कलंकी अण्डरपास सञ्चालनमा, घण्टौँको जाम अब हट्यो (भिडियोसहित)

राजधानी प्रवेशको मुख्य नाका कलंकीमा हुने जाम घटाउन भन्दै निर्माण सुरु गरिएको अण्डरपास निर्माण सम्पन्न भएको छ। जमिनमाथि र मुनीबाट सवारी चल्ने उक्त सडक साउन १ गतेदेखि नै सञ्चालन गर्ने भनिए पनि अन्नत भदौ १ गते देखि सञ्चालनमा आएको हो । चीन सरकारको सहयोगमा निर्माण भएको सडक शुक्रबार नै उद्घाटन गर्ने लक्ष्य सडक विभागको थियो। तर, ठेकेदार कम्पनीले नेपालस्थित चिनियाँ राजदूतावासको निर्देशन चाहेपछि केही दिन लाग्ने भएको छ।

यो अन्डरपाससहितको सडकले पृथ्वी राजमार्गसँग अरनिको राजमार्ग जोड्नेछ। कालीमाटीतर्फबाट थानकोटतिर जाने सडक समानान्तर उचाइमा रहन्छ भने बल्खुबाट सितापाइला जाने सडक चोकबाट चार सय मिटर दक्षिणदेखि चार सय मिटर परसम्म अन्डरपास बन्नेछ। चारैतिरबाट देब्रेतर्फ मोडिने ठाउँमा दुई लेनको फराकिलो सडक यथावत् रहनेछ ।

अन्डरपास सडक जाने र आउने दुईदुई गरी चार लेनको हुनेछ । कलंकी चोकबाट बल्खु जानेतर्फ टिनले घेरिएको ठाउँमा चार सय वटा बोर्ड पाइल गर्ने काम भइरहेको छ। चीन सरकारको सहयोगमा निर्मित चक्रपथ सुधार परियोजना अन्तर्गतको यो अन्डरपास नेपालकै पहिलो हो ।
अण्डरपासको लम्बाई ८ सय मिटर रहेको छ । अन्डरपासको सञ्चालन भएसँगै कलंकीमा हुने घण्टौंको जाम घटेको छ ।

 

Related posts

Leave a Comment