म्यानमारको सैन्य कूविरुद्ध ज्ञापनपत्र सहित क्रान्तिकारी विद्यार्थीको दूतावास अगाडि प्रदर्शन

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले नेपालस्थित म्यानमारको राजदूतावास घेराउ गरेको छ ।

म्यानमारमा सैन्य कू पछि भएका दमनविरुद्ध ज्ञापनपत्र सहित ललितपुरस्थीत दूतावास अगाडि प्रदर्शन गरेको हो । दुतावास घेराउ गर्दै उनीहरुले ‘म्यानमारमा लोकतन्त्र बहाली गर, सैन्य नरसंहार बन्द गर, म्यानमारको सैन्य कू बन्द गर’ जस्ता नारा लगाएका छन् । म्यानमारको नागरिक आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै, लोकतन्त्र बहालीको पक्षमा क्रान्तिकारीले दुतावास घेराउ गरेको हो । म्यानमारको जनताको पक्षमा, त्यहाँको स्वतन्त्रताको पक्षमा, त्यहाँको प्रजातन्त्रको पक्षमा र सैन्य दमनको विरुद्धमा दुतावास घेराउ र ज्ञापन पत्र बुझाइएको क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए । अहिलेको २१ औं शताब्दीको समयमा पनि मानवअधिकारको चिरहरण गर्दै नागरिकहरूमाथि चरम दमन भएको भन्दै उनले संसारभरबाट म्यानमारको सैन्य कू र जनताको जमनको विरोधमा उठ्न आवश्यक रहेको धारणा राखेका छन् ।

माघ १९ गतेको सैन्य कू पछि म्यानमारमा दैनिक जुन्ता सरकारविरुद्ध विरोध प्रदर्शन भइरहेको छ । सेना र प्रहरीसँगको मुठभेडमा सयौं प्रदर्शनकारीको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा बालबालिका समेत रहेका छन ्। प्रदर्शन बढ्दै जाँदा सैन्य सरकारले नागरिक माथि दमन बढाउँदै गरेको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार