चार सय रुपैयाँले घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ८५ हजार ६ सय रुपैयाँ रहेका छ भने तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार १५० रहेको छ ।

यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार २१५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर तोलामा १ हजार १९५ रुपैयाँमा तोकिएको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार