आजदेखि देशभर ‘नेपाल मास्क अभियान’ सुरु

आजदेखि देशभर ‘नेपाल मास्क अभियान’ सुरु हुँदैछ। अभियान साउन २९ गतेसम्म सञ्चालन हुनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता‚ मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ अभियान सुरु गरेको हो ।

कोरोना महामारीको जोखिम कायमै रहेकाले सबै नागरिकमा मास्क लगाइ नागरिकको व्यवहार परिवर्तन गर्न अभियान चलाइएको मन्त्रालयले जनाएको छ । अभियानको आज औपचारिक उद्घाटन गरी दैनिक रुपमा जनचेतनमूलक सामाग्रीहरुको उत्पादन, प्रसारण जनचेतनामूलक सांगीतिक कन्सर्ट आदि विभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा मनाइने कार्यक्रम रहेको बताइएकाे छ ।

यस अवधिमा कोरोना रोकथाम तथा निन्त्रणमा नागरिकलाई जिम्मेवार बनाउने‚ मास्क प्रयोगको महत्त्व बझाउने राष्ट्रिय स्वास्थ्य शिक्षा‚ सूचना तथा सञ्चाल केन्द्रकी निर्देशक डा. राधिका थपलियाले बताइन् ।

अभियानका लागि ‘म पनि मास्क लगाउँछु‚ अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’, ‘म जिम्मेवार नेपाली’ लगायतका नारा तय गरिएको छ । मन्त्रालयले शुक्रबार गरेको भर्चुयल पत्रकार सम्मेलनमा संक्रमण नियन्त्रणका लागि जनचेतना फैलाउन देशव्यापी रुपमा मास्क अभियान कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार