विमला वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्‍याएको ढकालको दाबी

नेकपा एमाले लुम्बिनी प्रदेशले प्रदेश सभा सदस्य विमला खत्री वलीले लगाएको आरोप निराधार रहेको स्पष्ट पारेको छ । एमाले लुम्बिनी प्रदेश संसदीय दलले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक भूमिश्वर ढकालले वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्‍याएको दाबी गरे । मुख्यमन्त्रीसङ छलफल गर्न सहज होस भनेर वलीले नै भनेकाले निवासमा राखिएको उनको भनाई छ । उनले एमालेमै फर्किएको विज्ञप्ति पनि वलीकै इच्छाअनुसार सार्वजनिक भएको जिकिर गरेका छन् ।

यसअघि प्रदेशसभा सदस्य विमला वलीले पत्रकार सम्मेलन गरी आफूलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल लगायतले जबरजस्ती मुख्यमन्त्री निवास पुर्‍याएको राखेको र आफु भागेर निस्कन सफल भएको बताएकी थिइन । प्रमुख सचेतक ढकालले वलीकै सहमतिमा एमालेसँगको छलफलका लागि वातावरण तयार गरेको र अहिले लगाइएको सबै आरोप निराधार भएको पनि बताए ।

यसैबिच लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बोलाइएकोमा प्रमुख सचेतक ढकालले आपत्ति जनाएका छन् । ढकालले संविधानको धारा १६८९१० अनुसार गठन भएको एकल बहुमतको सरकारविरुद्ध दुई वर्ष नपुग्दै अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने तर्क गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार