लन्डनमा अनसनरत धन गुरुङ अस्पताल भर्ना

बेलायती सेना सरह पेन्सनको मागसहित बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि आमरण अनसन बसिरहेका अनसनकारी मध्येका एक भुपु गोरखा सैनिक धन गुरुङ अस्पताल भर्ना भएका छन् ।

अनसनको ११ औं दिनमा गुरुङलाई अस्पताल भर्ना गरिएको हो । मधुमेह र ब्लड प्रेसरका रोगी रहेका गुरुङ दुई दिनदेखि अस्वस्थ रहँदै आएका भए पनि अस्पताल जान अस्वीकार गर्दै आएका थिए । तर, उपचार पश्चात पुनः अनसनस्थलमा ल्याइने बताउँदै उनलाई मंगलबार अस्पताल लगिएको हो ।

गत जुलाई २१ तारिखबाट १७ दिन रिले अनसन पूरा गरेपछि ज्ञानराज राई, धन गुरुङ र पुष्प राना घले बेलायती प्रधानमन्त्रीको कार्यालय ‘टेन डाउनिङ स्ट्रिट’बाहिर अगस्ट ७ देखि आमरण अनसन बस्दै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार