नेपाल-खनाल समूहको युवा संघले खोल्यो छुट्टै कार्यालय

नेकपा एमाले माधव नेपाल र झलनाथ खनाल नेतृत्वको निकट युवा संघ कार्यालयको औपचारिक उद्घाटन भएको छ ।

युवा संघले बबरमहलमा आयोजित विशेष कार्यक्रमबीच वरिष्ठ नेता माधव नेपालले कार्यालय भवनको औपचारिक रूपमा उद्घाटन गरेका हुन् । सो क्रममा उनले देशमा विकसित राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको भन्दै नेता नेपालले युवाहरू संगठीत हुनुपर्ने बताए । उनले आफुहरु पनि भवनको खोजीमा रहेका बताए ।

देशमा विकशित राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको भन्दै नेता नेपालले युवाहरू संगठीत हुनुपर्ने बताए । पछिल्लो समय एमालेका नेपाल–खनाल निकट संगठनहरुले समानान्तर कमिटी गठन गर्दै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार