सवारी साधनको अभिलेखीकरण राख्न बालाजुमा सूचना केन्द्र निर्माण हुने (भिडियो)

काठमाडौंबाट बालाजु नाका हुँदै बाहिरिने र भित्रिने सवारीको अभिलेखीकरण राख्न बालाजु बाइपासमा सूचना केन्द्र निर्माण हुने भएको छ ।

काठमाडौं महानगरपालिका र स्थानीय जनसहभागितामा करिब १ करोड ६ लाख रुपैयाँ लागतमा सुविधा सम्पन्न सूचना केन्द्र निर्माण गर्न लागिएको हो । बुधबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रूपमा सूचना केन्द्रको शिलान्यास गरेका छन् । सूचना केन्द्रले उत्तरी क्षेत्रबाट हुने सवारी आवागमनको लगत राख्नेछ । कार्यक्रममा राज्यमन्त्री मानन्धरले काठमाडौंबाट बालाजु नाका हुँदै बाहिरिने र भित्रिने सवारीको अभिलेखीकरण राख्ने, यातायातबारे सूचना राख्ने र सर्वसाधारणलाई काठमाडौंबारे जानकारी दिने उदेश्यले सूचना केन्द्रको स्थापना गरिएको जानकारी दिए ।

सूचना केन्द्रको निमार्णका लागि महानगरपालिकाको ९५ लाख ६० हजार रुपैयाँ र उपभोक्ताबाट १० लाख ६० हजार रुपैयाँ उपलब्ध गराइएको जानकारी दिइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार