कोभिसिल्ड पर्खिरहेका जेष्ठ नागरिकलाई दोस्रो डोज एस्ट्राजेनका लगाइने

सरकारले ‘कोभिसिल्ड’ खोपको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन नपाएका साढे १३ लाख बढी मानिसलाई साउन २५ गतेदेखि खोप दिइने भएको छ।

भुटानले शुक्रबार बिहान ३ लाख डोज खोप पठाइसकेको र जापानले १६ लाख डोज खोप पठाउने सुनिश्चित भएकाले सरकारले साउन २५ गतेदेखि दोस्रो डोज एस्ट्रेजेनकाको खोप अभियान सुरु गर्न लागेको हो।

गत फागुनको अन्तिमसाता कोभिसिल्ड खोप लगाएका १३ लाख जेष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाइने भएको हो ।

साउन २५ गतेदेखि कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई खोप दिइने छ। यस्तैखोप उपलब्धता अनुसार क्रमशः वितरण गर्ने उक्त खोप अभियान प्रदेश १ र २ मा सुरु हुन भने केही दिन ढिलो हुनेछ ।

हाल भेरोसेलको दोस्रो डोज अभियान चलेको हुँदा २५ गतेबाट लगाउने तयारी गरिएको समेत बताए। खोप आएसँगै प्रदेशमा पनि सुरु गर्ने बताइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार