महोत्तरीमा घाँस काट्न गएका ७ बालिका र युवती सम्पर्कविहीन

महोत्तरीको भंगहा– ८ धरमपुरमा घाँस काट्न गएका ७ जना बालिका तथा युवती सम्पर्कविहीन भएका छन् । उनीहरू मंगलबार अपरान्ह करिब ४ बजेतिर घाँस काट्न निसकेका थिए।

स्थानीय १८ वर्षीया अस्मिता र नगिना पासवान, १५ वर्षीया रिया र अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रंजना र सीमा पासवान सम्पर्कविहीन भएको स्थानीयले बताए । उनीहरू राति ११ बजेसम्म पनि घर नफर्केपछि नेपाल प्रहरीको सहयोगमा उनीहरूको खोजी भइरहेको छ ।

महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले हिजोदेखि नै बेपत्ता युवती तथा बालिकाहरुको खोजी भइरहेको तर अहिलेसम्म अवस्था पत्ता नलागेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार