एपमार्फत बिरामीले आवश्यकता पर्दा अब डाक्टर,औषधी र एम्बुलेन्स घरमै मगाउन सक्ने

कुनै स्वास्थ्य समस्या पर्दा डाक्टरलाई घरमै बोलाउनेदेखि औषधी र एम्बुलेन्ससमेत बोलाउन मिल्ने मोवाइल एप्स सञ्चालनमा आएको छ ।‘डाक्टर अन डिमाण्ड (डकनक) प्रालि’ ले सुरु गरेको डकनक एपमार्फत बिरामीले आवश्यकता पर्दा डाक्टर, औषधी र एम्बुलेन्स मगाउन सक्नेछन् ।ट्राफिक जामका कारण अस्पताल पुग्न समय लाग्ने समस्याबाट उन्मुक्ति दिन, समयको बचत र सहज सेवाका लागि यो एप प्रभावकारी हुन सक्ने निर्माणकर्ताहरु बताउँछन् ।

डकनक प्रालिका निर्देशक डा। सुशील सिग्देल भन्छन्, ‘हाम्रो मुख्य उद्देश्य भनेकै विरामी र डाक्टर बीचको दुरीलाई कम गरी विरामीलाई स्तरीय सेवा प्रदान गर्नु हो । यसका लागि हामीले घरमै बसेर डाक्टरलाई बोलाउन सक्ने मोबाइल एपको विकास गरेका छौं ।’हाल काठमाडौं उपत्यकामा मात्र केन्द्रित गरिएको यो एप गुगल प्लेस्टोबाट निशुल्क डाउनलोड गर्न सकिनेछ । एपका प्रयोगकर्ताले ३० देखि ६० मिनेटभित्रमै विशेषज्ञ चिकित्सकीय सेवा लिन सक्नेछन् । त्यस्तै, आफूले चाहेको डाक्टरसित समय लिन र आकस्मिक सेवाका लागि घर नजिकै रहेको एम्बुलेन्स बोलाउन पनि सक्नेछन् । डाक्टरले दिएको प्रेस्क्रिप्सनको फोटो खिचेर वा अक्षर टाइप गरेर सिस्टममा अपलोड गरेपछि मगाएको औषधी घरमै पुग्याउने व्यवस्था डकनकले गरेको छ । यस्तै, प्रयोगशाला परीक्षणका लागि घरमै बसेर आफूलाई चाहिने जाँच सेवा अर्डर गरेपछि डकनकका कर्मचारीहरु नमूना संकलनका लागि विरामीको घरमै पुग्ने गर्छन् ।

Related posts

Leave a Comment