बिहीबार थपिए ३ हजार ९३८ कोरोना संक्रमित, ३७ जनाको मृत्यु

नेपालमा बिहीबार थप ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ८७० पिसिआर परिक्षणका क्रममा ३ हजार ७ र ६ हजार ५३८ एन्टीजेन परिक्षणका क्रममा ९ सय ३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप ३७ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा ९ हजार ९ सय ९४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २ हजार १२ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ६३ हजार ६६३ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

यस्तै अहिलेसम्म ३६ लाख ५६ हजार ३४२ वटा पिसिआर परिक्षण तथा ३ लाख ४३ हजार ३६१ वटा एन्टीजेन परिक्षण गरिएको छ । हाल ३४ हजार ४२२ सक्रिय संक्रमित आइशोलेशन र ३७५ जना क्वारेन्टाइनमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार