भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरोधमा प्रदर्शन

भूमिहीन तथा सुकुम्वासीको समस्या समाधान गर्नका लागि गठन गरिएको भूमि आयोग खारेज गरिएको भन्दै राष्ट्रिय युवा सङ्घले प्रदर्शन गरेको छ ।

युवा सङ्घले बिहीबार काठमाडौंको मनोहरास्थित सुकुम्वासी बस्तीबाट आयोग खारेज गर्ने निर्णयको विरोध गर्दै सरकारविरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनकारीले कालो ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले एमाले नेतृत्वको सरकारले भूमिहीन तथा सुकुम्वासीको समस्या समाधान गर्न खोज्दा वर्तमान सरकारले त्यसलाई खारेज गरेर जनघाती काम गरेको आरोप लगाएका छन् , उनीहरुले सरकारको जनघाती कामलाई सहेर बस्न नसक्ने चेतावनी दिए । यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार