भूमि आयोग विघटन खारेजीको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

२५ गतेलाई पेसी तोकियो

सरकारले गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता प्रवेश केसीले शुक्रबार आयोग विघटन संवैधानिक र कानुनी दुवै हिसाबले नमिल्ने तर्क गर्दै रिट दायर गरेका हुन् ।

निवेदकको रिटमा भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषदको निर्णयले भूमि सम्बन्धी मौलिक हकको उल्लंघन भएको भन्दै सरकारको उक्त निर्णय बदर गर्न माग गरिएको छ । रिट निवेदन दर्ता भई साउन २५ गतेलाई पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

गत साउन १९ गतेको मन्त्रिपरिषद बैठकले भुमि आयोग खारेज गर्ने निर्णय गरेको थियो । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गरेपछि प्रतिपक्ष नेकपा एमालेले सडकमा समेत प्रदर्शन गर्न थालिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार