गेर्खु खोलाको पुल भत्किएपछि रसुवासँगको सडक सम्पर्क टुट्यो

नुवाकोटको विदुर नगरपालिका–१ मा पासाङल्हामु राजमार्गको गेर्खुपुल आइतबार बिहान खोलाले भत्काएको छ । खोलाले पुल भत्काएपछि रसुवासँगको सडक सम्पर्क टुटेको छ । डोल्पाको ठुलीभेरी नगरपालिका र काईके गाउँपालिकाको सीमानामा पर्ने पाल्चा खोला नजिक भेरी नदीमा पानीको मात्रा बढेको छ । सडक भन्दा माथि पानी आएपछि दैनिक जोखिम मोलेर स्थानीयहरु यात्रा गर्न बाध्य भएका छन् ।

Related posts

Leave a Comment