइयो ।

आपसी सद्भाव र सामाजिक सहिष्णुता बढाउने यसपर्वको अवसरमा सबैले तीता कुरा बिर्सेर आपसी सम्बन्ध बनाउन पर्वले हौसला दिने भएकोले यसमा कसैले पनि दुरासय, मनमुटाव राख्न हुने बुद्धिजीवीहरुको भनाइ छ । समुदायमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्न र भातृत्व एवं आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याइ मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्र्वद्धन तथा विकास गर्न मद्दत गर्ने यस पर्वले सबैलाई सही र नयाँ काम गर्न प्रेरणा मिल्नुपर्ने आवश्यकता देखिएको छ ।

कर्मचारी मिलन केन्द्रद्वारा आज बिहान राखिएको होली मिलन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले यो पर्वले सबैलाई राम्रो काम गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना दिए । केन्द्रका अध्यक्ष टङ्क गौतमले आजको रङ्ग र अवीरको पर्वले हामीसबैलाई सुख र शान्ति मिलोस् शुभकामना दिएका छनु ।

नेपाल पत्रकार महासङ्घ मोरङ शाखाद्वारा आज यहाँ आयोजित होली मिलन कार्यक्रममा उपस्थित सबै सञ्चारकर्मीले एकआपसमा रङ दलेर रमाईलो गरेका छन् ।

पर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी क्रियाशीलता बढाएको छ । आज बिहानैदेखि विभिन्न मासु पसल र फलफूल र मिठाइ पसलमा सेवाग्राहीको उल्लेखनीय सहभागिता रहेको देखियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार