ओलीले जति गाली गरे पनि म पार्टी एकताकै पक्षमा छु : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताएका छन्। आफू पक्षीय केन्द्रीय कमिटीको बैठक समापनलाई सम्बोधन गर्दै नेपालले आफू एकता विरोधी नभएको बताएको नेता रघुजी पन्तले बताए ।

सो समूहको शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी एकता प्रक्रिया चलिरहेको र १० बुँदे सहमति भएको अवस्थामा पनि अध्यक्ष ओलीले आफ्नो समूहमाथि गालीगलौज गर्ने गरेको भन्दै ओलीले जति गालि गरेपनि आफुले पार्टी एकता होस् भन्ने चाहेको बताएको नेता पन्तले बताए ।

‘केपी ओलीले मलाई जति नै गाली गरे पनि म अहिले पनि पार्टी एकता होस् भन्ने पक्षमा छु, एकताका लागि मेरो प्रयत्न जारी छु, नेता नेपालको भनाइ उद्धृत गर्दै पन्तले भने, केपी ओलीले हामीलाई अल्मल्याउन खोजेको त होइन भन्ने धेरै साथीहरुले आशंका गर्नुभएको छ, तर म त्यस्तो नहोला भन्ने ठान्छु र एकतामा जोड दिन चाहन्छु।’ आफ्नो मनोबल र उत्साहलाई कायम राख्दै एकताका लागि प्रयत्न गर्न उनले सबैलाई आग्रह पनि गरे। एकताको प्रयत्न चलिरहेको यो बेलामा हामीले एकतामै जोड दिनुपर्छ। नेता नेपालले थपे। उनले आलोचना गर्दा संयमित र जिम्मेवार बन्न पनि केन्द्रीय सदस्यहरुलाई निर्देशन दिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार